असफल नेताको सम्भावित यात्रा
डा. सुरेश आचार्य
विक्रम संवत् २०७८ को तिहार सकिएको छ । मुलुकमा यमपञ्चक सुुरु भएसँगै नेकपा (एमाले)का प्रदेश सरकारलाई कसैले बचाउन सकेन । मुलुकमा दुईतिहाइको बहुमतको सरकारको नेतृत्व गर्नुभएका केपी शर्मा ओली प्रमुख रहेको दलको अब प्रदेशमा पनि सरकार रहेन । प्रधानमन्त्रीबाट बहिर्गमन हुने तयारीसँगै चुना लाग्दै गएका प्रदेश सरकारहरू तिहारको दिन सुरु हँुदै गर्दा देशभरबाट बिदा भए । तिहारमा हात लागेको यो अपसगुनका बीच एमाले कार्यकर्ता सम्भवतः भारी मन लिएर फेरि राजनीतिक मैदान फर्कने तयारीमा होलान् । २०७८ सालको पूर्वाद्र्धमा नै एमालेमा यसरी राजनीतिक कोरोना लाग्यो, प्रधानमन्त्रीबाट अपदस्थ हुनु केही दिन अघिसम्म पनि सम्भवतः ओलीलाई यसको आभाष थिएन । उहाँ बडो रौनक तवरमा आफ्ना विरोधी दल र नेताहरू विरुद्ध वाक युद्धमा प्रस्तुत हुँदै हुनुहुन्थ्यो । दिग्विजय जति सबै ओलीका नाममा लेखिएका छन् र अरू सबै निरीह प्राणी हुन् भन्ने सोचले काम गरेको थियो ।
एमालेका नाममा जितेका स्थानीय सरकारमा अहिले पनि ओलीको वर्चस्व कायम छ । यतिबेला एमालेको बचेखुचेको राजनीतिक सम्पत्ति यति मात्रै हो । सातमध्ये चार वटा प्रदेश सरकार बनाएको एमाले अब रित्तो भएको छ । कुनै समय थियो, प्रदेश २ बाहेकका सबै सरकार ओली नेतृत्वको पार्टीअन्तर्गत थिए र ओलीलाई प्रदेश सरकार भनेका सङ्घीय सरकार मातहतका निकाय हुन् भन्ने आँट आउने गथ्र्याे । यसो भन्नका लागि उहाँलाई आज पनि कसैले रोक्न सक्दैन । उहाँले आफ्ना अभिव्यक्ति दोहो¥याउन सक्नु हुन्छ, तर सङ्घीयता विरुद्धका यी अभिव्यक्ति अब कुनै प्रदेश सरकारले मौन भएर स्वीकार गर्ने छैनन् ।
ओली नेतृत्वको एमालेलाई स्थानीय तहमा एक्लै निर्वाचन लड्दै गर्दा तुलनात्मक फाइदा भएकै थियो । शायद प्रचण्डको आवश्यकताले ओलीसँग सहकार्य भयो । र, प्रदेश र सङ्घीय निर्वाचनमा यसको दोब्बर फाइदा भयो । यो फाइदाको एक तिहाइ प्रचण्डका भागमा प¥यो होला, बाँकी दुईतिहाइ ओलीलाई नै हात लाग्यो । त्यसकारण छ वटा प्रदेशमा विकल्परहित सरकार बने । सङ्घीय सरकार झण्डै दुईतिहाइ बहुमतका साथ निर्विकल्प थियो । मिश्रित निर्वाचन प्रणालीमा ओलीलाई प्राप्त भएको यो दिग्विजय साँच्चै नै ‘न भूतो न भविष्यति’ थियो ।
