त्रास होइन आश भरौँ
डा. अतीन्द्र दाहाल
अस्थिरता र विरूप विकृतिले राजनीतिलाई धावा बोल्दै गर्दा कोरोना कहरको दोस्रो लहर निकै घातक बन्दैछ । जनस्वास्थ्यका नियमित र मौजुदा संरचनालाई हायलकायल बनाएको देखिन्छ । सङ्क्रमण दर, प्रभाव तथा मृत्युदरले दैनिक नयाँ उचाइ लिंदैछन् । अघिल्लो हप्ता मात्रै भारतमा छिट्टै तेस्रो लहरसमेत आउन सक्ने प्रक्षेपण जनस्वास्थ्यविद्हरूले गरेबाट भविष्यमा पनि नयाँ सङ्कटहरूको सम्भावनालाई नकार्न सकिँदैन । त्यहाँ कोरोनाको झन् कडा स्वरूप देखिएको सूचनासमेत सम्प्रेषण हँुदैछन् ।
सङ््क्रमणलाई काबुमा राख्न उच्च जोखिम महसुस भएका क्षेत्रहरूमा निषेधाज्ञा, विभिन्न प्रकारका भेला तथा जमघटमा प्रतिबन्ध, सम्भावितको पहिचान, पृथकीकरण, परीक्षण, उपचारलगायत कामहरू हुँदैछन् । सरकारले सकेको प्रयास गर्दैछ । यही मौकामा केही अस्पतालबाट सार्वजनिक गरिएको उपचार शुल्कले समाजमा स्वास्थ्यको आवरणमा मौलाउँदो व्यापारको धन्दासमेत उजागर ग¥यो । चरम शुल्कको विरोध गर्ने नाममा ‘सरकारी अस्पतालमा गए ज्यान घर नआउने, निजीमा गए आउँदा घर बाँकी नरहने’ भन्दै सरकारी सेवालाई समेत कटाक्ष गर्ने अभिव्यक्तिको बाढी नै लाग्यो ।
विषम परिस्थितिमा सरकारको जस्तोसुकै आयतन र गतिको सक्षमतासमेत अपूर्ण हुने सत्य विकसित भनिएका देशको नाजुक अवस्था एवं निरीहताले समेत प्रमाणित गर्दैछ । महमारीकै प्रवाह तथा भेलमा परेर विश्व व्यवस्थामाथि बदलाब अनि शक्ति सन्तुलनको समीकरणसमेत परिवर्तनको सम्भावना पनि देखिँदैछ । संसार पराग खन्नाको पुस्तक ‘द फ्युउचर इज एसियन’ तथा फरिद जकारियाको ‘पोस्ट अमेरिकन वल्र्ड’ का भविष्यवाणी उन्मुख हँुदैछ । शक्ति र सफलताको परिभाषा फेरिंदो छ । युद्धपोत, हतियार तथा आणविक शक्ति लाचार
र निराश छन् ।
यो समय हामीमा चाहिँ रोगभन्दा अनावश्यक र असमानुपातिक शोक अधिक प्रत्युत्पादक चुनौती बन्दैछ । नकारात्मक सन्देश, घोर निराशावाद तथा पूर्वाग्रही गैरजिम्मेवारीपनाको प्रवद्र्धन हँुदैछ । आशा जर्गेना गर्नेभन्दा त्रास बढाउने गतिविधिको जगजगी छ । सरकार तथा राज्यसंयन्त्रलाई सहयोग गर्ने र सशक्त बनाउनेभन्दा कटाक्षमा कुटिलता देखाउनेमा समाज रमाउँदा अवस्था झन् बिग्रंदैैछ ।
कटाक्षमा कुटिलता
सीमित सुविधा तथा साधनबीच सरकारी अस्पताल र यसका स्वास्थ्यकर्मीहरू अहोरात्र खटिरहेका छन् । सेवा निवृत्तहरू पनि पुनः करारमा आएर सेवा दिँदैछन् । दिनरात नभनी, परिवार टाढा राखी, दूधे बालक छाडेर, आपूmसमेत सङ््क्रमित हँुदा पनि आफ्नो ज्यानको जोखिमसमेत पर्वाह नगरी सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मी सेवामा लागिराखेका छन् । कम्तीमा आत्मसमर्पण गरेका छैनन्, निजीले जस्तो दररेट निकालेका छैनन् । हामी सक्दैनौँ भनेका छैनन्, राजीनामा दिएका छैनन् । जति छ त्यसको भरपुर उपयोगसँगै हरसम्भव खटेका छन्, ढोकामा ताल्चा लगाएका छैनन् । तर समाज उनीहरूको मनोबल बढाउनेभन्दा हँसिजाक गर्नमा व्यस्त छ, सङ्क्रमितलाई त्रास बढाउनेमा मस्त छ ।
