स्वास्थ्य सुरक्षाका लागि योग
अपर्णा नेपाल
गीतामा भगवान् कृष्णले अर्जुनलाई भनेका छन् – योगस्थः कुरु कर्माणि अर्थात् हरेक काम योगअन्तर्गत रहेर गर । यो अत्यन्त गहन र सूत्रात्मक भनाइ हो । हाम्रो जीवनमा योगका धेरै आयाम छन् । हठयोग, प्राणयोग, ध्यानयोग, ज्ञानयोग, तन्त्रयोग मन्त्रयोग आदि । असल विचार, असल आचरण पनि योगअन्तर्गतकै कुरा हुन् । हाम्रा खानपान रहन सहन नै पनि योगानुकूल बनाउन सकिन्छ । बनाउनु जरुरी पनि छ ।
हाम्रा सनातन परम्परामा सभ्य, सुसंस्कृत बन्नका लागि जस्तै स्वास्थ्य रक्षाका लागि पनि आवश्यक नीति नियम र आचरणहरू छन् । बिहान ब्रह्म मुहूर्तमा उठ्नु, उठेर नियमित योगासन, प्राणायाम तथा ध्यान गर्नु, मङ्गल कामनाका साथ इष्टदेवको प्रार्थना गर्नु, घरमा शङ्ख घण्ट बजाउनु, सत्सङ्कल्प गर्नु, सूर्यलाई नमस्कार गर्नु, बिहान खाली पेटमा तुलसीको पानी खानु, घर आँगन सफा सुग्घर राख्नु, गाई, काग, कुकुर र अतिथिलाई खान दिएर पछि आफूले खानु आदि । यस्ता व्यवहारबाट हामी हाम्रो मानसिक र शारीरिक स्वास्थ्य रक्षा गर्न सक्छौँं । हाम्रा पूर्वजहरूले स्वास्थ रक्षाका लागि अपरिहार्य यिनै सफा शुद्ध आचरणलाई धर्मसंँग जोडेर जनसामान्यमा स्वास्थ रक्षाको आवश्यक नियमका रूपमा पुस्तानुपुस्ता हस्तान्तरण गर्दै आएका हुन् र हामी त्यसको महìवबोध गरिरहेका छौँं ।
आपसमा कसैले कसैको जुठो नखाने, अझ बालबालिकालाई त जुठो खानै नदिने, बालबालिकाको पनि मुखमा म्वाइँ नखाने, सुत्दा बस्दा भौतिक दूरी कायम राख्ने, बोल्दा आफ्नो मुखको छिटा कसैमा नपरोस् भनेर सावधान रहने । हाच्छयूँ गर्दा रुमालले वा जे साधन उपलब्ध छ त्यसले नाकमुख छोप्ने । खाँदा बस्दा अनायास हाच्छँयू नआओस् भन्नेमा विशेष सावधान रहने । भान्छामा सफा शुद्ध कपडा लगाएर व्यवस्थित रूपमा खान बस्ने, खाएपछि सँगै उठ्ने हाम्रा सनातन परम्पराका सनातन नियम रहिआएका हुन् ।
अहिले संसारमा विकृति विसङ्गतिको बाढी नै आएको छ । कोरोनाजस्ता महामारीसँग लड्नका लागि शरीरमा रोग प्रतिरोधक क्षमता बढाउनुभन्दा भरपर्दो विकल्प अरू देखिएको छैन । योगले त्यही विकल्प प्रस्तुत गर्छ । हाम्रा आयुर्वेद विज्ञ पूर्वजहरूले हाम्रो भान्सामा आयुर्वेदीय महìवका मसला प्रयोगमा ल्याउन नयाँ पुस्तालाई पनि अभ्यस्त बनाउँदै आएका हुन् । जस्तै जीरा, मरिच, बेसार, धनियाँ दालचिनी तेजपात अदुवा, कागती, टिम्बुर आदि । यसैगरी ल्वाङ, पिपला, लसुन, तुलसी, मह आदिले पनि हाम्रो रोग प्रतिरोधक क्षमता बढाइरहेको छ ।