राजनीतिक सफलताको यो सगरमाथाबाट एमाले एकै पटक पहिलो ‘बेसक्याम्प’मा झरेको छ । विना हुरी बादल एमालेले राज्यसत्ताको शिखर त्याग्नु परेको छ । दोस्रो क्याम्पमा पनि एमालेले अडिने कुनै ठाउँ पाएन, खासमा आफैँले बाँकी राखेन । सपाट हिउँमा बनिबनाउ बाटो भत्काउँछु र अरू कोही चढ्न नसक्ने गरी म मेरा लागि अर्को बाटो बनाउँछु भनेर हिउँको भड्खालो खोज्दै हिँड्दाको परिणाम आज एमालेले भोग्दै छ । हिउँमा नदेखिने भड्खाला हुन्छन् र त्यसमाथि हिँड्नु भनेको मृत्युवरण हो भन्ने हेक्का हरेक शिखर चढ्नेले गर्नै पर्छ । तर सबै लावालस्कर आफ्नै पछाडि मात्र छन् भन्ने भ्रममा रहेर अगाडि बढ्दै गर्दा कतिपयले साथ छाडेको उहाँलाई पत्तै भएन ।
आज एमालेमा कोही बाँकी छन् भने भजनमण्डलीको टोली छ, जसले थाहा पाएर पनि भड्खालो हुनसक्छ भनेर ओलीलाई सचेत गराउने साहस छैन । जसले ओलीलाई शीर्ष स्थानमा राखिरहँदा मात्र आफ्नो राजनीतिक भविष्य देखेका छन् । एक पछि अर्को असफलताबीच पनि ओलीका कदम सही थिए भनेर चार कदम अगाडि बढेर फेरि पनि प्रशंसाको पुल बाँधिरहेकै छन् । त्यसबाहेक हिजो वामदेव गौतमले २०५६ को आमनिर्वाचनमा भोगेको दुर्दशाबाट तर्सिएकाहरू पनि एमालेमै छन् । अध्यक्ष ओलीको कार्यशैलीसँग सहमत भएर होइन, असहमति राख्दा एमालेभित्र ‘स्पेस’ नपाइने त्रासमा बसेकाहरू छन् । असहमति राखेर एमालेमा आफ्नो ‘स्पेश’ बनाउन सकिन्छ भन्ने विश्वासमा ओलीलाई साथ दिनेहरूमा विचलन सुरु भइसकेको छ । थाहा छैन, उहाँहरू कहिलेसम्म कुन रूपमा एमालेमै आफ्नो अस्तित्व खोजी गर्दै गर्नु होला ?
राजनीतिको कुन दर्शनले एमाले अध्यक्ष ओलीलाई सफल मान्ने ? र पनि, एमाले कार्यकर्ताको एउटा पङ्क्ति यतिबेला ‘ओली बा’ जिन्दावादको नारा लगाएर पुच्छर लुकाएर पछि लागेको छ । नेपाली काँग्रेसमा भएको भए उहाँलाई सफल नेता मान्न कोही तयार हुने थिएन । सामान्य बहुमतको सरकारको दम्भ देखाउने गिरिजाप्रसाद कोइरालालाई प्रतिपक्षमा पु¥याउने एमालेको तागत होइन, काँग्रेसकै अन्तर्घात थियो । यो धेरै पुरानो इतिहास होइन, मात्र २०५० सालको घटना हो । भलै यसको फाइदा एमालेले प्राप्त ग¥यो र त्यही जगमा आज यो मुलुकमा पटक पटक कम्युनिस्ट नेतृत्वका सरकार बने । माक्र्सवादी चिन्तनले पनि शिखरमा पुगेपछि ओर्लनु पर्छ पक्कै भनेको होला तर पछिल्लो पटक सत्तारोहण गरेका ओलीमा म ज्यान गए ओर्लन, कथंकदाचित ओर्लनु प¥यो नै भने पनि ओर्लन्नँ बरु हामफाल्छु भन्ने प्रवृत्तिले एमालेलाई यो अवस्थामा ल्याएको छ । उन्नाइसाँैं शताब्दीको अन्त्यतिर धरहराबाट हाम्फालेर जङ्गबहादुर राणाले एक शताब्दी पारिवारिक शासन चलाएकै हुन् । त्यो खालको हाम्फाल्ने प्रवृत्तिले एक्काइसाँैं शताब्दीमा पनि राजनीतिक सफलता मिल्छ भनेर शिक्षा लिनेहरूप्रति दया गर्नुबाहेक आम नेपालीले के गर्न सक्ला ?