राहत नदिँदा सरकार खोइ, अनि राहत दिए नाटक ग¥यो भन्नेहरू यही समाजमा छन् । लकडाउन कडाइ गर्दा मानवीयता नभएको, कडाइ नगरे सरकार सक्षम नभएको बुभ्mनेहरू छन् ।
सीमा नछेके भाइरस भित्र्याएको, अनि नाका कडाइ गर्दा आफ्नै जनता आउन नदिएको प्रश्न गर्नेहरू प्रशस्त छन् । रोगको समयमा भोक पनि सँगसँगै आउँछ, यसमा स्थानीय सरकारहरू लाग्नुपर्छ । निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनसँगै स्थानीय तहबाट परीक्षणको दायरामा ल्याउनु पर्ने सम्भावित मानिसको व्यापक खोजीतलासी तथा तथ्याङ्क सङ्कलनमा भएको कार्य पं्रशसनीय छ । सङ्घीयताको उपादेयता प्रमाणित हुँदैछ । यद्यपि विरोध गर्नेलाई बहाना सर्वव्यापी हुन्छन् ।
अझ कोरोनापछिको भयावह र विकाराल स्थिति अनुमान गरेर विचारको आतङ्क सिर्जना गर्ने मूर्धन्यजनहरूको झन् बाक्लो भीड बन्दैछ जुन स्वयं कोरोनाभन्दा कहरपूर्ण र हानिकारक छ । यी प्रयासहरूलाई समुल परास्त गर्नुपर्छ । खप्तड स्वामीकृत पुस्तक ‘विचार विज्ञान’ ले विराट चर्चा गरेका अभ्यासहरूलाई अनुशरण गर्नुपर्छ । त्रास हटाएर आशाको जगेर्नामार्पmत भरोसा निर्माण गर्नुपर्छ ।
आशाको जगेर्ना
अर्थतन्त्र धराशायी हुन्छ, कम्पनीहरू सबै डुब्छन्, रोजगार बजार तहसनहस हुन्छ, मानिस भट्टाभट्टी मर्छन्, भोकमरी लाग्छ, अपराध बढ्छ, गरिबी चुलिन्छ आदि÷आदि जस्ता तर्कहरू सबै वैचारिक आतङ्क उत्पादक दुःखी मनुवाहरूका दृष्टिभ्रम मात्र हुन् । यथार्थमा सन्त्रासले नयाँ सम्भावनाका अनुपम आयामहरू पनि बोकेको हुन्छ, त्यसलाई खोज्नुपर्छ ।
छिट्टै नै जीवन सामान्य लय र गतिमा फर्कन्छ । अर्थतन्त्र ध्वस्त भइहाल्ने सम्भावना छैन, हामी कृषिमा आधारित छौँ । सम्पन्न नभइएला तर भोकभोकै भएर ज्यान जाने स्थिति रहँदैन । कृषि उत्पादनमा अलिकति जोडबल दिए हामी तुरुन्तै आत्मनिर्भर हुन्छौँ । बाँझिएका खेतबारीमा फेरि लहलह बाली झुल्नेछन् । सहरकेन्द्रित असमान बसाइँसराइ रोकिएर गाउँगाउँमा नयाँ सम्भावना सूचारू हुनेछन् । भुइँचालो तथा नाकाबन्दीमा समेत नकारात्मक आकलन गरिए तर त्यसको लगत्तै लगभग सात प्रतिशतको आर्थिक वृद्धि भयो । उक्त वृद्धि हामीले धेरै कमाएर नभई भूकम्प अनि नाकाबन्दीका कारण अहिलेजस्तो अनावश्यक उपभोग नहुँदा मुद्राको विदेशी प्रवाह रोकिएका कारण बनेको थियो । धेरै कमाएर होइन धेरै जोगाएर मात्र धनी भइन्छ । अहिलेको हाम्रो अवस्था नकमाएको होइन, नजोगाएको हो । विभिन्न प्रतिवेदनअनुसार हामीले अहिले लगभग वार्षिक एक खर्ब रुपियाँको खाद्यान्न तथा तीन खर्बको पेट्रोलियम पदार्थ आयात गर्छौं । खाद्यान्नमा आत्मनिर्भर भए र पेट्रोलियम तथा खाना पकाउने ग्यासलाई विद्युतीय स्वरूपमा परिवर्तन गरेमा वार्षिक चार खर्ब जोगिन्छ । अन्य तीन खर्ब बराबरको आयात पनि हामी स्वयंले उत्पादन गर्नसक्ने सामानहरूमा भएको देखिन्छ । सङ्कटको मौका छोपेर हाम्रो अर्थचरित्रलाई यतातिर लैजाने सम्भावनाको खोजी गरौँ ।
