आफ्नो स्वास्थ्य आफ्नै हातमा
कमला ज्ञवाली
मानिसले जन्मेदेखि नमरेसम्म जम्मा तीनवटा मात्र काम गर्छन्– आहार– खाने पिउने काम, विहार– ज्ञानेन्द्रिय र कर्मेन्द्रिय चलाएर गर्ने काम र विचार– मस्तिष्कले गर्ने काम । आहार, विहार र विचार अनुचित भएपछि रोग लाग्छ । अनुचित आहारबाट हुने अधिकांश कब्जियत हुन्छ भने कहिलेकाहीँ पखाला लाग्छ । कब्जियत भएपछि रगत फोहोर हुन्छ अनि रक्तसञ्चारमा अवरोध आउँछ । जहाँ अवरोध आउँछ, त्यहाँ समस्या देखापर्छ । त्यसलाई नै हामी रोग भन्छौँ ।
सबै नेपालीको निरोगी र आनन्दित जीवन नै समृद्ध नेपाल ः सुखी नेपालीको मूलाधार हो । आहार भनेको खानेकुरा मीठो, नमिठो र विहार भनेको काम सानो, ठूलो पुरुषले गर्नुपर्ने, महिलाले गर्नुपर्ने भन्ने हँुदैन । मान्छे सानो ठूलो हुँदैन, केवल असलमात्र हुन्छ । उचित आहार, विहार विचार बालबालिकालाई घरपरिवारबाट नै सिकाउनुपर्छ । किनकि पहिलो पाठशाला घर र आमाबुवा हुन् । जस्तो भोगाइ त्यस्तै सिकाइ हुन्छ । निरोग, आनन्द, सेवा, शान्ति, खुसी, स्वास्थ्य, प्रकृतिले हामीलाई निःशुल्क रूपमा दिएका वरदान हुन्, मात्र हामीले आत्मज्ञानको कमीले ग्रहण गर्न नसकेका हौँ ।
ज्ञान दुई किसिमका हुन्छन्– विषयगत ज्ञान र आत्मज्ञान । विषयगत ज्ञान औपचारिक हुन्छ, विद्यालय र विश्वविद्यालयबाट हासिल गरिन्छ । यसले प्रायसः मानवलाई घमण्डी बनाउँछ । त्यसैले आत्मज्ञानविनाको विषयगत ज्ञान कोरा कागजको खोस्टामात्रै हो । त्यसो हो भने आत्मज्ञान भनेको के हो त त्यतातिर चर्चा गरौँ :
सर्वप्रथम मानिसले म को हुँ ? मेरो कर्तव्य, क्षमता, जिम्मेवारी के हो ? सत्य के हो भनेर बुझ्नु नै आत्मज्ञान हो । हामीले कसैलाई तपाईंं को हो भनेर प्रश्न ग¥यौँ भने उसले आफ्नो नाम, पद, घरको ठेगाना, पेसा, शैक्षिक योग्यता इत्यादि भनेर आफ्नो परिचय दिन्छ । तर, ऊ को हो भनेर भन्न सक्दैन । त्यसैले मानिसले सबैलाई चिनेको छ तर आफूलाई नै नचिनेर सधैँ दुःखी, तनावपूर्ण र अशान्त छ । हरेक मानिस सचेत र स्वतन्त्र आत्मामात्र हो नाम, पद, वर्ग, लिङ्ग, जात, धर्म, पेसा इत्यादि केही होइन । पहिलो कर्तव्य शरीर कल्याण हो किनकि शरीरको अस्तित्व छ र त हामी छौँ । शरीरको अस्तित्व केवल प्राणवायुले गर्दा भएको हो । यो शरीरमा जब प्राणवायु रहन्न, हाम्रो अस्तित्व समाप्त हुन्छ । त्यसैले शरीर कल्याण गर्नु सबैभन्दा पहिलो र महŒवपूर्ण कर्तव्य हो ।