सूर्यको किरण कहिल्यै प्रदूषित हुँदैन । सूर्य प्रकृतिको आत्मा हो । सम्पूर्ण भैतिक जीवन सूर्यमा नै निर्भर छ । स्वस्थ जीवन जीउनका लागि सूर्यको सहायता अत्यन्त आवश्यक छ । यसै महìवलाई सम्झेर हाम्रा पूर्वजहरूले सूर्यको उपासनालाई धार्मिक स्थानमा नियमन गरेर राखेका छन् । बिहानको सूर्यको किरणमा रोग नाशक शक्ति हुन्छ । सूर्य किरण सेवनले रोग प्रतिरोधक क्षमता बढाउँछ ।
आर्युर्वेदले स्वास्थ्यकर निक्र्योल गरेका कति नियमहरू तथा आद्य पेय पदार्थहरू आजको विज्ञान सम्मत अनुसन्धानमा पनि उपयोगी साबित भएका छन् । गहँुत पनि तीमध्येको एक हो । सनातन परम्परामा गहुँत शरीर शुद्धि र स्थान शुद्धिमा प्रयोग गरिने पवित्र कुरा हो । गाइको गहँुत, गोबर, दूध, दही निर्धारित मात्रामा राखेर विधिवत् बनाइने पञ्चगव्य खानुको पनि हाम्रा शरीरको लागि धेरै फाइदा छन् । यसले शरीरमा भएको विषालु पदार्थहरूलाई निष्काशन गर्न मद्दत गर्छ । यस्तै दूध, दही, घिउ, सख्खर र महको मिश्रणलाई हामी पञ्चामृत भन्छौंँ । पञ्चामृतले पनि रोग प्रतिरोधक क्षमता बढाउँछ । पित्त दोष हटाउन मद्दत गर्छ । दिमागको क्षमता बढाउँछ । शरीरको शक्ति बढाउँछ । छालामा चमक ल्याउँछ ।
हाम्रा सनातन परम्परामा बेल, पीपल र तुलसीलाई पवित्र वृक्ष वनस्पति मानिन्छ । पिपल वृक्षबाट रातोदिन प्राणवायु प्रवाहित रहने कुरा आज आएर प्रमाणित भएको छ ।
तुलसीले श्वास प्रश्वासको रोग, आस्थमा, ब्रोनकाइटिस आदिमा अत्यन्त लाभ गर्छ, रगतमा भएको विकृति हटाएर स्वास्थ्यलाई सन्तुलनमा ल्याउँछ । तनाब कम गर्छ । घाटीको रोग लाग्न दिँदैन । रोग प्रतिरोधक क्षमता बढाउँछ ।
आयुर्वेदका अनुसार शाकाहारीहरूमा सङ्क्रामक रोगहरूको आक्रमण तुलनात्मक रूपले कमै हुन्छ । योग दर्शनअनुसार मन र शरीरको सन्तुलनका लागि पनि शाकाहार उपयोगी छ । शाकाहारीहरू संयमित हुन्छन् । जस्तो आहार त्यस्तै विचार, त्यस्तै व्यवहार भन्ने हाम्रा ऋषिमुनिहरको ठहर निराधार होइन । शान्त सौम्य र तपस्वी जीवनका लागि त शाकाहार बाहेक अन्य आहार उपयुक्त हुनै सक्दैन ।
हाम्रा पूर्वजहरूका स्थापनाअनुसार दैनिक पूजा आराधना पनि एउटा योगोपचार नै हो । यसबाट मन शान्त हुन्छ । आत्म विश्वास बढ्छ । सकारात्मक सोचको विकास हुन्छ । सकारात्मक सोचले पनि रोग प्रतिरोधक शक्ति बढ्छ । आयुर्वेदका माध्यमबाट गहिरिएर अध्ययन मनन गर्दा पूजा प्रार्थना पनि प्रभावकारी थेरापी हो भन्ने समेत थाहा पाउन सकिन्छ । अर्थात् पूजाको थेरापीगत महìव पनि छ ।
