धार्मिक आस्थामा नेपाली जनजीवन
ब्रह्मदेव राधे
नेपाली समाजमा प्राचीनकालदेखि नै धर्मप्रधान रही धर्मकै आधारमा सामाजिक, जातीय र स्थानीयस्तरका चाडपर्व मनाउने प्रचलन रहेको पाइन्छ । यस्ता चाडपर्वको आ–आफ्नो क्षेत्रमा आफ्नै किसिमको विशेष महìव रहेको हुन्छ । हाम्रा चाडपर्व उत्सव र मेलाहरूले नेपाली संस्कृतिसँग घनिष्ठ सम्बन्ध जोडेका छन् । नेपालको तराई क्षेत्र पनि सांस्कृतिक र चाडपर्वको दृष्टिले उर्वरा भूमि मानिन्छ । तराई क्षेत्र सामाजिक तथा जातीय आधारमा नेपालको पहाडी क्षेत्रभन्दा पृथक् रहेको छ । अतः यस क्षेत्रको संस्कृति पनि पहाडी क्षेत्रको भन्दा पृथक् हुनु स्वाभाविक हो । पहाडी क्षेत्रमा पनि तराई क्षेत्रको भन्दा फरक संस्कृति र चाडपर्व मनाउँदै आइरहेको छ । बहुजातीय हाम्रो देशमा आ–आफ्नो भाषा, संस्कृति र चाडपर्व मनाउने गरिन्छ ।
विभिन्न जातजातिको सङ्गम भूमि नेपालको तराई क्षेत्रमा मनाउने चाडपर्व तथा सांस्कृतिक उत्सवले देशको गौरव पनि बढाएको छ । वीरगञ्जका खास सम्प्रदायमा मात्र सीमित सांस्कृतिक पर्वहरू कालक्रमिक विकाससँगै समग्र नेपाली जातिको महìवपूर्ण सांस्कृतिक पर्व बन्न पुगेको उदाहरण पनि पाइन्छ । त्यसरी नै वर्तमान अवस्थामा तराई क्षेत्रमा मनाउने अत्यन्त महìवपूर्ण चाडपर्वमध्ये छठपर्व सम्पूर्ण तराई र काठमाडौँ उपत्यकामा बस्ने तराई मूलका मात्र नभएर पहाडी मूलका जातजातिमा समेत विशेष हर्ष र उल्लासका साथ मनाउन थालिएको छ । यस पर्वलाई छठी, छठमाता, छठ, सूर्यष्ठ व्रत तथा प्रतिहारष्ठी व्रत जे भनिए पनि खासमा सूर्यदेवको उपासना हो ।
यस पर्वलाई प्रतिहारष्ठी भन्नुको अर्थ अर्को दिनको पूजाका लागि ढोका खोल्नु हो । यस प्रतिहार शब्दले नै षष्ठी तिथिलाई गौण बनाई सप्तमी तिथिलाई प्रधान बनाएको छ । छठपर्व सप्तमी प्रधान हुनुको एक कारण यो पनि हो । सूर्यदेवको व्रत स्त्री र पुरुष दुवैले गर्छन् । सूर्यले अन्धकारलाई हटाएर उज्यालो प्रदान गर्दछन् । हाम्रो स्वास्थ्यको रक्षा गरी मानवको जीवन सुखी बनाउन र मानिसलाई अर्को युगमा समेत सुखदान गर्ने सूर्यदेव नै हुन् भन्ने जनविश्वासले यस पर्वको महìव बढाएको छ ।
विश्वभरि नै सूर्यको पूजा गर्ने परम्परा कायम छ । हिन्दु धर्मावलम्बीको गायत्री मन्त्र पनि सूर्य उपासनामा नै केन्द्रित रहेको छ । गायत्री मन्त्रको जप गर्दा सूर्यलाई सम्बोधन गर्दै सद्बुद्धिका लागि प्रार्थना गरिन्छ । जापानी संस्कृतिमा पनि सूर्यको पूजा गर्ने प्रचलन आजको वैज्ञानिक युगमा समेत कायम नै रहेको पाइन्छ । जापानको तेन्सिक्या सम्प्रदायका अनुयायी यस संसारका वास्तविक तथा सच्चा परमेश्वरका रूपमा चन्द्र–सूर्यलाई नै मान्दछन् । उनीहरू हे सामा अर्थात् सूर्यलाई आमोतारी नो–निकोताका रूपमा मान्ने गर्दछन् ।
भारतमा सूर्यको पूजा गर्ने परम्परा प्राचीनकालदेखि नै चल्दै आएको कुरा ऋग्वेदका सूक्तहरू आर्यावर्तका विभिन्न भागमा स्थित उडिसाको कोणार्क मन्दिर, कास्मिरको मार्तवड मन्दिर, गुजरात र मथुराको सूर्य मन्दिरमा राखिएको विविध रूपका सूर्यमूर्तिबाट पनि स्पष्ट हुन्छ । वैदिक ऋषिहरूले सूर्यलाई ज्ञानको देवताका रूपमा स्वीकार गरेका थिए । नेपालमा पनि मानव कल्याणका अजस्र स्रोत प्रकृतिप्रदत्त वस्तुसँगै सूर्यको यज्ञ र व्रत गरी विभिन्न माध्यमबाट सूर्यको पूजा गरिन्छ । सूर्यको पूजा र व्रत गर्नाले स्वास्थ्य रक्षा पनि हुने र सन्तान सुख प्राप्त भई अन्त्यमा मोक्ष प्राप्ति हुने भएकाले सूर्य पूजाको ज्यादै ठूलो महìव रहेको छ ।
