माङ्सिरे–महिमा
शुभ मुकारुङ
किरात राई समुदायभित्र आफ्नै परम्परा, संस्कृति र मान्यता रहेको पाइए पनि अधिकांश परम्परा, संस्कृतिमा समानता देखिन्छ । सबै थरी राईका भाषा फरक–फरक छन् । नजानिँदो ढङ्गबाट लवाइ–खवाइ र साँस्कृतिक मान्यतामा केही भिन्नता देखिनु अनौठो होइन । कुनै थरी राई सदीयौँदेखि पहाडको अनकन्टार कुनामा बस्दै आएका छन् त कुनै थरी राई नदी तथा खोलाकिनारमा । नदी तथा खोलाकिनारमा बस्नेले पानी प्रयोग प्रशस्त गर्न पाउँछन् भने पहाडको अनकन्टारमा बस्नेले पानी प्रशस्त उपभोग गर्न पाउँदैनन् । ठाउँअनुसार आ–आफ्ना संस्कार, परम्परा र मान्यता स्थापित हुँदै गए ।
बान्तवा राईमा धन–सम्पत्ति सञ्चय गर्ने आफ्नै विधि छ । जसलाई ‘माङ्सिरे र छेम्बिमाङ’ भनिन्छ । आदिमकालदेखि धन–सम्पत्तिको महŒव रहेको छ । किरात मुन्दुमअनुसार जब हेत्छाकुप्पा÷खोक्चिलिपाले ढुकुरको गाँडमा रहेको चीज (अन्नको बीउ) बाट उम्रेर फलेको फल (अन्न) खान हुने रहेछ भनी उपभोग गर्न थाले; त्यही समयबाट मानिस सिकारीबाट कृषियुगमा प्रवेश गरे । मानिस कृषियुगमा प्रवेश गरेपछि धन–सम्पत्तिको महŒव बढ्दै गयो । मासु, दही, दूधका निम्ति पशुपालन र ढिँडो, रोटीका निम्ति खेती गर्न थाले । त्यसरी उत्पादित अन्न कृषियुगको भरपर्दो धन–सम्पत्तिका स्रोत भएकाले सञ्चय गर्न थालियो भन्ने प्रमाणस्वरूप हिजोआज पनि बान्तवा राईले धन–सम्पत्ति सञ्चय गर्ने विधिका रूपमा माङ्सिरे र छेम्बिमाङ गर्छन् ।
किरात राई प्रकृतिपुजक हुन् । उँभौली लागेपछि खेतबारीमा काम सुरु हुँदा विधिविधानअनुरूप साकेला पूजा गरी बल (शक्ति) माग्ने काम नाक्छोङ–माङ्पाबाट गरिन्छ । समयमा वर्षा होस्, बाढीपहिरो नजाओस्, रोग–व्यथा नलागोस्, लगाएका बाली कीरा–फट्याङग्राले नाश नगरोस्, पाकेका अन्नमा सह बसोस् भन्दै बल शक्ति मागिन्छ । यो कामलाई ‘बालीपूजा’ भनिन्छ । बालीपूजा गरेपछि उनीहरू खेतीमा लाग्छन् । बाली पाकेपछि नुवाङ्गी÷न्वागी पूजा गरी पितृलाई चढाइन्छ । यसको मतलब– नयाँ अन्न÷बाली खानयोग्य भयो ।
बाली भिœयाइसक्दा उँधौली सुरु हुन्छ । उँधौली भनेको हिउँद लाग्नु हो । यो समय तिथिमिति, विधिविधानअनुरूप उँधौली पूजा गरी प्रकृतिलाई धन्यवाद दिइन्छ । समयमा वर्षा भयो, बाढीपहिरो गएन, रोग–व्यथा लागेन, लगाइएका बाली नाश भएनन् भन्दै प्रकृतिलाई धन्यवाद दिने परम्परा पुरानै हो । त्यतिबेला बान्तवा राईका घर–घरमा माङ्सिरे गरिन्छ ।
