झन् नयाँ छन् देवकोटा
डा. गणेशप्रसाद घिमिरे
नरत्वं दुुर्लभं लोके विद्या तत्र सुुदुुर्लभा ।
कवित्वं दुुर्लभं तत्र शक्तिस्तत्र सुुदुुर्लभा ।।
संसारमा पहिले मानिस भएर जन्मन कठिन छ । मानिस भए पनि विद्या प्राप्त गर्न दुुर्लभ छ । विद्या पाए पनि कवि हुुन कठिन छ । कवि भए पनि प्रतिभा सम्पन्न कवि हुुन अझ दुुर्लभ छ । यो उक्तिले संसारमा विद्यमान् रहेका सबै मानिस कविका रूपमा आउन सक्दैनन् तर कवि भए पनि प्रतिभासम्पन्न हुुनलाई सारै सकस मानेको छ । यही सकसमा आएका हुुन्– महाकवि लक्ष्मीप्रसाद देवकोटा । उनीसित विद्या, कवित्वका साथै प्रतिभा पनि थियो । त्यसैले यो श्लोकको अपवाद लक्ष्मीप्रसाद देवकोटा मानिएका छन् । आज पनि उनका कृति र उनका विचारले नेपाली साहित्यको इतिहासलाई सदा जीवन्त तुुल्याएको छ । यही जीवन्तका पर्याय हुुन्– लक्ष्मीप्रसाद देवकोटा ।
साहित्यमा देवकोटा
नेपाली साहित्यको इतिहासमा देवकोटा महाकवि, नाटककार, निबन्धकार, समीक्षक, कथाकार, उपन्यासकारका रूपमा परिचित रहेका छन् । उनले नेपाली साहित्यलाई जुुन किसिमको योगदान दिए, अन्य साहित्यकारले दिन सकेनन् । नेपाली साहित्यको इतिहासमा कविका रूपमा उदाएका देवकोटाले प्रायः सबै विधामा आफूूलाई तरोताजा बनाएर राखे । साहित्यप्रतिको उनको रुचिले जुुन उचाइ नेपाली साहित्यलाई दियो, त्यसले साहित्यको बगैँचा आज पनि मगमगाएको छ । पूूर्ववर्ती साहित्यकारबाट आधार ग्रहण गरे पनि उनको मौलिकपनले सदैव नेपाली साहित्यको बाटोलाई जीवन्त बनाएको पाइन्छ ।
उनले कलम चलाएका विधा नेपाली साहित्यमा जीवन्त बनेर रहे । साहित्यको इतिहासमा उनका कृति सदैव वास्नादार बने । उनका कृतिको पटभूमि इतिहास, पुुराण, समाज र नेपालीपन बनेर रहेको देखिन्छ । उनका कृतिहरूको आधार नेपालीपन र नेपाली समाजको पटाङ्गिनी रहेको पाइन्छ । उनले जे लेखे, जे दिए ती आज पनि समाजको भावनालाई जीवन्त बनाउने खालका रहे । उनको साहित्यले नेपाली समाजको सामाजिक चित्रलाई सदैव अविष्मरणीय गुुन लगाएको पाइयो ।
नेपाली साहित्यको फाँट एकातिर अनुुवाद परम्परामा थलिएको थियो भने अर्कोतिर नेपाली साहित्यकार स्वतन्त्र लेखनमा समर्पित हुुन सकेका थिएनन् । पूर्ववर्ती सोमनाथ सिग्द्याल, कविशिरोमणि लेखनाथ पौड्यालको दरबारप्रतिको मोहले नेपाली साहित्यले तत्कालीन समाजको चित्रलाई बाहिर ल्याउन दिइरहेको थिएन । यही समयमा आए, लक्ष्मीप्रसाद देवकोटा लक्ष्मीका प्रसाद बनेर नेपाली साहित्यका प्रत्येक विधालाई जीवन्तता दिन ।
कालजयी कृतिका सर्जक
साहित्यकारको मूल्य तिनका कृतिको अध्ययन, चिन्तन, मनन र साहित्यमा पारेको प्रभावका आधारमा हुुने गर्दछ । तत्कालीन समाज, कवि बाँचेको काल र कविले सिर्जना गरेका सिर्जनाले कृतिकारको मूूल्यलाई बाहिर ल्याएका हुुन्छन् । निश्चित समयमा कृतिले जीवन्त रूप प्राप्त गर्नु कालजयी कृति होइन । कालजयी कृतिले सयौँ वर्षसम्म आफ्नो नवीनपनलाई जीवन्त पारेको हुुन्छ । कवि देवकोटाले लेखेका सबै कृति कालजयी भए वा भएनन्, त्यसको लेखाजोखा उत्तरवर्ती समयले गरेको छ । कवि देवकोटाका कृतिले तत्कालीन नेपाली समाजको सामाजिक चित्रलाई बाहिर ल्याएका छन् । समाजको सामाजिक अवस्था कस्तो थियो र त्यसले कुुन पद्धतिलाई अवलम्बन गरेको थियो भन्ने सन्दर्भमा कवि देवकोटा पूूर्णतः जीवन्त बनेर आएको देखिन्छ । यही हो– समाजको प्रतिविम्ब र देवकोटाका कृतिको सम्बन्ध ।