विदेशमा बसेका नेपालीहरू देश फर्किएमा त्यसले ठूलो मात्रामा पँुजी आप्रवाह हुन्छ, समस्त अर्थतन्त्रको आयतन बढ्छ । त्यहाँ सिकेको ज्ञान, प्रविधि तथा व्यावसायिकता समेत यहाँ आउँछ । गाउँगाउँसम्म उद्योग तथा नयाँ खालका व्यावसायिकता सुरु हुन्छन् । व्यापार असन्तुलन घट्नेछ, मुद्रा सञ्चिती बढ्छ । खाडी क्षेत्रमा शारीरिक श्रम गर्ने मानिसहरू फर्किदा अत्यधिक विदेशी श्रमिक खपत गर्नु परिरहेको अवस्थाबाट हामी मुक्त हुन्छौँ । हरेक सङ्कटमा सम्भावनाका सुवर्ण अवसरहरू हुन्छन् । त्यसलाई आत्मसात् गरेर सोहीअनुसार आपूmलाई परिमार्जन गर्नुपर्छ ।
सङ्क्रमण प्रतिरोधी हाम्रोे प्राकृतिक र जीवन विज्ञानका विशिष्ठतामाथि व्यापक अध्ययन तथा अनुसन्धान हुन्छन् । प्राचीन पूर्वीय दर्शनमा आधारित हाम्रा आहार÷विहार तथा व्यवहार संसारकै लागि स्तुत्य तथा अनुकरणीय बन्नेछन् । प्रविधिमैत्री समाज बन्नेछ । अहिलेसमेत बै ङ्किङ तथा भुक्तानी पद्धतिमा प्रविधिको प्रयोग उच्च छ । सङ्कटको बेला शिक्षणमा प्रविधिको व्यापक अभ्यास भयो । नयाँ सामाजिक स्वरूप तथा व्यावसायिक धारको सम्भावना प्रबल देखिन्छ ।
सामान्य उपचार पद्धति तथा आहार विहारका उन्नत आचरणले सङ्क्रमित निको भएका छन् । ८५ प्रतिशतले घरमै बसेर रोगलाई जितेका छन्, १५ प्रतिशतलाई अस्पताल सुविधा आवश्यक देखिन्छ, पाँच प्रतिशत जतिलाई आईसियुको आवश्यकता भएको छ, मृत्युदर एक प्रतिशत आसपास मात्र छ । दैनिक कोरोना जित्नेको दर बढ्दो छ । मित्रराष्ट्र चीनबाट हरेक सम्भव सहयोगको प्रतिबद्धता छ, पहिलो खेपमा करिब २७ मेट्रिक टन सामग्री आइसकेको छ । विभिन्न प्रकारका औषधि तथा खोपका मात्राहरू देशमा आउने तयारीमा छन् । परिदृश्यहरू यसरी देखिँदैछन् कि हामी जति डराएका छौँ, त्यति भयावह स्थितिमा पुग्दैनौँ । सङ्कट नियन्त्रणपछि समेत हामी त्यति गम्भीर आर्थिक सङ्कटमा फस्दैनौँ जति आतङ्कित अनुमान गरिएको छ ।
त्यसैले घरभित्र बसेर निराशा र नकारात्मक मनोविज्ञान नपैmलाऔँ । बाहिर निस्किएपछि समाजलाई यो केही महिनामा छोडिएको समयको क्षतिपूर्ति गर्ने योजना बनाऔँ । नयाँ व्यावसायिकताको कुरा सोचौँ, कम्तीमा दुई चार जनालाई रोजगारी दिने अनि अलकति उत्पादन गर्ने गुरुयोजना बनाऔँ । अध्ययन अनुसन्धान गरौँ । पारिवारिक रूपमा खुसी र सुखी बनौँ । एक दुई महिना निषेधाज्ञामा बस्दा एक दशकका लागि नयाँ सक्रियता र सामथ्र्य निर्माणको सोचमा केन्द्रित बनौँ । सञ्चारगृहले अतिरञ्जित समाचार र निराशावादी विश्लेषणलाई प्राथमिकतामा नराखौँ ।
लामो र अनवरत यात्रामा रहेको समयमा विशेष कारणवश आराम गर्नु भनेको जीवन सिद्धिनु, हार्नु, थाक्नु वा यात्रालाई छोड्नु होइन, एकछिनको आरामपछि नयाँ जोश र ऊर्जाका साथ हिँड्ने अभिरुचिमा शक्ति सञ्चय गर्नु पनि हो । त्यसैले सत्कर्म गरौँ, निराशा नभरौँ । अहिले अलिक सतर्क रहौँ, सामान्य अवस्थापछि सक्रिय बनौँ । सकारात्मक सोचौँ, झन् प्रगतिशील सम्भावनाहरू नजिकमा छन् । ख्यालख्याल होइन ख्याल गरौँ ।
(लेखक प्राध्यापन गर्नुहुन्छ ।)