किरात राई समुदायको साँस्कृतिक तथा धार्मिक काम साम्खा (चुला)बाटै गरिन्छ । माङ्सिरेचाहिँ साम्खा चुलाको सट्टा चुलाको ठीक माथि वा (चुलाभन्दा केही वरपर पनि पर्छन्) अर्को तलामा राखिएको कोदो र धानको भकारी (जो सामान्य धान, कोदो राख्ने अन्न ढुकुटी÷भकारी होइनन्)मा पूजा गरिन्छ । भकारी राख्ने स्थानलाई माङ कोठा भनिन्छ । भकारी घरमुलीबाहेक परिवारका अन्य सदस्यले छुन हँुदैन । नाक्छोङले माङ पूजा गर्दा प्रयोग गर्ने तुप्ला (केराको पात) र वाबुक (चिन्डो)ले विधिविधानअनुरूप भकारी छोप्छन् । अर्थात् भकारीमाथि राखिदिन्छन् । यो विधिलाई सह राखेको वा छोपेको भनिन्छ । त्यसपछि घरमुलीबाहेक अरूले चलाउन नपाइने भएकाले यो अन्न सुरक्षित रहन्छ । यो विधिलाई आधुनिक समाजको वैज्ञानिक दृष्टिकोणबाट हेर्ने हो भने नाक्छोङ÷माङ्पाले घरमुली साक्षी राखेर उक्त अन्न (धन–सम्पत्ति) सिलप्याक गरी सञ्चय गरिदिन्छन् । भकारीमा कति अन्न छ ? थियो ? बीचमा कसैले छोए कि ? चलाए कि ? भनेर जान्न सह छोपेको केराको पात र चिन्डो सङ्केतका रूपमा राखिएको हो । अन्य ढुकुटीका अन्न सकिएपछि माङमा राखिएकै अन्न चलाउनुपथ्र्यो । यसर्थ, माङ राखिएको भकारीमा कति अन्न सञ्चित छ ? यसले कति समय खान पुग्छ ? भनेर घरमुलीलाई अनुमान गर्न सजिलो हुन्छ ।
यसैगरी, छेम्बिमाङ अर्थात् धन–सम्पत्तिको माङ पूजा गरी सम्पत्ति सञ्चय गरिन्छ । यो माङको पूजा साम्खा चुलामै गरिन्छ । पूजा उँभौली, उँधौली र माङ्सिरे गरिएको पाइए पनि सम्बन्धित घरपरिवारका कुनै सदस्यले परदेशबाट केही आर्थिक आर्जन गरी ल्याएका छन् भने उनले जुनसुकै समयमा घर आएर सोही समयमा ‘छेम्बिमाङ’ गर्ने चलन छ । पूजा गर्दा अघि–अघिदेखि पूजा गरी सञ्चय गरिएका सिक्का (जो बाँसको ढुङ्ग्रो वा छालाको झोलामा राखी धान, कोदोको भकारी भएकै स्थानमा ‘माङकोठा’मा राखिएको हुन्छ) काँसको डबका वा थालमा राखी आर्जन गरिएको नयाँ सम्पत्तिका केही अंश त्यही डबका वा थालमा मिसाएर माङ्पा÷नाक्छोङले विधिविधानअनुसार कोरली पोथी कुखुराको भोग दिई पूजा गर्छन् । पूजा गरिसकेपछि पुनः त्यही ढुङ्ग्रो वा झोलामा सिक्का बन्द गरी माङकोठामा राख्ने गरिन्छ ।
छेम्बिमाङ गरी सञ्चित सिक्कामा जिजुबाजेका पालादेखिका सिक्कासमेत पाइन्छन् । सञ्चित सम्पत्ति घरमुलीले मात्र चलाउन पाउने भएकाले अत्यन्तै अप्ठ्यारो परिस्थितिमा खर्च हुने वा गर्न सकिन्छ । ‘माङपूजा’ गरिराखिएको भकारीको अन्न कसैलाई दिन प¥यो भने आफ्नै घरको ढिकीमा एक÷दुईपटक कुटेजस्तो गरी दिइन्छ । अन्नको सह घरैमा रहिरहोस् भनेर यसो गरिएको हो ।
‘छेम्बिमाङ’ गर्दा सिक्का प्रयोग हुँदा यो धन–सम्पत्ति सञ्चय गर्ने संस्कृति सिक्का÷पैसा प्रचलनमा आएपछि सुरु भएको हो । धान, कोदो सञ्चय गर्ने संस्कृतिजस्तो धेरै पुरानो होइन । तर, यसको सञ्चय गर्ने संस्कृति पुरानो मानिन्छ । किरात राई समुदायका पुर्खाले आर्जन गरेका व्यावहारिक ज्ञान धन–सम्पत्ति सञ्चय गर्ने विधि संस्कृतिका रूपमा विकास भएको छ ।
(लेखक साङ्गीतिक तथा साँस्कृतिक क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।)