प्राणायाम फोक्सोको व्यायाम हो । त्यति मात्र नभएर प्राणायामबाट पूर्ण मात्रामा पाइने प्राण वायुले हाम्रो रगत शुद्ध हुन्छ र स्वास्थ्य तरोताजा रहन्छ । हामीले पनि बिहान अथवा बेलुका केही समय निकालेर प्राणायाम गर्नु अत्यन्त आवश्यक छ ।
मुद्रा भनेको हात र शरीरको एक किसिमको स्थिति हो जसलाई हामी शक्ति केन्द्रको प्राप्य बिन्दु पनि भन्न सक्छौंँ । मुद्रा शरीरभित्र प्राणिक शक्तिको सञ्चार माध्यम र पञ्च तìवको सन्तुलन कारक उपाय पनि हो । यसले चेतन र अवचेतन मनका बीच सन्तुलन ल्याउँछ । मुद्राले आन्तरिक प्राण शक्तिको जागरण गर्छ । विशेषगरी प्राण मुद्राले रोग प्रतिरोधक क्षमता बढउँछ ।
नेती क्रिया आयुर्वेदको षटकर्म विधिअन्तर्गत पर्छन् । नेती दुई किसिमका छन् १) जल नेती २) सूत्र नेती । जल नेतीमा जलको प्रयोग गरिन्छ र सूत्र नेतीमा धागोको प्रयोग गरिन्छ । हिजोआज सूत्र नेतीका लागि उपयोगी रबर सूत्रहरू बजारमा पाइन्छन् । मन्द तातो नमकिन जलको प्रयोगबाट नेती गर्दा नाक घाँटीको सफाइ हुन्छ । फोक्सोमा जमेको कफ निक्लन मद्दत गर्छ । साइनोसाइटिस्, एलर्जी, ब्रोनकाइटिस् आस्थमा रोगमा नेती अत्यन्त लाभदायक मानिन्छ । अनिन्द्रा र थकावटमा पनि नेती फाइदाजनक हुन्छ । रुघा खोकी लाग्दा नेतीजस्तो राम्रो उपचार अरू हुन सक्दैन । भनिन्छ, कोरोनाले पहिले नाकमा सङ्क्रमण गर्छ । नेतीले नाकमा सङ्क्रमण हुन दिँदैन । सूत्र नेतीका पनि यिनै फाइदाहरू छन् ।
हाम्रा सनातनमार्गी पूर्वजहरूले असल आचरणलाई नै धर्म मानेका थिए । आचारः परमो धर्मः अर्थात् आचरण नै परम धर्म हो भन्ने उनीहरूको मान्यता थियो । नियमित दिनचर्यामा अपरिहार्य कुराहरूका चमत्कारिक फाइदाहरू हाम्रा पूर्वजहरूले नयाँ पुस्तालाई बताउँदा पाप र धर्मसँग जोडर बताउनुको पनि कारण कारण रहेकोे पाइन्छ । यसो गर्नुको तात्पर्य जनसामान्यलाई धर्मकै आधारमा भए पनि स्वास्थ्यका अत्यावश्यक नियम सिकाउनु नै थियो । यो पनि समाजमा देखिने विभिन्न किसिमका नकारात्मक विकृतिलाई रोक्ने उपाय नै थियो ।
हाम्रो सनातन जीवन प्रकृतिको नजिक थियो । गोपालन गरिन्थ्यो दूध, दही, मोही, घिउजस्तो स्वास्थ्यप्रद कुरा खानामा सम्मिलित रहन्थ्यो । लाग्छ, विगतको प्राकृतिक जीवनमा आजको सहरी जीवनमा जस्तो थरिथरिका रोगहरूको प्रवेश थिएन । कुनै रोग लागिहाले पनि आफ्नै घर आँगनका जडीबुटी औषधि उपचारबाट निको पारिन्थ्यो । यसरी हेर्दा विगतमा हाम्रो स्वास्थ्य हाम्रो आफ्नै हातमा थियो । प्राकृतिक जीवन खानपान र रहनसहनले गर्दा रोगहरू सजिलैसँग निमन हुन्थे । यी सबै कुराबाट हामी आज टाढिएका छौंँ र आधुनिकताको फरक अवस्थामा छौँ । बासी खाँदा त जातै जान्छ भन्थे । अरूले प्रयोग गरेको रुमाल, कपडा जुत्ता प्रयोग गर्ने चलन थिएन । गाईको गोबरले घर आँगन लिप्ने चलन थियो । शुद्धताका लागि गाईको गहुँत छर्कने चलन थियो । यसरी हाम्रो परम्पराका दैनिकीमा ल्याइने हरेक क्रियाकलापलाई स्वास्थ्य रक्षासँग जोड्न खोजिएको पाइन्छ । हामी आज विस्तारै फेरि त्यसको महìवबोध गर्दै आएका छौँं ।
