जीवनको उत्कर्ष ज्ञान
डा. गणेशप्रसाद घिमिरे
यथा दीपः प्रकाशात्मा स्वल्पो वा यदि वा महान्
ज्ञानात्मानं तथा विद्यादात्मानं सर्वजन्तुुषुु ।
जसरी सानो या ठुुलो दीपक प्रकाशमान् हुुन्छ, त्यसरी नै सबै साना–ठूूला प्राणीमा आत्मारूप ज्ञान सदैव प्रकाशमान रहेको हुुन्छ । ज्ञानलाई सर्वोपरि मानिएको छ । ज्ञानबिना संसार अन्धकारयुुक्त रहेको छ । ज्ञानको संसार
विचित्रको छ ।
आँखाविहीन मानिसलाई संसार अन्धकारमय छ । उसले संसारको कुुनै पनि वस्तुुको प्रत्यक्ष जानकारी प्राप्त गरेको हुुँदैन । त्यसरी नै ज्ञानले युुक्त नभएमा मानिसमा धर्म अधर्म, कर्तव्य अकर्तव्य, शुुभ अशुुभ, उचित अनुुचितको विवेक रहेको हुुँदैन । त्यसैले ज्ञानलाई मानिसको आँखा मानिएको छ ।
भौतिक सम्पन्नताले तथा हरेक सुख र सुुविधाले मानिसको जीवनलाई सदैव नराम्रो बाटोमा डो¥याएको हुुन्छ । त्यो अवस्थाबाट उम्किने एक मात्र साधन ज्ञान हो । ज्ञानले मानिसलाई विवेकसम्मत बनाएको हुुन्छ । विवेकको पहिचान नै ज्ञानको मूल आधार हो ।
भौतिक जीवनको सफलता र आत्मिक जीवनको उत्कर्ष ज्ञानमा निहित रहेको छ । अतः ज्ञानको सत्ता जीवनप्रतिको आस्था हो । जीवनप्रतिको मोह हो । मानवीय कर्मको उपस्थिति हो । जीवन सुुख र दुुःखको सङ्गम हो । यो जीवनको सत्यता ज्ञानमा विद्यमान रहेको छ । जीवन सत्य हो । मृत्युु अटल हो । जीवन र मृत्युुको बीचमा मानव छ । त्यो मृत्युुको सत्यतालाई जीवनको उत्कर्ष ज्ञानले माध्यम बनाएको हुुन्छ । त्यसैले नित्य नवीन चिन्तनमा ज्ञानको महìव रहेको छ ।
शिक्षाले जीवनलाई चिनेको हुुन्छ । जीवन जिउने कलालाई सिकाउँछ । जीवनका हरेक समस्यालाई समाधान गर्ने उपाय बताएको हुुन्छ तर मानिसले आफूलाई चिन्दैन । जीवनमा आफूलाई चिनाउने आधार ज्ञान हो । स्वत्वको पहिचान ज्ञान हो । ज्ञानबिना मानिसले आफ्नो पहिचान गर्न सक्दैन । अतः ज्ञान र शिक्षामा भिन्नताको कडी रहेको छ । मानिसले आफूलाई चिन्नुु ज्ञान हो भने जीवनका सबै जिउने कलालाई चिन्नुु शिक्षा हो । यही अन्तरबाट शिक्षा र ज्ञानको आधार बाहिरिएको हुन्छ । ज्ञानको कारणले मानिसले जीवनका सबै अवस्थालाई जानेको हुुन्छ । शास्त्र भन्छ,
प्राज्ञं विज्ञातं विज्ञेयं सम्यग् दर्शनमादयः
न दहन्ति वनं वर्षासिक्तमग्नि शिखा इव ।
जसले योग्य ज्ञानलाई जान्यो र विवेकको दृष्टि पायो, त्यसलाई संसारका मानसिक दशाले छुुँदैनन् । जसरी वर्षाले भिजाएको जङ्गललाई आगोले जलाउन सक्दैन । यही नै ज्ञानको मननीय पक्ष हो । ज्ञानले जीवनको ज्योतिलाई जीवन्त बनाएको हुुुन्छ । जीवनका सबै पक्षलाई गतिशील तुुल्याएको हुन्छ । जीवन भोग होइन, योग हो । यो ज्ञानले दिएको हुुन्छ, शिक्षाले दिँदैन । मानिसका हरेक मान्यता र ती मान्यताले भोग्ने सबै चेतनाको ढोका ज्ञानले खोलेको हुुन्छ ।
