विचार/दृष्टिकोण |

प्राज्ञिक उन्नयनको दिशा(सम्पादकीय)

नेपाल प्रज्ञाप्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आइतबार आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदनअनुसार प्रतिष्ठानले सो अवधिमा ९२ विषयमा अध्ययन अनुसन्धान सम्पन्न गरी ८५ वटा ग्रन्थ प्रकाशन गरेको छ । उनन्चास राष्ट्रिय/अन्तर्राष्ट्रिय गोष्ठी, सम्मेलन, कार्यशाला र प्रवचनका काम भएका छन् । नेपाली बृहत् कोषको मोबाइल एप निर्माण र सो कोषलगायत मातृभाषाका शब्दकोषको एकीकृत डाटावेश पनि निर्माण भएको छ । प्रतिवेदन बुझ्ने क्रममा प्रधानमन्त्री देउवाले नेपाली भाषा, साहित्य, संस्कृति र इतिहासको संरक्षण तथा संवद्र्धन सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।

छ दशकअघि स्थापना भएको नेपाल प्रज्ञाप्रतिष्ठानले नेपाली भाषा साहित्यका साथै देशका अन्य मातृभाषाको संरक्षण, प्रवद्र्धन र विकासका लागि महìवपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । ऐनले प्रज्ञाप्रतिष्ठानलाई भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्र गरी पाँचवटा विषय र क्षेत्राधिकार तोकिदिएको छ । यिनै क्षेत्रमा विमर्श, अनुसन्धान र प्रकाशनजस्ता कार्य प्रतिष्ठानको जिम्मेवारीभित्र पर्छन् । प्रतिष्ठानले नेपालका भाषा, साहित्य, दर्शनशास्त्र, संस्कृति तथा सामाजिक शास्त्रसम्बन्धी अध्ययन, अन्वेषण, मौलिक सिर्जनात्मक वातावरणको निर्माण, सिर्जनात्मक चिन्तन र रचनात्मक कार्यलाई अगाडि बढाउँदै आएको छ । यिनै क्षेत्रमा अध्ययन तथा अनुसन्धान गरी उपयोगी ग्रन्थ एवं कृति तयार गर्ने, गराउने र प्रकाशन गर्ने काम प्रतिष्ठानले गर्दै आएको छ । आवश्यकताअनुसार विदेशी भाषाबाट नेपालका सबै भाषा र नेपालका भाषाबाट विदेशी भाषामा कृतिको अनुवाद एवं प्रकाशन गर्ने गराउने काम पनि भइरहेको छ । अध्ययन तथा अनुसन्धान गरी उपयोगी ग्रन्थ एवं कृति तयार गर्ने, गराउने, प्रकाशन गर्ने काम गर्छ । भाषा, साहित्य संस्कृति, दर्शन तथा सामाजिकशास्त्रका विषयमा योगदान दिने लेखक, साहित्यकार, सामाजशास्त्री, संस्कृतिविद् तथा सम्बन्धित अन्य संस्थाको विकासमा सहयोग पु¥याउने काम पनि प्रतिष्ठानले गर्दै आएको छ । यो नै प्राज्ञिक उन्नयनको दिशा पनि हो ।

नेपाल जातिगत, भाषिक, सांस्कृतिक, धार्मिक, भौगोलिक विविधता भएको देश हो । विभिन्न जातजातिका आआफ्नै भाषा र मौलिक संस्कृति छन् । यी सबै जातजाति, भाषा र संस्कृतिभित्र नेपालीत्व भेटिन्छ । यसले नेपालीको पहिचान बढाएको छ । नेपाल विविध जातजाति, भाषा र संस्कृतिको धनी मुलुक भएकाले सबैको संरक्षण, प्रवद्र्धन र विकास आवश्यक छ । सबै मातृभाषाको संरक्षण, विकास र विस्तार हुनसके यसले विभिन्न भाषाभाषीबीच थप सहयोग, सद्भावना र समन्वय अभिवृद्धि गर्न सहयोग पुग्नेछ । यिनै विविधता नेपालीका सम्पत्ति र पहिचान हुन् । मानव समाज विकासमा भाषा साहित्य, संस्कृतिको महìव हुन्छ । भाषा, साहित्य, संस्कृति, इतिहास संरक्षण, प्रवद्र्धन र संवद्र्धनका लागि समाजका सबै क्षेत्र क्रियाशील हुनुपर्छ । यसले समाज गतिशील र जीवन्त बन्छ । नेपाल प्रज्ञाप्रतिष्ठानलाई यिनै यिनै सम्पत्ति र पहिचान उजागर गर्ने र नेपालीको विशिष्ट पहिचान बनाउने जिम्मेवारी दिइएको छ ।
नेपाल प्रज्ञाप्रतिष्ठानका धेरै सम्भावना, चुनौती र जिम्मेवारी छन् । नेपाली र नेपालभित्रका भाषा, संस्कृतिको अध्ययन अनुसन्धान गरी तिनको संरक्षण, प्रवद्र्धन र विकासमा प्रतिष्ठानका महìवपूर्ण दायित्व छ । पूर्वीय दर्शनलाई भारतीय दर्शनका रूपमा बुझ्ने गरिएको छ । नेपाली भूमिमा नै जन्म भएका दर्शनले नेपाली पहिचान पाउन सकेका छैनन् । यिनको प्रामाणिकता स्थापना गर्न अनुसन्धान र विमर्श हुन आवश्यक छ । यसले राष्ट्रिय गौरव बढाउन सहयोग पुग्नेछ । नेपाली भाषा शिक्षणमा देखिएको अन्योललाई चिर्न र समस्या समाधान गर्न नेपाली भाषा व्याकरणको मानक तयार हुन आवश्यक छ । नेपाल प्रज्ञाप्रतिष्ठान अनुसन्धान हुने, प्राज्ञिक सामग्री प्रकाशन हुन्छ तर ती सामग्री आम पाठक र जिज्ञासुसम्म पुग्न नसक्ने अवस्था छ । ठूलो लगानी गरेर गरिएका अनुसन्धान र प्रकाशनबाट बढीभन्दा बढी व्यक्तिले लाभ लिन सकून् र त्यसबाट नेपाल र नेपालीको गरिमा बढाउन सहयोग पुगोस् भन्ने उद्देश्यले ती अनुसन्धान र प्रकाशनलाई लक्षित वर्गसम्म पु¥याउनुपर्छ । प्राज्ञिक उन्नयनमा प्रतिष्ठान अब्बल बन्दै जानु अबको गन्तव्य हो ।