एमाले कम्युनिस्ट नामको पार्टी भए पनि संवैधानिक सर्वोच्चता र संसदीय शासन पद्धतिमा २०४८ सालदेखि नै विश्वास गर्दै आएको पार्टी हो । यसका सर्वशक्तिमान महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद यसको राजनीतिक आदर्श हो, जसले संविधान र संसद्लाई अस्वीकार गरेको छैन, तत्कालीन अवस्थामा उपभोग गरेर जाने नीति बनाएको हो । आज एमालेसँग त्योभन्दा राम्रो विकल्प छैन, न त विकल्प दिने क्षमताको नेता नै छ । त्यही आदर्शबाट दीक्षित हुनु भएका ओलीले २०७७ मङ्सिर यता पटक पटक संविधानलाई कुल्चने र संसद्को हत्या गर्ने प्रयास गर्नु भयो । यो सबैका आँखा सामु छर्लङ्ग छ मात्र होइन, सर्वोच्च अदालतले पटक पटक त्यसको पुष्टिसमेत गरिदिएको छ । र पनि, उहाँले गल्ती गर्नु भएकै थिएन भनेर कसरी मान्न सकेको ? गर्नेले त कहिले पनि गल्ती देख्दैन, कतिपयले देखेर पनि स्वीकार गर्दैन । आँखा अगाडि देखिएको कालोलाई सेतो भन्न सक्नु महानता हो भनेर कोही पछि लाग्छ भने उसका प्रति दया मात्रै गर्न सकिन्छ ।
ओलीले शिखरबाट हामफाल्दै गर्दा स्थानीय तहले खुट्टा टेकाइ दिएका छन् । उहाँका हात खुट्टा त भाँचिएकै छन्, अन्यथा उहाँले टेक्ने जमिन पनि बाँकी हुने थिएन । उहाँका वैशाखी बनेका स्थानीय तहको निर्वाचन हँुदै गर्दाका माधव नेपाल र झलनाथ खनाल आज उहाँसँग हुनु हुन्न । सम्भवतः वामदेव गौतम पनि उहाँसँग सहमत भएर रहने अवस्था छैन । निर्वाचन जिताउन गाह्रो हुन्छ, हराउन धेरै मिहिनेत गर्नु पर्दैन । काँग्रेसले हार्दै गरेका हरेक पटकका निर्वाचनबाट काँग्रेस आफैँले शिक्षा लिन सकेको छैन भने ओलीले यो शिक्षा लिन नसक्नु कुनै नौलो र आश्चर्यको विषय होइन । शायद त्यसैले पनि प्रतिपक्षी नेता ओलीका अहिलेका अभिव्यक्ति सुन्दा वा प्रस्तुति हेर्दै गर्दा लाग्छ– अझै पनि उहाँमा अहंकार र दम्भ रोकिएका छैनन् ।
माधव वा झलनाथ र सम्भवतः वामदेवसमेत एमालेमा नहुनुको फाइदा भने ओलीलाई छ । अब कसैले उहाँका थोरै पनि कमजोरी औँल्याउने दुस्साहस गर्ने छैनन् । एकल नेता हुनुको फाइदा आजको राजनीतिमा कसैलाई छ भने मोहनबिक्रम सिंहपछि चार कदम अगाडि बढेर केपी शर्मा ओलीलाई नै प्राप्त भएको छ । अध्यक्ष भइरहेका नाताले विरासतमा प्राप्त भएको एमालेको जगमा पार्टीलाई पुनर्संरचना गर्ने अवसर पनि ओलीलाई छ । तर ओलीका स्वभाव र चरित्रका हिसाबले बाँकी बचेका एमाले नेता कार्यकर्तालाई एकत्रित गरेर राख्ने चुनौती पनि छ । लोकतान्त्रिक आन्दोलनका कुनै पनि सहयात्री आफूसँग नहुनुको हीनताबोध ओलीमा नहुनुको अर्को फाइदा दरबारीया तìवसँग मिल्ने छुट पनि उहाँलाई छ । परिस्थितिले उहाँलाई फेरि वयलगाढाको यात्रामा पु¥याइदिएछ भने कुनै आश्चर्य मान्नु पर्ने छैन । सम्भवतः उहाँले पनि यसलाई समयको खेलका रूपमा सहजै स्वीकार गर्नु हुनेछ ।