गीता भन्छ, ‘न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते’ संसारमा ज्ञान समान पवित्र केही पनि छैन । त्यही पवित्रताबाट मानिसलाई मानिस बनाउने आधारलाई ज्ञान मानिएको छ । ज्ञानले मानिसलाई शीलवान्, शिष्ट, विनम्र बनाउँछ । यसले गर्दा मानिसले समाजमा आदर, सम्मान, सहयोग पाउँछ । आजको शिक्षाले मानिसलाई एकलकाँटे बनाएको छ । आजको मानिस एक्लै जीवन जिउन चाहन्छ किनभने त्यहाँ ज्ञानको अभाव र शिक्षाको प्रवलता रहेको छ । ज्ञानले मानिसलाई महापुुरुष बनाउँछ भने शिक्षाले मानिसलाई एकल पुुरुष बनाएको हुुन्छ । त्यसैले ऋषिहरूले ज्ञानलाई उत्तम साधनका रूपमा मानेका छन् ।
संसारमा मानिसलाई सर्वश्रेष्ठ प्राणी मानिएको छ । सर्वश्रेष्ठ भएर नै उसले अरू प्राणीमाथि सदैव शासन गरिरहेको छ । सबै प्राणीलाई अधीनमा राखेको छ । प्रशिक्षित गरेको छ । त्यसैले ज्ञानलाई सर्वाधिक महìव प्रदान गरिएको हो । ज्ञानलाई आनन्दको कारण मानिएको छ भने अज्ञानलाई अशान्तिको कारण स्वीकार गरिएको छ । राजा जनकको दरबारमा अष्टावक्र जाँदा सबै हाँसे तर उनको ज्ञानले दिएको जीवन महìवलाई बुुझेर देहवान् जनक पनि विदेह बने । त्यसकारण ज्ञान जीवनको बोध, मान्यता, परम्परा र जीवन महìव हो । ज्ञान मानिसका लागि अभिप्रेरणा दिने साधन हो । ज्ञान चेतनालाई उकास्ने आधार हो । ज्ञान जीवनलाई बुुझाउने अस्त्र हो ।
शास्त्रले शिक्षा र विद्यामा अन्तर देखाएको छ । आजकल विद्यालयमा प्रदान गरिने शिक्षाले व्यक्तिलाई सङ्घर्षसित जुुध र एक्लै जीवनको युुद्धभूूमिमा उत्र भन्ने आधार दिएको छ तर विद्यालाई भिन्न तरिकाले आचार्यले प्रस्तुुत गरेका छन् । विद्यालाई चिनाउने
आधारमा भनिएको छ,
विद्यां ददाति विनयं विनयाद्याति पात्रताम्
पात्रत्वात् धनमाप्नोति धनात् धर्मं ततः सुुखम् ।
विद्याले विनय दिन्छ, विनयबाट पात्रता प्राप्त हुन्छ, पात्रताले धन दिलाउँछ, धनले धर्म प्राप्त हुुन्छ र धर्मबाट सुुख प्राप्त हुुन्छ । यहाँ विद्याले जीवनका हरेक कुरा दिने आधार प्रस्तुुत गरिएको छ । त्यसकारण जीवनको मूल अनुुभूूति ज्ञान हो । त्यो ज्ञान विद्याबाट प्राप्त हुुने कुरालाई माथिको श्लोकले बताएको छ । जीवनको अन्तिम आधार सुुख हो । सुुख विद्याले दिने गरेको हुुन्छ । त्यो आधारलाई मानवीय चेतनाको सन्दर्भमा हेरिनुु अनिवार्य मानिएको पाइन्छ, वर्तमानमा प्रदान गरिने शिक्षाले होइन ।
जीवनका हरेक वस्तुु भोग होइनन् । भोगलाई प्राप्त गर्ने आधार पनि होइनन् । भोगलाई छुुट्याउन प्रयोग भएका चेतनाको पहिचान ज्ञान हो । त्यसैले कृष्णले गीतामा ‘बहुुनां जन्मनामन्ते ज्ञानवान् मां प्रपद्यते’ धेरै जन्मको अन्त्यमा ज्ञानीले नै मलाई प्राप्त गर्दछ भनेका छन् । शिक्षा दिने व्यक्ति शिक्षक हो ।