उनले नेपाली साहित्यको खाली ठाउँलाई भरे । भरिएको ठाउँ विधागत विविधतामा केन्द्रित रहेको थियो । विधागत विविधताका आधारमा कवि देवकोटा साहित्यका वरदान बनेर आएका थिए । उनका कृतिको मूूल्य आज पनि नेपाली साहित्यका लागि कालजयी बनेर रहेको देखिन्छ । उनको मुुनामदनले तत्कालीन समयको मदनलाई ल्हासा पठायो तर आजको मदन ल्हासा नगएर युरोप, अरब, अस्ट्रेलिया, जापान, अमेरिकामा सङ्घर्ष गरिरहेको छ, मुुुनालाई सुुखी बनाउन । देवकोटाकी मुुना मदनलाई पर्खेर बसेकी थिई, आजकी मुुना त्यसरी बस्न सक्दिन । यही कारण आजका मुुना–मदन हिँजोका जस्ता थिएनन्, छैनन् पनि ।
उनका कृतिहरू कालजयी छन् । कृतिले समाजको प्रतिविम्बका साथै मानवीय चेतनालाई जीवन्त बनाएका छन् । मानिसको बाँच्ने अधिकार र मानिसको जीवनका सबै पक्षलाई देवकोटाको साहित्यले छोएको छ । देवकोटाको साहित्यका सबै विधाले नेपाली समाजको चित्र उतारेको छ भने नेपाली समाजको नाडी छामेको छ । त्यसैले कवि देवकोटाका कृतिको अवस्था आज पनि कालजयी मानिएको छ । गद्य कविताका फाँकीहरू, पद्य कविताका श्लोकहरू, निबन्धका गद्यहरू र तिनले दिने भावको सौन्दर्यगत पहिचान नेपाली साहित्यको इतिहासमा गतिलो बनेर रहेको छ । त्यसैले कवि देवकोटा कालजयी कृतिका सर्जक, स्रष्टाका रूपमा मानिएका छन् ।
आज पनि सान्दर्भिक
कवि देवकोटाले नेपाली समाजको चित्र मात्र उतारेनन्, उनले त नेपालीपन, आर्ष सभ्यताको परिचय दिए । शाकुुन्तल महाकाव्यमा उनले भनेका छन्–
मीठो लाग्छ मलाई ता प्रियकथा प्राचीन संसारको ।
हाम्रो भारतवर्षको उदयको हैमप्रभासारको ।
प्राच्य परम्परा र सनातन संस्कारप्रति सदैव चिन्तनशील देवकोटाले नेपाली समाज मात्र होइन, प्राच्य परम्परालाई नै केन्द्र माने । उनले नेपाली समाजको सामाजिक चित्र मात्र नभई आर्ष परम्परालाई केन्द्रमा राखेर साहित्य जीवन्त बनाए । यो उनको ऋषि सभ्यताप्रतिको आकर्षण थियो, जसमा उनी हुर्के, बढे र जीवन भोगे । उनले भोगेको जीवन फलदायी भए पनि दुुःखदायी थियो । दुुःख भोगे, कष्ट सहे तर जीवन सङ्घर्षसित हार खाएनन् । त्यसैले नेपाली साहित्यमा देवकोटा र उनका कृतिहरू वास्नादार बने ।
उनले कर्मलाई सबैभन्दा महत्तम बिन्दुु स्वीकार गरेका छन् । उनको केन्द्र नेपाली समाजको सामाजिक अवस्था होइन । उनले मानिस भएर जन्मिएपछि मानिसका रूपमा रहनुुपर्ने मान्यता स्वीकार गरेका छन् । मानिसको कर्म नै सबै हो । कर्मलाई जीवन्त बनाउन उच्च सोच रहनुुपर्ने धारणालाई उनले उल्लेख गरेका छन् । कर्मले मानिसलाई जीवन्त बनाएको हुुन्छ भन्ने सन्दर्भमा उनले मुुनामदनमा भनेका छन्–
पृथ्वी बसी स्वर्गमा हेर्नेछन् हाम्रा नजर ।
तल नै हेरी तल नै हेरी बिलौना नगर ।।
मनको बत्ती तनको बली स्वर्ग छ प्रसाद ।
कर्ममै पूूज ईश्वर भन्छ यो लक्ष्मीप्रसाद ।।
भनेर कर्मवादलाई प्रधान माने । यो आज पनि सान्दर्भिक बनेर देखा परेको छ । यो देवकोटाको कर्मवादप्रतिको पूूर्ण आग्रह मानिएको छ । नेपाल कर्मभूूमि हो । कर्मले नै हामीलाई महान् बनाउँछ भन्ने कुुरालाई देवकोटाले उल्लेख गरेका छन् ।
