विचार/दृष्टिकोण |

ट्रेडमार्क दुरुपयोगले उपभोक्तामा प्रभाव

कुशश्री विश्वकर्मा
‘ट्रे डमार्क’ भन्नाले कुनै फर्म, कम्पनी वा व्यक्तिले आफ्नो उत्पादित मालसामान वा आपूmले प्रदान गर्ने सेवालाई अरूको मालसामान वा सेवाबाट फरक देखाउन प्रयोग गरिने शब्द, चिह्न वा चित्र अथवा शब्द, चिह्न र चित्र तीनै कुराको संयोग सम्झनुपर्छ भनेर ‘पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२’मा उल्लेख गरिएको छ । आफूले उत्पादन गरेको कुनै मालसामान वा सेवालाई अरूले उत्पादन गरेका मालसामान वा सेवाभन्दा फरक देखाएर आफ्नो मालसामान वा सेवाको फरक पहिचान स्थापित गर्दै व्यवसाय गर्नका लागि ‘ट्रेडमार्क’को ठूलो महìव हुन्छ । वास्तवमा ‘ट्रेडमार्क’ले कुनै पनि मालसामान वा सेवाको गुणस्तर तथा विश्वसनीयताको प्रतिनिधित्व गर्छ । आधुनिक विधिशास्त्रले बौद्धिक सम्पत्तिलाई पनि अन्य भौतिक सम्पत्तिसरह नै मानेको हुँदा कुनै व्यक्तिले आर्जन गरेको अन्य व्यक्तिसरह ‘ट्रेडमार्क’लाई पनि औद्योगिक बौद्धिक सम्पत्तिका रूपमा लिने गरिन्छ । यो विश्वव्यापी मान्यता हो ।
यसप्रकार ‘ट्रेडमार्क’ प्रयोगको स्थापित विश्वव्यापी मान्यता र महìव हुँदाहुँदै पनि नेपालको सन्दर्भमा भने अझै पनि सबै वर्ग र समुदायका बीचमा स्थापित हुन सकिरहेको छैन । परिणामतः एकतर्फ बजारमा अस्वस्थ प्रतिस्पर्धा मौलाउँदै गएको छ भने अर्कोतर्फ आमउपभोक्ता गुणस्तरको सवालमा ठगिइरहने अवस्था सिर्जना भएको छ ।

सामाजिक बुझाइ
ट्रेडमार्कको बुझाइ र यसको प्रयोगको सन्दर्भमा हाम्रो नेपाली समाजको वर्ग संरचनालाई भुल्न हुँदैन । अहिलेसम्म त्यही वर्गीय संरचनाले नेपालमा ट्रेडमार्क अङ्कित वस्तु तथा सेवाको उपभोगलाई निर्धारण गरेको पाइन्छ । पहिलो वर्गमा निश्चित ट्रेडमार्ककोे उपयोग गर्ने समुदाय पर्छन्, जसले ट्रेडमार्कको महìव र ट्रेडमार्क अङ्कित मालसामानको गुणस्तर तथा मूल्यका बारेमा राम्रै जानकारी राख्छन् । यो वर्गमा उच्च वर्गका मानिसको बाहुल्य रहेको देखिन्छ । दोस्रो वर्गमा, मध्यम वर्गका मानिसको बाहुल्य रहेको देखिन्छ, जसले ट्रेडमार्कको गुणस्तर र मूल्यका बारेमा जानकारी राख्ने तर ट्रेडमार्क अङ्कित सामानको उपयोगमा खासै ध्यान नदिने समुदाय पर्छन् । तेस्रो वर्गमा, ट्रेडमार्कका बारेमा कुनै जानकारी नै नभएका निम्नवर्गीय समुदाय पर्छन् ।
दोस्रो र तेस्रो वर्गलाई लक्षित गरी कतिपय कम्पनीले अन्यत्र कुनै बजारमा चलेकोे स्वदेशी अथवा विदेशी ट्रेडमार्कको नक्कल गरेर वस्तु तथा सेवाको उत्पादन र वितरण गरिरहेका हुन्छन् । मालसामान र सेवाको गुणस्तर राम्रो छ वा छैन भनेर उपभाक्ताले ट्रेडमार्क अङ्कित शब्द, चिह्न वा चित्र अथवा शब्द, चिह्न र चित्र हेरेर मात्र छुट्याउन सकिन्छ । यद्यपि मध्यम र निम्नवर्गीय समुदायअन्तर्गतका उपभोक्ताले त्यो कुराको कुनै ख्याल गर्दैनन् । उनीहरूको प्राथमिकता वस्तु तथा सेवामा हुन्छ, गुणस्तरमा हुँदैन । गुणस्तर जस्तो भए पनि, सामान जुन ठाउँमा उत्पादन गरेको भए पनि ट्रेडमार्क र गुणस्तर उपभोक्ताको प्राथमिकतामा नपरेपछि उत्पादक र व्यापारी दुवैलाई सुनमा सुगन्ध थपिएजस्तै भइरहेको छ ।