हाम्रा सनातन परम्परालाई प्रतिगामी एवं अन्धविश्वासी भन्नु पनि आज फेसनजस्तै भएको छ । तथाकथित बुद्विवादी आधुनिकताको जोसमा हाम्रा सनातन पराम्परालाई निरपेक्ष रूपामा गाली गरेको र यसलाई प्रगतिको अवरोध भनेको पनि हामी सुन्छौंँ । तर गम्भीर भएर सोच्ने हो भने आस्था विश्वासले नीति मर्यादामा चल्न सिकाउँछ, भौतिक लोभ लालचालाई घटाउँछ । क्रोध, मोह, हत्या, हिंसा, नकारात्मक भावनालाई घटाउँछ । जीवनमा संयमित हुनका लागि उत्पे्ररित गर्छ । दया, माया, करुणा, प्रेमजस्ता सकारात्मक सोचको विकास गर्छ । श्रेष्ठ र सद्गुणी बन्न पे्ररणा दिन्छ ।
वेद उपनिषद्, आयुर्वेदका साथै पूवीय दर्शनका निष्णाता पण्डित श्रीराम शर्मा आचार्यले भन्नुभएको छ “शरीरलाई भगवान्को मन्दिर सम्झेर यसको देखभाल गर्नु हाम्रो पहिलो कर्तव्य हो ।” जिन्दगीमा जतिसुकै पैसा पैसा भनेर भागदौड गरे पनि हामी मृत्युको अनिवार्यताबाट भाग्न सक्दैनौँं । हामी सबै धन उपार्जनका लागि दगुरिराखेका छौंँ, सबै दौडिराखेको बेला हामी पनि सँगसँगै दौडिराखेका छौँ ।
अहिले विश्वव्यापी हुन आइपुगेको कोरोना महामारीले जताततै डर पैmलाइदिएको छ । मानव मात्रलाई असुरक्षाको भावले सताइरहेको छ । कति बेला के हुने हो भन्ने त्रासदीपूर्ण अवस्था छ । आपत्तिकालको यस घडीमा एक मात्र छहारी दृढ आत्म विश्वास र अदृश्य कुनै शक्तिप्रतिको विश्वास हो । यस्तो स्थितिमा हामी डराएर र कुहिराको कागजस्तै हराएर विभिन्न समाचारमा रुमल्लिइ रहनुभन्दा सकारात्मक सोच्ने प्रयास गराँै । उज्यालोको प्रतिमूर्ति सूर्यको आराधना गरौँ । योग, प्राणायाम, मुद्राभ्यास र जप, ध्यान गरौँ । स्वाध्याय गरौँ । प्राकृतिक आहार लिऔँ । आपत्तिलाई आध्यात्मिक ऊर्जा प्राप्त गर्ने अवसरको रूपमा उपयोग गरौँ । आफूलाई सकारात्मक दिशामा रूपान्तरण गरौँ । आफूभित्र भएको शक्तिलाई जागृत गरौँ ।
हरेक समस्या हाम्रा गुरु हुन् । रोग पनि गुरु हो । कोरोना महामारी पनि ठूलो गुरु होे । यसको मार्मिक सन्देशलाई पढौँ । बुझौँ । योगस्थ भएर काम गर्ने अभ्यास गरौँ । आफ्नो जीवन र जगत्लाई नयाँ र थप ऊर्जाशील बनाउन थप उत्साहका साथ लागिपरौँैं ।
(लेखक योग प्रशिक्षक हुनुहुन्छ ।)