तपाईंले कसैलाई तपाईंको क्षमता के हो भनेर सोध्नुभयो भने उसले पढ्ने, लेख्ने, चित्र बनाउने, गाउने इत्यादि क्षमता छ भन्ने जवाफ दिन सक्छ । तर, हामीलाई हरेक मानिसमा प्रत्येक कुरालाई राम्रोसँग विचार गर्न सक्ने क्षमता हुन्छ भन्ने कुरा थाहा नहुन सक्छ । त्यसैले त हामी सबैलाई आफूअनुकूल चलाउन खोज्छौँ । जसले अरूलाई आफूअनुकूल बनाउन खोज्छ, त्यो मानिस सबैभन्दा दुःखी र अशान्त हुन्छ । बच्चा सधैँ हाँसिरहेको हुन्छ किनकि उसले सबै कुरालाई स्वीकार गरेको हुन्छ । कसैले आफ्नो जिम्मेवारी जागिर खाने, दाम कमाउने, परिवार पाल्ने इत्यादि जवाफ दिन सक्छ । तर, पहिलो जिम्मेवारी नै बिर्सेको छ, मानिसले । त्यो हो सेवा र अरूप्रति कृतज्ञ हुने चाहे, त्यो प्राकृतिक होस् वा मानवीय सेवाले सन्तुष्टि मिल्छ । सन्तुष्टिले दीर्घायु, निरोग र आनन्द प्राप्ति हुन्छ ।
कसैले आफ्नै ढङ्गले सत्यको परिभाषा दिन सक्छन् तर प्रकृतिको नियममात्र सत्य हो– मानिसले बनाएका कुनै पनि नियम सत्य होइनन् । विषयगत ज्ञान कागज र डिग्रीमा मापन गरिन्छ । त्यसैले त आज पढाइमा उत्कृष्ट अङ्क ल्याउनेहरू खुसी, निरोगी र आनन्दित छैनन् । सामान्यतया यसले मानिसलाई घमण्डी बनाउनुका साथै वास्तविक सत्यभन्दा पर पु¥याउँछ । आत्मज्ञान व्यवहारमा मापन गरिन्छ । विषयगत ज्ञान बाह्य र जीविका चलाउन आवश्यक हुन्छ भने आत्मज्ञान आन्तरिक हुन्छ र यसले जीवन जिउने कला र सधैँ खुसी, निरोगी र आनन्दित हुन सहयोग पु¥याउँछ ।
रोग लागिसकेपछि उपचारमा धेरै पैसा, समय र सामथ्र्य खर्च गर्नुभन्दा निरोगी र आनन्दित हुन दैनिक कम्तीमा एक घण्टा शरीर ‘सर्भिसिङ’ गरौँ । यो शरीरको विकल्प छैन । आहारको महŒव खाना नमिले औषधिले काम गर्दैन, खाना मिले रोग लाग्दैन । त्यसैले त डाक्टरले औषधिको साथमा अमिलो, चिल्लो, पिरो नखान, पानी प्रशस्त पिउन, तनाव नलिन सल्लाह दिन्छन् । रोग दबाउने भएकाले दबाइ भनिएको हो । त्यसैले सकेसम्म दबाइ नखाई उचित आहार, विहार र विचार पद्धति अपनाउनुपर्छ र आफ्नो स्वास्थ्य आफ्नै हातमा लिनुपर्छ । आज कोभिड–१९ को पनि कुनै अचुक औषधि छैन, उचित आहार, विहार र विचार नै एकमात्र नियन्त्रणको उपाय हुन सक्छ ।
उचित जीवन पद्धति
बिहान घाम उदाउनुभन्दा दुई घन्टा अघि उठ्नुपर्छ । किनकि यो समयमा शरीरमा सेराटोनिन हर्मोनको बढी मात्रामा उत्पादन हुने गर्छ र वायुमण्डलमा सकारात्मक ऊर्जा प्रवाह भएको हुन्छ । उठेर नित्य कर्मभन्दा अगाडि नै एक लिटर मनतातो पानी पिउने तर मुटु रोग र सुन्निएको अवस्थामा बाहेक । यसले ग्यास्ट्रिक र कब्जियत हुन नदिनुको साथै शरीरको मेटाबोलिजम ठीक राख्न मद्दत पु¥याउँछ ।
