सुनकोसीमा टुसाउँदो आशा (सम्पादकीय)
सुनकोसी मरिण पथान्तरण बहुउद्देश्यीय आयोजनाको काम सुरु भएको छ । आर्थिक र सामाजिक दृष्टिले रणनीतिक साथै रूपान्तरणकारी महìव राख्ने यो आयोजनाकोे जग्गा अधिग्रहणको केही काम सम्पन्न भइसकेको छ भने थप अधिग्रहणको प्रक्रिया अगाडि बढेको छ । ठेकेदार कम्पनीले हाल पूर्वतयारी काम गरिरहेकाले चाँडै सुरुङ निर्माणको काम सुरु हुने दिशामा काम अगाडि बढिरहेको छ । आर्थिक वर्ष २०७६/७७ को बजेटमै राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएको सुनकोसी मरिण डाइभर्सन आयोजना गत फागुन २० गते शिलान्यास गरिएको हो । आयोजना निर्माणका लागि ४६ अर्ब १९ करोड तथा बाँकी संरचना निर्माणका लागि ३० अर्ब रुपियाँ खर्च लाग्ने अनुमान रहेको यो आयोजना २०८२/८३ मा सम्पन्न गर्ने लक्ष्य छ । तीन वर्षमा नदी पथान्तरणको काम सक्ने लक्ष्य छ । सुनकोसी नदीमा १२ मिटर उचाइको बाँध निर्माण गरी १३.३ किमि लामो सुरुङबाट प्रतिसेकेन्ड ६७ क्युसेक पानी मरिण खोलामा खसालिनेछ । मरिण खोलामा खसालिएको पानी साविक बागमती सिँचाइ आयोजनाको सिञ्चित क्षेत्र बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाहीको थप एक लाख २२ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ उपलब्ध हुनेछ । सिँचाइसँगै विद्युत् उत्पादन पनि हुनेछ र त्यसका लागि ६६ मिटर उचाइबाट मरिण खोलामा पानी खसाल्दा ३१ मेगावाट विद्युत् उत्पादन हुनेछ । आयोजना सुरु भएपछि खेर गइरहेको सुनकोसीको पानीमा अनन्त आशा टुसाएका छन् र तिनलाई यथार्थमा बदल्न समयबद्ध कार्यान्वयन आवश्यक छ ।
हाल आयोजनाको निर्माण कार्य सुरु हुनुपूर्वको तयारी भइरहेको छ । हाल आयोजनाको निर्माण कार्य सुरु हुनुपूर्वको तयारी भइरहेको छ । किसान र स्थानीय बासिन्दालाई मुआब्जा वितरणको कार्य सम्पन्न हुन लागेको छ । सिन्धुलीको कमलामाई नगरपालिका–२, कुसुमटारमा थप एक बिघा जग्गाको मुआब्जा निर्धारण गरी अधिग्रहण गर्ने प्रक्रिया अगाडि बढेको छ । चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले सुरुङ खन्ने ठेक्का पाएको छ । यो कम्पनीले अहिले कुसुमटारमा भण्डारण र आवासीय संरचना निर्माण गरिरहेकाले आगामी छ सात महिनाभित्रै सुरुङ खन्ने काम सुरु गर्ने लक्ष्य छ । भेरी बबई आयोजना निर्माणको ठेक्का पाएको यो चिनियाँ कम्पनीले टनेल बोरिङ मेसिन (टीबीएम) ले सुरुङ खन्नेछ । सुरुङ निर्माण गर्न २७ महिना लाग्ने अनुमान छ ।
स्रोत व्यवस्थापनमा प्राथमिकता र कार्यान्वयनमा सघन अनुगमन गर्ने गरी रूपान्तरणकारी विकास आयोजनालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गर्ने चलन २०६८/६९ सुरु भएको हो । यी आयोजनाको कार्यान्वयनमा विशेष ध्यान पु-याइन्छ । प्रधानमन्त्रीको अध्यक्षतामा हुने राष्ट्रिय विकास समस्या समाधान समिति बैठकमा चौमासिक रूपमा समीक्षा हुने व्यवस्था छ । गत वर्षदेखि प्रधानमन्त्री कार्यालयमा तत्काल समस्या समाधान कक्षसमेत सञ्चालनमा आएको छ । तर पनि राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन सन्तोषजनक गतिमा अगाडि बढ्न सकेको छैन । निर्माणाधीन दुई दर्जनभन्दा बढी राष्ट्रिय गौरवका आयोजनाको काम लक्ष्यअनुसार हुनसकेको छैन । समयमै निर्माण सम्पन्न नहुँदा यी आयोजनाबाट प्राप्त हुने लाभबाट वञ्चित हुनुपरेको छ भने लागत बढ्ने गरेको छ । हालसम्म सम्पन्न भएका दुई राष्ट्रिय गौरवका आयोजना मेलम्ची खानेपानी आयोजना र माथिल्लो तामाकोसी आयोजना जलविद्युत् आयोजनाको लागत दोब्बर पुग्यो ।
सुनकोसी मरिण आयोजना प्रतिफलका दृष्टिले अत्यन्तै महìवपूर्ण आयोजना हो । अन्नको भण्डार मानिएको तराई क्षेत्रका पाँच जिल्लामा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुँदा कृषि उत्पादनमा वृद्धि हुनेछ । यो आयोजनाको जलाशयबाट विद्युत् उत्पादन हुने भएकाले ऊर्जामा योगदान पु-याउनेछ । सुनकोसी नदीमा बाँध निर्माण गर्दा ३१२ हेक्टर क्षेत्रफलको जलाशय निर्माण हुने भएकाले यसलाई माछापालन र पर्यटन विकासमा उपयोग गर्न सकिन्छ । यो आयोजनाले राष्ट्रिय उत्पादनका साथै स्थानीय अर्थतन्त्रलाई समेत महìवपूर्ण योगदान पु¥याउने निश्चित छ । आयोजना निर्माणमा स्थानीयलाई रोजगारी, आयआर्जनमा प्राथमिकता दिनुपर्छ । यसबाट स्थानीय उत्पादन वृद्धिमा सहयोग पुग्नुपर्छ । तर यी सबै प्रतिफल प्राप्त गर्नका लागि आयोजनाको निर्माण लक्ष्यअनुसार समयमै हुनुपर्छ ।