दोस्रो र विशेषगरी तेस्रो वर्गका समुदायको प्राथमिकतामा ट्रेडमार्क अङ्कित र गुणस्तरीय वस्तु तथा सेवा नपर्नुका पछाडि विविध कारण छन् । उदाहरणका लागि, हाम्रो समाजमा व्याप्त गरिबी, शिक्षामा सबैको समान पहुँच नहुनु तथा ट्रेडमार्कका बारेमा जिम्मेवार निकायको तर्फबाट आमउपभोक्तालाई सुसूचित गराउने काम नहुनुलगायतका विविध कारणले ट्रेडमार्कको महìव, आवश्यकता र फाइदाका बारेमा आमउपभोक्ता अनभिज्ञ नै छन् । अर्को महìवपूर्ण पक्ष चाहिँ आर्थिक कमजोरीको अवस्था नै हो । बहुसङ्ख्यक उपभोक्ताको रोजाइ र पहुँच ट्रेडमार्क अङ्कित गुणस्तरीय वस्तु तथा सेवासम्म पुग्न सकिरहेको छैन । त्यसले हेर्दा उस्तै–उस्तै देखिने वस्तु तथा सेवालाई बजार उपलब्ध गरायो । परिणामतः त्यस्ता नक्कली वस्तु तथा सेवा यत्रतत्र पाइने भएको हुँदा उपभोक्ता र वास्तविक उत्पादनकर्ता दुवै
ठगिइरहेका हुन्छन् ।

कानुनी व्यवस्था
उपभोक्ता तथा व्यापारिक वर्गको सुविधा तथा आर्थिक हितका निम्ति ट्रेडमार्कलाई व्यवस्थित बनाउन ‘पेटेन्ट डिजाइन’ र ‘ट्रेडमार्क ऐन, २०२२’ले यस विषयलाई नियमन गरेको छ । नेपालको प्रचलित कानुनअनुसार कुनै पनि उत्पादकले आफूले प्रयोग गर्ने ‘ट्रेडमार्क’लाई संरक्षण गर्नका लागि उद्योग विभागमा निवेदन दिनुपर्ने हुन्छ ।
प्राप्त निवेदनउपर विभागले जाँचबुझ गरी दर्ता गर्न मिल्ने भए माग गरेको ‘ट्रेडमार्क’लाई दर्ता गरिदिने कानुनी व्यवस्था छ । यसरी कुनै एक व्यक्ति तथा संस्थाले दर्ता गरेर प्रयोग गरेको ‘ट्रेडमार्क’ अर्काेले नक्कल गर्नु वा मिल्दोजुल्दो झुक्किने गरी प्रयोग गर्न कानुनले बन्देज गरेको छ । दर्ता नगरी कुनै सङ्केत वा चिह्नलाई ‘रजिस्ट्रर्ड ट्रेडमार्क’का रूपमा प्रयोग गर्न पाइँदैन । यदि कसैले गरेमा त्यो कानुनी रूपमा दण्डनीय मानिन्छ । नेपाल वस्तु तथा सेवाको अन्तर्राट्रिय वर्गीकरणका लागि दर्ता चिह्नसम्बन्धी सम्झौता, १९५७ को पक्ष राष्ट्र होइन । तथापि उक्त सम्झौताले निर्धारण गरेबमोजिम वस्तु र सेवालाई विभिन्न समूहमा वर्गीकरण गरी व्यापारिक प्रयोजनका लागि ‘ट्रेडमार्क’ दर्ताको कार्य भने हुँदै आएको छ । नेपालमा विभिन्न वस्तु र सेवाका ‘ट्रेडमार्क’का लागि ४५ वटा वर्ग निर्धारण गरिएको छ, जसमा सङ्केत १–३४ सम्म वस्तु र ३५–४५ सम्म सेवाअन्तर्गत पर्छन् । यो व्यवस्थाले नेपालमा उत्पादन गरिने वस्तु तथा सेवाको वर्गीकरणलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सहयोग पुगेको छ । ‘ट्रेडमार्क’ चिह्न दर्ताका लागि निवेदन दिँदा आफूले उत्पादन गर्न चाहेको वस्तु तथा सेवा जुन वर्गमा पर्छ, सोही वर्गमा मात्रै दर्ता गर्न सकिन्छ ।
