विचार/दृष्टिकोण |

'वन्यजन्तु आरक्ष' भित्रै वन्यजन्तुले असुरक्षित मर्नु पर्ने कहिलेसम्म ?

डा. दिनेशराज भुजु

मकुनाको मृत्यु भएछ। अझ यसो भनौं मकुना मारिएछ। मकुना एउटा हात्तीको नाम हो। करिब १० वर्ष पहिले मान्छेले आहारा र बास लुटेपछि एक हूल परिवारसँगै चर्दै खोज्दै उ भारतबाट नेपाल आइपुगेको थियो। प्रकृतिका यी सन्ततिलाई मान्छेले बनाएको भीसाको दरकार पर्दैन, तर मान्छे बगाउने भङ्गालाहरु भने उसले तर्नु परेको थियो।
कोशी(टप्पु जहाँ मकुना धेरै जसो रम्ने र जम्ने गर्दथ्यो, प्रशंशकहरु उसलाई हिरो भन्दारहेछन्। देख्नेहरुका अनुसार उ वस्तबमै हिरो थियो, साहसी, सुन्दर र तरुण । तर ३५ वर्षको उमेरमै उसको इहलिला समाप्त भयो। प्रकृतिमा हात्तीहरु ७० वर्ष मजाले बाँच्दछ्न्। यसकारण मकुनाको मृत्यु वास्तविक असामयिक मृत्यु हो । श्रद्धाञ्जलीको कोष्ठमा लेखिने औपचारिक शव्द होइन ।
मकुनाको मृत्यु कोशी(टप्पु वन्यजन्तु आरक्षभित्र मान्छेले बिछ्याएको बिजुलिको करेन्ट लागेर भएको बताइएको छ। कस्तो विडंवना, ूवन्यजन्तु आरक्षू भित्रै वन्यजन्तुले असुरक्षित भएर मर्नु पर्ने १ के यो शव्दाबली साईनबोर्डका लागि रचिएको होरु
मकुनाको मृत्यु यही अक्टोबर २ तारेखमा भएको रहेछ। अक्टोबरको पहिलो साता विश्वभरी ूजनावरप्रति सहृदयी बनौं भन्ने नाराका साथ मनाइने गरिन्छ। त्यसोत हिन्दू धर्मावलम्बीहरुको कुन त्यस्तो पूजा हुन्छ जुन गणेशजीको प्रथम पूजाविना संपन्न हुन्छ। गणेशजी उनै मान्छेले रचेको गजाधर हो, हात्तीको शीर उनिएका। मान्छेहरु गजाधरलाई ढोग्छन्, पूजा गर्छन्, वरदान माग्छन् र उनै मान्छे मकुनाहरुलाई बिजुलीको करेन्ट बिछ्याएर हत्या गर्छन्। योभन्दा पाखण्ड के होलारु
अनाहकमा ज्यान गुमाउने मकुना पहिलो र एक्लो पनि हैन रहेछ। नेपाल कथा अनलाइनमा छापिएनुसार उभन्दा अघि १२ वटा हात्तीमध्ये कसैको पनि प्राकृतिक मृत्यु भएको थिएन। तिनिहरु सबै मान्छेले नै दागेको गोली, विजुलीको करेन्ट या यस्तै अवरोधहरुबाट मरेका थिए। ती मृत्युबाट मकुना कति विक्षिप्त भए होलारु
प्रशिद्ध हात्ती वैज्ञानिक ईयन डग्लस हेमिल्टनको एउटा प्रतिवेदन छ। सन् २००३ मा केन्याको संबुरु आरक्षमा एउटा छावा ईलिन्वयर ढल्न लागेको हुन्छ। एउटी आमा हात्ती ग्रेसले आफ्नो यात्रा नै त्यागेर उनलाई बचाउन खोज्छिन्। पछि मरिसकेको ईलिन्वयरको लाश वरिपरि हात्तीहरु जम्मा हुन्छन्। लाश सुम्सुम्याउँछ्न्। बडो मार्मिक छ त्यो भिडियो। यसरी जम्मा हुने हात्तीहरु पाँच बिभिन्न परिवारका हुन्छ्न्।
हात्तीको बडेमानको टाउकोमा पाँच किलो तौलको मस्तिष्क हुन्छ, जुन मान्छेको भन्दा तीन गुनाले बढी हो। मस्तिष्क रेशाहरु पनि यस्तै धेरै छन् । धरतीमा उनीहरु मान्छेभन्दा ७० लाख वर्ष पहिले देखा परेका थिए। हात्तीको पारिस्थितिकि, व्यवहार र विकाससम्बन्धी अध्ययन वैज्ञानिकहरुको संख्या पनि राम्रै छ। तथापि, हात्तीको बुद्धिमताबारे अहिलेसम्म मान्छेलाई जेजति थाहा छ त्यो ज्यादै थोरै मानिन्छ।