खाना र पानीको समय अन्तर कम्तीमा एक घण्टा हुनुपर्छ । खानासँगै पानी खानाले पेटका समस्या (ग्यास्ट्रिक कब्जियत) हुने गर्छ । हाम्रो शरीरमा ८० प्रतिशत पानीको मात्रा हुन्छ । त्यसैले महिलाले दिनको कम्तीमा तीन लिटर तथा पुरुषले कम्तीमा चार लिटर पानी एक घण्टाको एक गिलास चियाजस्तै गरी पिउनुपर्छ । एकैपटक धेरै पानी पिउँदा मिर्गौलामा दबाब पर्छ र कार्यक्षमता घट्दै जान्छ ।
कम्तीमा एक घण्टा पसिना निस्कनेगरी योगाभ्यास, ध्यान, गरी दिनहुँ शरीरको ‘सर्भिसिङ’ गर्ने । खानामा प्रोबायोटिक दही र प्रिबायोटिक फाइबरयुक्त खानेकुरा प्रशस्त खाने । छिटो पच्ने खानेकुरा फलफूल सागपात धेरै खाने ।
एक भाग पूर्ण अन्न (खैरो चामल, मकै, कोदो, फापर, गहुँ) का मौसम अनुसारका विभिन्न परिकार एक भाग हरियो तरकारी र एक भाग काँचो सलाद सकेसम्म गाँजर खाने । मेरुदण्ड, कम्मर, गर्धन सधैँ सिधा र खुकुलो राख्नुपर्छ । ढाड सिधा नभएमा नसामा दबाब सिर्जना हुन्छ र नसासम्बन्धी रोग लाग्छ । उचाइअनुसार तौल कायम राख्नुपर्छ । प्राकृतिक नियमानुसार एक फिट बराबर दस किलो र एक इन्चबराबर २=५ किलो हुनुपर्छ । त्यसैगरी, छाती र कम्मरको नाप पनि मिल्नुपर्छ । कम्मरको नाप १०० भए छातीको नाप ७५ हुनुपर्छ । मोटोपन भएपछि मेरुदण्ड सिधा हुँदैन र ढाडको समस्या हुन्छ । मोटोपनले नसा च्यापिने र हड्डी खिइने रोग लाग्न सक्छ ।
सबैखाले हरियो तरकारी र फलफूलमा प्राकृतिक नुन हुन्छ । त्यसैले शरीरका लागि थप नुन आवश्यकता पर्दैन । जिब्रोका लागि चाहिने हो भने दिनको दुईदेखि चार ग्रामभन्दा बढी लिनुहँुदैन । पसिना बगाउने व्यक्तिले पसिना बगेको अनुपातमा थप नुन लिन सकिन्छ ।
स्वस्थ अवस्थामा औषधि प्रयोग गर्दा मानिस बिरामी पर्छन् भने अस्वस्थ अवस्थामा औषधि प्रयोग गर्दा रोग दब्छ । स्वस्थ अवस्थामा प्राकृतिक विधि प्रयोग गर्दा रोग रोकथाम हुँदोरहेछ भने प्राकृतिक उपचार गर्दा मानिस निरोगी हुँदोरहेछ । स्वास्थ्यको एकमात्र उपाय आफ्नो स्वास्थ्य आफ्नै हातमा लिनु नै हो, जसका लागि उचित आहार, उचित विहार र उचित विचार पद्धति अपनाऔँ । आत्मज्ञानी र सचेत बनौँ, सकारात्मक सोचौँ ।
(लेखक राष्ट्रिय युवा परिषद्मा उपसचिव हुनुहुन्छ ।)