‘ट्रेडमार्क’ दर्ता गर्नुको मुख्य उद्देश्य भनेको आफूले उत्पादन गरेको वस्तु तथा सेवाको फरक पहिचानलाई उपभोक्ताबीचमा स्थापित गराउनु हो । नेपालमा कतिपयले ‘ट्रेडमार्क’ प्रयोगको व्यापारिक र कानुनी प्रयोजन थाहा हुँदाहुँदै पनि ‘ट्रेडमार्क’ दर्र्ता नै नगरी नक्कली ‘ट्रेडमार्क’ प्रयोग गरेर वस्तु तथा सेवा प्रवाह गरिरहेका छन् भने कतिपयले चाहिँ ‘ट्रेडमार्क’ दर्ता गर्ने तर प्रयोग नगरी प्रमाण–पत्र झोलामा हालेर राख्ने प्रचलन पनि छ । यी दुवै प्रवृत्तिले एकातर्फ गुणस्तरीय र ‘ट्रेडमार्क’ चिह्न अङ्कित वस्तु तथा सेवा उपभोग गर्न पाउने उपभोक्ताको अधिकारको भने हनन् भएको छ भने अर्कोतर्फ, ‘ट्रेडमार्क’ चिह्नहरू दुरुपयोग तथा उपयोगहीन पनि भएका छन् ।
उदाहरणका लागि, वास्तविक रूपमा ‘ट्रेडमार्क’ चिह्न अङ्कित गुणस्तरीय वस्तु तथा सेवा प्रदान गर्न चाहने उद्योग वा कम्पनीले आफूले खोजेको नाम र चिह्न अरूकै नाममा दर्ता भइसकेको हुने तर प्रयोगविहीन अवस्थामा पनि रहेका हुन्छन् । यस्तो अवस्थामा आफूले चाहेको नाम र चिह्न ‘ट्रेडमार्क’का रूपमा दर्ता गर्न नपाउने तर दर्ता गरेर झोलामा राख्नेसँग किन्नुपर्ने अवस्था विद्यमान छ । यो प्रवृत्तिले स्वस्थ प्रतिस्पर्धा गर्न चाहनेलाई झमेला सिर्जना गरिदिएको छ । कानुनले एउटा फर्म, कम्पनी वा व्यक्तिले कति वटासम्म ‘ट्रेडमार्क’ दर्ता गर्न पाउने भनेर कुनै सीमा निर्धारण गरेको छैन । तर ‘पेटेन्ट डिजाइन’ र ‘ट्रेडमार्क ऐन, २०२२’ले “विभागमा दर्ता भएको टे«डमार्क दर्ता भएको मितिले एक वर्षसम्ममा प्रयोगमा नल्याएमा विभागले आवश्यक जाँचबुझ गरी त्यस्तो टे«डमार्क दर्ता खारेज गर्न सक्नेछ” भन्ने व्यवस्था गरेको छ । यसरी दर्ता भएका ‘ट्रेडमार्क’हरू प्रयोगमा आएका छन् वा छैनन् भनेर आवश्यक खोजिनीति भने हुने गरेको छैन ।
वास्तवमा ट्रेडमार्क कुनै एउटा निश्चित‘ब्रान्ड’मात्रै नभएर यो आमउपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवाको सुनिश्चितता गर्ने माध्यम पनि हो । नक्कली ‘ट्रेडमार्क’को प्रयोगले एकातर्फ आमउपभोक्ता ठगिइरहेको हुन्छन् भने अर्कोतर्फ सक्कली उत्पादकमाथि पनि अन्याय भइरहेको हुन्छ । स्वस्थ र प्रतिस्पर्धी बजारका लागि नक्कली ‘ट्रेडमार्क’को प्रयोगलाई कानुनले नियमन गर्न जरुरी छ । त्यसैगरी राज्य र वस्तु तथा सेवा उत्पादकले पनि आमउपभोक्तलाई ‘ट्रेडमार्क’ अङ्कित वस्तु तथा सेवाको उपभोग गर्नेतर्फ सुसूचित गराउन जरुरी छ । वस्तु तथा सेवाको खरिदमा आमउपभोक्ता सचेत बन्ने हो भने नक्कली ‘ट्रेडमार्क’धारीहरू आफैँ ओझेलमा पर्दै जानेछन् ।