हात्ती स्थलचरहरुमा सवभन्दा ठूलो प्राणी हो। सबै हात्ती साकाहारी हुन्। आहाराकै लागि भनेर हात्तीको कसैसित दुस्मनी छैन। तथापि मानिस र हात्तीविच द्वन्द्व बढ्दो छ। वर्षेनि हात्तीको आक्रमणबाट विश्वमा पाँच सय जति मान्छेको ज्यान जान्छ, उता मान्छेको आक्रमणबाट अफ्रिकामा मात्रै वर्षेनि २० हजार हात्तीहरु मारिन्छन्। विश्व वन्यजन्तु कोष भन्छ, यस हिसाबले आगामी २० वर्षमा अफ्रिकी हात्ती लोप हुनेछ।
साभो ट्रस्टको अनुमान अनुसार दुइसय वर्ष अघिसम्म आफ्रिकामा हात्तीको संख्या २ करोड ५० लाख थियो। एसियामा पनि कम्तिमा १० लाख जङ्गली हात्तीहरु थिए। अहिले अफ्रिकामा ४ लाख १५ हजार र एसियामा ४० हजार जति जङ्गली हात्ती बाँकी रहेको अनुमान छ। उत्तर अमेरिका र दक्षिण अमेरिका १० हजार वर्ष पहिले नै ती लोप भएका थिए। युरोपमा रोमन साम्राज्यको विस्तारसँगै यिनको लोप भएको मानिन्छ। अस्ट्रेलियामा छ्न् तर रैथाने हैनन्, पछि अन्तैबाट लगिएका।
दुइसय वर्ष अघि सन् १८०० मा मान्छेको जनसंख्या विश्वभरिमा एक अर्ब थियो। त्यतिबेला विश्वको ५० प्रतिशत जमिन करिब ५.३ अर्ब हेक्टर वनजङ्गलले ढाकेको थियो। अहिले मान्छेको जनसंख्या ८ अर्ब पुग्न लागेको छ। वनजङ्गल मासिएर ३८ प्रतिशत ९४.१ अर्ब हेक्टर मा खुम्चिएको छ। ती वनहरु पनि छिन्नभिन्न भएका छन्। यो भनेको वन्यजन्तुको वासस्थान नाशिनु हो। हात्ती (लगायत अरु पनि वन्यजन्तु) सित मान्छेको पैंठेजोरी बढ्दै जानुको मूल कारण पनि यही हो। के यो धरती मान्छेको मात्र होइन नै सर्वेसर्वा हो
सन् १९४९ मा अल्डो लियोपोल्ड ९१८८७-१९४८० को पुस्तक अस्यान्ड काउन्टि अल्मन्याक प्रकाशित भयो जसमा भूमि नैतिकताको पैरवी गरिएको थियो। भूमि नैतिकताको अह्वान छ, हामीले भूमिको सम्मान गर्नु पर्दछ। मान्छे धरतीको मालिक हैन, मात्र यसको एउटा सदस्य हो। भूमि नैतिकताको पाठ प्रायः सबै विश्वविद्यालयहरुको पाठ्यक्रममा समावेश छ।
ऋग्वेदमा पृथ्वीलाई धरतीमाता भनेरै पुजिएको छ। भनिएको छ, वातावरण, पानी, वीउ(वनस्पति, यी कसैलाई पनि हानी नपुर्याउनु। ऋग्वेद तीन हजार वर्ष पुरानो रचना भनिन्छ। दुइ हजार वर्ष पुरानो जातक कथामा एउटा प्रसङ्ग छ जसमा एकजना वोधिसत्व बनेका राजकुमारले एउटी आमा बघिनिलाई आफ्नै मासु काटेर ख्वाउँछ। नमो बुद्ध परिसरमा त्यही वोधिसत्वको दर्शन गर्न हजारौं श्रद्धालुहरु पुगिरहेका हुन्छ्न्।
यस्तै ज्ञान र प्रज्ञाको सिलसिलामा मान्छेले उदारता देखाएको पछिल्लो एउटा घट्ना छ। घट्नाले अन्तरराष्ट्रिय समाचारको हेडलाइन बनायो। चीनको युन्नान प्रान्तको दक्षिण भेग शिसुनपानादेखि १५ वटा हात्तीको बथान मोचियाङ्ग, ईशान र यूक्सि हुँदै उत्तरमा कुन्मिङ्ग पुगे। त्यसमा माउ हात्ती, भाले हात्ती र केटाकेटी सबै थिए। ती किन निस्केका र कुन गन्तव्य जान लागेका कसैलाई भेउ भएन। तर महत्वको कुरा तिनको यात्रा सुरक्षित गर्नु थियो।
