विचार/दृष्टिकोण |

घाटैघाटाको नाफा

अशोक सोकी

घाटैघाटाको नाफा ! सबैभन्दा घाटा त्याग गरेर सन्तुष्ट हुनु हो । इच्छालाई त्यागेर इच्छाशक्ति बढाउन सक्नु नै जीवन सफल हुनु हो । बुद्धले राज्यभोगको सुखसयललगायत राज्यसमेत पनि त्याग गर्न‘भएकाले राज्यको सुखभन्दा परम सुख, परम आनन्द प्राप्त गर्न सक्नुभयो । बुद्धले विश्वमा शान्तिको नायक भएर बहुसङ्ख्यक मन जित्न सक्नुका कारण सबैलाई आफ्नो ठानी आफू नै सबैको ठान्नुभयो । स्वस्थ मनस्थिति, पवित्र विचार लिएको हुनाले हृदयमा शान्ति शीतल भई परम आनन्द पाउन सक्नुभयो । यसबाट केही नपाएर पनि सम्पूर्ण पाउनुभयो । केही नभएर पनि सम्पूर्ण हुनु नाफा हो, यो नै घाटैघाटाको नाफा हो । यो नाफा निस्सारजस्तो देखिए तापनि अकल्पनीय सन्नाटा किसिमबाट उन्नति भइरहेको हुन्छ ।
आदिकालदेखि अनन्तसम्म परस्पर आपसमा चलिरहने प्रक्रियाको चलायमान शक्ति भएकाले पृथक् तरिकाले घटना भइरहन्छ । घटना समयको साथमा बगिरहेको हुन्छ, घटनाले कसैको कथाका रूपमा अर्थात् कसैको इतिहासको रूपमा छाडेर जान्छ । सङ्कुचित स्वार्थलाई पिल्सिई करूणाजनक जीवन जिउनुपर्छ भनी मार्गदर्शन समयले बेलाबखत अप्रत्यक्ष गरिरहखेको हुन्छ । यो अनुभवलाई चिन्तनमनन गरी सांसारिक प्राणीलाई सहज स्वाभाव बदल्न ज्ञानीहरूले प्रयत्न गर्छन् । बुद्धलगायत ऋषिमुनिले निःस्वार्थ भावना लिई ज्ञानमार्गबाट समाजलाई अनुशासनमा राखी सुव्यवस्थित कायम राख्न दर्शन–वाणी रचिएका हुन् । जगत्मा सङ्कुचित स्वार्थमा मतभेद भएर व्यक्तिहरू अनेकन् धर्म, जाति, वर्ग, दल, समुदाय, सङ्गठन भई विभाजित छन् । यसबाट विचारको द्वन्द्व भएर वैमनस्य भएको हुन्छ । जसबाट समाज अशान्तिका कारण बनेको छ ।
सङ्कुचित भई स्वार्थ राख्नु सुख–शान्तिका लागि हो । यो काल र परिस्थितिका कारणले नै हुने प्रक्रिया हो । स्वार्थ अज्ञानताका कारणले हुने हुन्छ । अज्ञानले गर्दा स्वार्थले प्रतिस्पर्धा गर्न अहम् जन्माउँछ । अहम्ले शक्ति प्रदर्शन खोजिरहेको हुन्छ । अहम् शक्तिले आउने गर्छ, शक्ति–शक्तिसँगको भक्तिबाट प्राप्त हुन्छ । अहम्ले पापलाई निमन्त्रणा गर्छ, धर्मलाई आक्रमण गर्छ, धर्मलाई घाइते बनाउँछ । धर्मयोद्धा भएकालाई त्यो चोट गहना बन्छ । ती चोटको दुखाइ इतिहास बन्छ । प्रश्नलाई उत्तरले, मुस्कानलाई मुस्कानले, नमस्कारलाई नमस्तेले, पापलाई धर्मले अन्त गरेको हुन्छ ।
समय स्वविवेकमा चलायमान हुन्छ । यसले आफसेआफ धर्मको मार्ग अपनाएको हुन्छ । यसमा क्रियाकलाप अर्को हुन्छ, रूप अनेक हुन्छ । श्रीकृष्ण भगवान्ले महाभारतको युद्धमा अर्जुनको रथ होइन, महाभारतका भयानक युद्ध हाँकेका थिए । तर, देखावटीमा अर्जुनको सारथि थिए । भगवान्मा चेतना जागृत भएकाले उनमा चिन्ता झल्केन, चेतना जागृत भयो । त्यसो हुँदा भयानक विपद्मा पनि चिन्ता झल्किँदैन । चेतना जागृत गर्न ज्ञानी, ध्यानी, तपस्वीले मात्र सम्भव छ । असुरहरूले तपस्या गरी शक्ति प्राप्त गरे पनि अहम्ले शक्ति असत्यमा खर्र्च गर्नाले समयले यो अनित्य शक्ति र क्षमता परिवर्तन निस्सार क्रियाकलाप हुन गयो । जोकोही जतिसुकै शक्तिशाली भए पनि, अति दह्रो मुठ्ठी पारे पनि अन्तमा मुठ्ठी फुकाल्नैपर्छ ।
सिकन्दर अलेक्जेन्दर घुम्दै ग्रीकका दार्शनिक डियोजेनेस नजिक पुगेको बेला दार्शनिक खुला चौरमा घाम तापिरहेका थिए । विश्वविजेता सिकन्दरले सोधे, ‘तपाईंलाई म केही मद्दत गर्न चाहन्छु ?’ दार्शनिकले जवाफ दिए, ‘हुन्छ, तपार्इंले मेरा लागि एउटा काम गर्न सक्नुहुन्छ, कृपया थोरै पर सरिदिनु, मलाई तपाईंले घाम छेकिराख्नुभयो ।’ त्यो ज्ञानले सिकन्दर अलेक्जेन्दरको चेतना खोल्यो । अन्तिम घडीमा अलेक्जेन्दर एउटा पार्टीमा धेरै रक्सी पिएर थला परे । सेनापति र सैनिक गएर टाउको निहुराए । सेनापति गएर अलेक्जेन्दरलाई सोधे “तपाईंको उत्तराधिकारी को हुनेछ ?”– जो सर्वश्रेष्ठ हुनेछ । अलेक्जेन्दरले मन्द–स्वरमा भने र आँखा चिम्ले ।
धर्मले सत्यको परिधि नाघ्न दिँदैन । यहीअनुसार संसारमा नीति–नियम चलेको छ । यो सृष्टिको रचना र आधार हो । धर्ममा उत्कृष्ट नतिजा आए अझ कडा परीक्षा हुन्छ । राजा हरिश्चन्द्र चण्डालसँग बेचिएर घाटमासम्म बस्नुप¥यो । त्यो परीक्षा सफल भएर ज्यूँदै स्वर्ग जान पाए । जे–जति हामी पाउन खोज्दै छौँ, त्यो गुमाउनलाई हो– राजा हरिश्चन्द्रले जे–जति पाए, गुमाएर पाए ।
यो जीवनलाई समयले बगाइरहन्छ समयले धर्म–पापको अपार व्यापार गरिरहेको छ । यो घाटा नाफामा समायोजन भइराखेकै छ । सबैभन्दा ठूलो घाटा महŒवपूर्ण जीवन अनायासमा समय बिताउनु आयु खेर फाल्नु हो । जीवनको महŒव बुझी, जीवनलाई सरल ढङ्गले यथार्थलाई प्राप्त गरी भवचक्रबाट मुक्त हुनु विरहिनु बुद्धको मार्ग हो । यो मार्ग नै घाटैघाटाको नाफा हो ।