सामान्य अर्थमा भन्ने हो भने सूर्य पूजा नै छठ पर्वको पौराणिक धार्मिक महìव हो । यो पर्व नेपालको पूर्वी र पश्चिमी तराईमा विशेषगरी मनाउने गरिन्छ । प्रदेश २ मा बसोबास गर्ने सम्पूर्ण जनजातिले छठ पर्व ठूलो उत्साह र उमङ्गका साथ मनाउने गरेको पाइन्छ । धार्मिक परम्पराका आधारमा कात्तिक शुल्क पक्ष षष्ठी तिथिका दिन सूर्यास्त हुने बेला र सप्तमी तिथिको सूर्योदयको बेलामा उदाउँदो सूर्यलाई पूजा सामग्री हातमा राखी अघ्र्य दिई व्रतालुले छठ पर्व मनाउने गर्दछन् । वर्षमा दुई पटक कात्तिक शुक्ल षष्ठी र चैत शुल्क षष्ठीमा यो पर्व मनाउने गरिन्छ ।
दीपावलीको छ दिनपछि तराईका सम्पूर्ण वर्ण र जातिका मानिसहरू व्रत बसी एउटै जलाशयमा समान भक्तिसाथ सूर्य भगवान््लाई अघ्र्य दिएर पूजा गर्दछन् । छड पर्वमा श्रद्धा, विश्वास, नियम, निष्ठा र पवित्रतालाई ध्यानमा राखी सूर्य भगवान््लाई अघ्र्य दिई पूजा गरिन्छ । छठका पूजा सामग्रीमा केरा, नरिवल, सरिफा, मूला, अदुवा, उखु, निबुवा, पान, सुपारी, जनै, बदामी, ठकुवा, कसार, खाजा मिठाई आदि माटोको भाँडो कोशिया, कुरवार (माटोको गाग्री), हात्ती, टोकरी, नाङ्लो र कोसिया ढकना आदि आवश्यक मानिन्छ । छठमा निम्नानुसारका विधि पालन गरिन्छ :
पहिलो दिन : चौथी तिथिमा पर्ने यस पर्वलाई अरवा र अरवाइन भन्दछन् । यसको अर्थ हो– (नुहाउने) हातखुट्टाको नङ काटी नुहाउनु र खानु साथै नङमा रातो रङ लगाउनु । दोस्रो दिन : पञ्चमी तिथिमा पर्ने यस पर्वलाई खरना भनिन्छ । यसको अर्थ हो, यस दिन व्रत बस्ने दिनभर निर्जला उपवास बस्नुपर्दछ । राति चन्द्रमाको उदयपछि मात्र पायस अर्थात् सखरको खीर अर्पण गरी सोही प्रसाद आफूले एक छाक मात्र खानुपर्ने विधान छ । तेस्रो दिन : षष्ठी तिथिमा पर्ने यस पर्वलाई सान्ध्य अघ्र्र्य दिइने पर्व भन्दछन् । यस दिन छठ व्रत बस्न भाकल गरेका व्यक्ति तथा सबै परिवार पूजाका सामग्री लिई छठ गीत गाउँदै सजिसजाउ भएर नदी, पोखरी, जलाशय वा सागरमा जान्छन् र उक्त ठाउँमा गोबर र रातोमाटोले लिपी पूजाका सामग्री मिलाएर राख्छन् । उक्त ठाउँमा नयाँ वस्त्र धारण गरेर, पवित्र बनी अस्ताउँदो सूर्यलाई दण्डवत् गर्दै पानीमा तीन पटक डुबल्की मार्दछन् । त्यसपछि एक घण्टा अगावैदेखि अघ्र्य दिने प्रतीक्षामा रहेका व्रत बस्नेहरू अस्ताउन लागेको सूर्यलाई सम्पूर्ण सामग्री पालैसित देखाउँदै अघ्र्य दिन्छन् र अघ्र्य दिँदा व्रतालु आफ्नो मनोकामना पूरा होस्, अर्थात् जुन किसिमको भाकल गरेको हो, सो सिद्ध होस् भनी पोखरी वा नदीको किनारमा आउँछन् । चौथो दिन : सप्तमी तिथिमा पर्ने यस पर्वलाई पारन भनिन्छ । यसको अर्थ हो, छठ व्रतको समाप्ति । यस दिन सूर्य उदाउनुभन्दा एक घण्टाअगावै सम्पूर्ण पूजा सामग्रीसहित परिवारका सदस्य जलाशयमा जम्मा भई डुबुल्की मार्दछन् र उदाउँदो सूर्यलाई अघ्र्य दिनका लागि पानी भरेर आफ्नो मनकामना पूरा होस् भनी वर माग्दै उदाउँदो सूर्यको प्रतीक्षामा रहन्छन् । सूर्योदय हुन थालेपछि सबै सामग्री सूर्य भगवान्लाई अर्पण गरी व्रतालुले उक्त ठाउँको परिक्रमा गरी पुनः डिलमा आउँछन् । सो समयमा छठका गीत र कथा सुन्ने वा सूर्य श्रवण गर्ने प्रचलन छ । उदाउँदो र अस्ताउँदो सूर्यलाई समान रूपले पूजा गर्ने छठ पर्वको परम्परा रहिआएको छ ।