चीन सरकारले ती हात्तीहरुलाई सुरक्षा दिन ७०० जना प्रहरी र आपतकालिन कार्यकर्ताहरु परिचालन गर्यो। भीर(पहरा, पुलबाट हात्ती नझरुन् भनेर ठूलठूला ट्रकहरु पछि लागे। ड्रोनहरुले निगरानी राखे। त्यति ठूलो हात्तीको बथान हिंड्दा बाटोमा बाली(नाली क्षती किन नहुनु ररु युन्नान प्रान्तीय सरकारले दिएको प्रतिवेदन अनुसार हात्तीको बथानले सानाठूला ४१२ वटा समस्याहरु उत्पन्न गरे। तर तिनलाई कुनै किसिमको बाधा नपुर्याउन सूचना जारी भयो। हात्ती लागेको बाटो वरिपरिबाट १ लाख ५० हजार मानिसहरुलाई स्थानान्तर गरियो।
करिब ५ सय किलोमिटर दूरिको चिनिया हात्तीको त्यो यात्राले १७ महिना पछि विश्राम लियो। तर वैज्ञानिकहरु भन्दछन् ति हात्तीहरु फेरि पनि भौंतरिन सक्छ र यात्रामा निस्कन सक्छ। कारण तिनको वासस्थान साँच्चै नै खुम्चिएको छ।
नेपालमा धेरैजसो जङ्गली हात्तीहरु आहाराको खोजिमा पूर्वमा मेची नदी तरेर आउने हो। तिनिहरु कोशीटप्पु हुँदै उदयपुर र सिन्धुलिसम्म पुग्छन्। उनीहरु हिंड्ने भनेको चुरेमुनिको जङ्गल नै हो, जो समतल छ र जहाँ अब राजमार्गहरु बनेका छन्। दक्षिणमा हुलाकि राजमार्गदेखि उत्तरमा पुष्पलाल मध्य(पहाडि लोकमार्गबिच पूर्व-पश्चिम राजमार्ग छ। त्यसैको समानान्तर मदन भन्डारी राजमार्ग खनिंदैछ। पूर्व(पश्चिम रेलमार्गको रेखा त्यहीं खिचिएको छ।
तपाईं कल्पना गर्नोस् हुलाकि राजमार्गदेखि मध्य-पहाडि लोकमार्गबिचको दूरी बढीमा एक सय किमी छ। यसको मतलब सय किमीको यो चौडाईभित्र पाँचवटा राजमार्गहरु हुनेछन्। हात्ती ९लगायत अन्य वन्यजन्तु० हिंड्ने करिडर पनि त्यहि हो। मान्छेलाई त्यति धेरै राजमार्गहरु के आवश्यक छरु हाम्रो पूर्व(पश्चिम कारोबार के त्यति धेरै छ कि हामीलाई २० किमीको समानान्तरमा पाँचवटा राजमार्ग चाहिन्छरु एशियाली विकास बैंकका अनुसार नेपालको पूर्व(पश्चिम राजमार्ग ९कूल लम्बाई १,०२८ किमी० मा प्रतिदिन २ हजार ६ सय जति मालबाहक सवारीहरु चल्दा रहेछन्, अर्थात् २।५ सवारी प्रति किमी। भारतमा यो संख्या १८।३ मालबाहक सवारी प्रति किमी हुन्छ। अरु विकसित देशको कुरै नगरौं।
दशैंको आगमनसँगै मालश्रीको धुन बज्न थालेको छ। चितवनको खोरसोरमा हात्ती प्रजनन् केन्द्रको भ्रमण गर्ने सबैलाई थाहा छ, त्यहाँका प्रत्येक हात्तीको नाम हुन्छ। तिनको मृत्यु बारिन्छ। मकुनाको १३ दिनको तिथि परेको छ अज। नेपाली सामाजिक सन्जालहरुमा मकुनाको मृत्युमा युवा पिंढीको केहि आवाज चाहिं सुनिनमा आएको छ। केहि दिन अघि रिसोर्सेस् हिमालयको एउटा डबलिमा सातजना युवा अनुसन्धानकर्मीहरुको विचार पनि सुन्न पाइयो। सबैको आवाज एउटै थियो( हात्तीको सुरक्षा हुनु पर्दछ, मकुनाको मृत्यु गैरजिम्मेदारिपूर्ण छ, त्यसको भत्सर्ना हुनु पर्दछ। तिनको आवाजमा मत जाहेर गरौं। दशैंको शुभ(कामनाले मकुनाको लाश नढाकियोस्।