सधँै स्वतन्त्र, सार्वभौम रहेको नेपाल विश्वको नक्सामा सानो भए पनि यसको गहिराइ, संस्कृति, परम्परा, मान्यता र नेपालले अवलम्बन जीवन मोह चिरन्तन रहेको तथ्यलाई उनले सकारेका छन् । आज आणविक शक्तिसम्पन्न मुुलुुक संसारमा शक्तिशाली मानिएका छन् । जाति, भाषा, धर्म, संस्कृति, भौगोलिक विविधतामा पनि हामी एकतामा आबद्ध छौँ । यही हो नेपालको पहिचान भन्ने भावलाई उनले नेपालको परिचयमा यसरी भनेका छन्– सानो छ तर स्वर्ग छ, अलप छ तर दूूरताको दिव्य जादूू । यो भारतमाताको मुुटुु फेला पार्ने थोरै छन्, किनकि यो पर्वतस्तनको भित्र गहिराइमा छिपेको छ । यही हो देवकोटाको नेपालप्रतिको दृष्टि । कति गहकिलो दृष्टि दिए उनले नेपालका सन्दर्भमा । नेपालको सर्वसम्पन्नता उनले प्रकृति र प्रकृतिको हरियालीमा देखे । नेपालको गहिराइ उनले नेपालीको भावनामा देखे । यही हो चिरन्तन साहित्य हाम्रा लागि ।
शिक्षा मानिसको सबैभन्दा ठूलो वरदान हो । निरक्षरपनले मानिसलाई मूर्ख बनाएको छ । यो निरक्षरपनको अन्त्य हामी सबैको चाहना पनि हो । देवकाटा शिक्षालाई जीवन मान्छन् । जीवनको आधार स्वीकार गर्छन् । समाजको प्रतिविम्ब मानेका छन् तर हामीले दिने शिक्षालाई संस्कार, परम्परा र हाम्रा मान्यतामा ढाल्नुुपर्ने भावको गहिराइ स्वीकार गर्दछन् । म शिक्षा त्यसलाई भन्दछुु, जसले मानिसलाई पूरा मानिस बनाउँछ, चैतन्यको विकास गराउँछ, जसले हितकारिताको सामथ्र्यदायी नै आत्मबलको गौरव सम्झन्छ, जसले मानवताको आह्वान आत्मालाई कसरबिना उचालेर प्रत्युुत्तरदायी बनाउँछ । यो उक्ति कति गहिरो र गहकिलो छ । यही हो देवकोटाको चिन्तन, मनन र शक्तिको पर्याय । उनमा विद्यमान शक्तिले जुुन तरिकाको भावलाई बोक्यो, त्यो आज पनि सान्दर्भिक बनेर आएको देखिन्छ । उनी आजकल दिइने शिक्षाप्रति असन्तोष व्यक्त गर्छन् । हाम्रो समाजको सामाजिक मान्यता, परम्परालाई शिक्षाले बिर्सनु हँुुँदैन भन्ने धारणमा देवकोटा दृढ देखिन्छन् ।
देवकोटाको साहित्यका प्रत्येक हरफ समाज सापेक्ष छन् । उनको साहित्यमा नेपाली समाजको प्रतिविम्ब भेटिन्छ । समाजप्रति उत्तरदायी छन् । यही हो– देवकोटाको भावलाई जीवन्त दिने प्रयास । आज जीवनका हरेक पललाई जीवन्त बनाउने उद्देश्यलाई कवि देवकोटाको साहित्यले बताएको छ ।
आजको अवस्था
साहित्यको सिर्जनामा शक्ति (प्रतिभा)लाई सर्वाेपरि मानिएको छ । त्यसैले प्रतिभासम्पन्न कविबाट सिर्जित साहित्य कालजयी र जीवन्त हुने गरेका छन् । आज त्यो अवस्था नेपाली साहित्यमा देखिँदैन । शास्त्र चिन्तन, मननबाट प्राप्त ज्ञानलाई साहित्यको साँचोमा ढालेर जीवन्त बनाउन सकेका छैनन् आजका साहित्यकारले । आज त्यो अवस्था छैन । साहित्य सिर्जना फुुर्सदको वा बुुद्धिविलासको साधन बनेको छ । समाजको प्रतिविम्ब बनेको छ । पश्चिमा साहित्यमा देखिएका विभिन्न वादहरूको भङ्खालोमा समाहित भएको छ नेपाली साहित्य ।
सिर्जनालाई चिन्तनको भाव, गहिराइको केन्द्र मानिएको छ । त्यो केन्द्र आजको साहित्यमा देखिँदैन । आज त साहित्यको फाँट भारिलो र साहित्य जीवन्त बन्न सकेको छैन । देवकोटाको जीवन्त परिवेश र उनले गरेका सिर्जना कालजयी बनेका छन् । एक सय एघारौँ जन्मजयन्तीका अवसरमा कवि देवकोटालाई सम्झनुु प्रासङ्गिक हुुनेछ । कवि देवकोटाको जीवन र उनका कृतिले नेपाली साहित्यमा देखाएको बाटो कालजयी बनेर आएको देखिन्छ । नेपाली साहित्यका विशिष्ट प्रतिभा देवकोटाप्रति शब्दका श्रद्धासुुमन ।