ज्ञान दिने व्यक्ति आचार्य वा गुरु हो । शिष्यलाई ज्ञानवान् बनाउने आधार गुुरु हो । त्यसैले गुुरुले ज्ञान दिन्छ । उसले शिष्यको यो लोक मात्र होइन, परलोकसमेत सुुधारेको हुुन्छ । शिक्षकले शिक्षाका माध्यमबाट यो लोक सुुधार्ने आधार प्रदान गर्दछ तर जीवन सङ्ग्रामबाट भाग्न सिकाउँछ । गुुरुले शिष्यलाई अनाथबाट सनाथ बनाउँछ । शिक्षकले शिक्षा दिन्छ र जीवन युुद्धको भुुँवरीमा धकेलिदिन्छ । यो अन्तर शिक्षा र विद्यामा विद्यमान रहेको छ । संसार शत्रुु र मित्रको खानी हो । यहाँ शत्रुु पनि छन् र मित्र पनि देखिन्छन् । यी दुवैका बीच सामञ्जस्यता स्थापित गर्ने आधार नै ज्ञान हो । महाभारतमा भनिएको छ,
एकः शत्रुुर्नद्वितीयोऽस्ति रज्ञानः तुुल्य पुुुरुषस्य राजन् ।
येनावृत्तः कुुरुते सम्प्रयुुक्तो, घोराणि कर्माणि सुुदारुणानि ।।
यो संसारमा मानिसको एउटा मात्र शत्रुु छ, त्यो अज्ञान हो । यसका अतिरिक्त अन्य कुुनै शत्रुु मानिसको छैन । यही अज्ञानका कारण मोहमा परेर मानिसले अनेक प्रकारका कुुकर्म गरेको हुुन्छ । त्यसैले अज्ञान मानिसको सबैभन्दा ठुुलो शत्रु हो । यो शत्रुलाई नाश गर्ने आधार भनेको ज्ञान हो । त्यसैले ज्ञानको जीवन र ज्ञानीले प्राप्त गर्ने आधारभूूमि पवित्र रहेको छ ।
अज्ञान जीवनको सबैभन्दा ठुुलो श्राप हो । यसले जीवनका सबै विकृतिलाई जीवन प्रदान गरेको हुुन्छ र मानिसलाई जीवनबाट विमुुख गराएको हुुन्छ । जीवनप्रतिको मोहका साथै ममताको पासोमा बाँधेको हुुन्छ । त्यो अवस्थाबाट बाहिर ल्याउने साधनलाई ज्ञान मानिएको छ । शास्त्रमा उल्लेख गरिएको, अज्ञानलाई हटाउन आएको, मानिसलाई मानिस बनाएको, मानिसलाई जीवनको बोध गराएको, कुनै साधन संसारमा विद्यमान रहेको छ भने त्यो ज्ञान हो । मानिसका हरेक सन्दर्भलाई मानवीय चेतनाको परिवेशमा स्थापित गरेर जीवनबोधको भावलाई सदैव अक्षुण्ण राख्ने साधनलाई शास्त्रले ज्ञान मानेको छ । यही ज्ञान जीवनको आधार हो । यही आधार मानवीय चेतनाको सन्दर्भ हो । मानवीय भावनाको कदर र चेतनाको उद्बोधन गर्ने ज्ञान संसारको निर्विकल्प साधन हो । ज्ञानमा सबैको चेतनाले स्वीकार गर्ने आधार प्रस्तुुत गर्नु अनिवार्य
सर्त मानिन्छ ।
भौतिक सम्पन्नताले जीवनलाई सुुखी बनाउँछ । आत्मिक शान्ति दिन सक्दैन । आत्मिक शान्तिको आधार ज्ञान हो । भौतिक जीवनलाई अध्यात्मको रङ्गले सजाएर राखेमा जीवनका हरेक क्रिया, भाव सुुमधुुर हुन सक्दछन् । यही जीवन महìवको आधार बनोस् । चेतनाको उत्कर्ष ज्ञान बनोस् र मानव जीवनलाई सहृदयता प्रदान गरोस् । विज्ञानको प्रगतिमा ज्ञानको मिठास भरेर जीवनमा होमिए मानिस मानवीय गुुणले सम्पन्न हुुने आधार नै ज्ञानको अजस्र प्रवाह हो ।