विचार/दृष्टिकोण |

समाजवादको फरक बाटो

ढुण्डिराज शास्त्री
आवश्यकता, चेतना र प्राण–वायु अथवा आत्माद्वारा सञ्चालित प्रकृत्य निर्मित मानवरूपी भौतिक यन्त्र मानव हो । यो यन्त्रको आवश्यकता उपभोग्य र उपयोगी वस्तुरूपी इन्धनबाट हुन्छ र यसको ब्रेक र लाइट चेतना हो । आँखाले हेरेर, कानले शब्दद्वारा सुनेर, नाकले गन्धद्वारा, जिब्रोले तीतो, पीरो, अमिलो र गुलियो रसद्वारा, छालाले तातो–चिसो स्पर्सद्वारा पत्ता लगाउँछ । अनि यो यन्त्र सञ्चालन गर्ने ड्राइभर हो– प्राणवायु, जसलाई आध्यात्मिक दर्शन गीता आदिमा भनिएको छ । आत्मा यसको स्थितिका बारेमा यसरी वर्णन गरिएको छ :

न जायते मृयते वा कदाचित् ।
नायम् भूत्वा भविता वा न भूयः ।।
अजो नित्यः शाश्वतोऽयम् पुराणो ।
न हन्यते हन्यमाने शरीरे ।।
तथा
वासांसि जीर्णानि यथा विहाय ।
नवानि गृह्णाति नरोऽपराणि ।।
तथा शरीराणि विहाय जीर्ण
न न्याति संयाति नवानि देही ।।

मानव सृष्टिमा सर्वोत्कृष्ट सृष्टिका रूपमा स्थापित भएको छ । यसमा अलग राय छैन । यसको वास्तविकता आध्यात्मिक दर्शनमा बताएजस्तो हो या नास्तिक दर्शनमा बताएजस्तो हो । सत्यतथ्य वैज्ञानिक र प्रत्यक्ष प्रमाण कतै र कुनै पनि छैन । आआफ्नो विश्वासमा आधारित छ ।

अर्को कुरा, प्रकृतिद्वारा सम्पूर्ण रूपमा व्यवस्थित यो मानवरूपी प्राणी समाजबिना उत्पत्ति, जन्म, जीवन र जीवनको विकास नहुने, मृत्युपछि मात्र समाजबाट मुक्त हुने भएकाले मानवलाई सामाजिक प्राणी भनिएको छ र यसको
समूहलाई समाज ।

समाज
‘सम्बन्धरूपी सूत्र–जाल समाज’ भन्ने समाजशास्त्रीको मत छ । आधार नभई आधेय सम्भव छैन । सूत्र (धागो) नभई जाली बन्दैन । सूत्र (धागो) के हो ? आवश्यकता र चेतनाका तन्तु (धागा) समाज निर्माणका आधार हुन् । आधार आवश्यकता र चेतनाका तन्तु हुन् भने आधेय समाज हो । आवश्यकता र चेतना जन्म, जीवन, जीवन विकास र सामाजिक सम्बन्धका आधार हुन् । यिनको अभावमा प्राणवायु पनि रहँदैन, मानव शरीर जड हुन्छ र सामाजिक सूत्रजालबाट पनि ऊ छुट्दछ । सम्पूर्ण मानव अर्थात् समाजको गति र स्थिति यही हो– समान छ । अर्को हुनै सक्दैन ।

मानव विज्ञान पूर्ण रूपमा एकताको छ । विज्ञान भिन्न हुन सक्दैन, समान हुन्छ र मानव विज्ञान पनि समान छ । एउटा कम्पनीबाट एउटै मोडलमा निस्केको गाडी भिन्न नभएभैmँ मानव पनि भिन्न छैन, समान छ । समता मानव समाजको विज्ञान हो । पृथ्वीको कुनै कुनामा किन नजन्मोस् किन नबढोस्, आकार प्रकार अङ्ग–प्रत्यङ्ग काम–कर्म आदि सबै समान छ । जन्म–मृत्यु सबैमा छ । समता सामाजिक विज्ञान हो । समाज समताको वैज्ञानिक सिद्ध सूत्रमा नै आधारित छ भने समाजमा यति ठूलो भिन्नता किन ? यो भिन्नता समाज विज्ञानद्वारा विभाजित भिन्नता होइन । यो सब भिन्नता मानव विज्ञान होइन, मनोवाद विचारमा आधारित भिन्नता हो । मानवकृत कृत्रिम अवैज्ञानिक आधारमा आधारित विकसित भिन्नता हुन्छ । धनी, गरिब, जात, विजात, धर्मी, विधर्मी, हिन्दु, इस्लाम, क्रिश्चियन वाद र वादी, गान्धी, माक्र्स, पुँजी आदि वाद र वादी, ब्राह्मण, क्षत्रीय, वैश्य र शुद्र जात र जाति इत्यादि कुनै प्राकृतिक र वैज्ञानिक होइनन् । विज्ञानमा आधारित छैनन् । व्यक्तिको मनोवाद, विचार र दर्शनका उपज हुन् । सही मनोवाद, विचार र दर्शनलाई मनोविज्ञान मानिएको छ । यो विज्ञान होइन, विज्ञान भए सबैमा एकता हुनु नै भिन्नता छ ।

समताको विज्ञान समाज विज्ञान
समाजमा विद्यमान जातीय, वर्गीय, धार्मिक आदि सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा रहेका विषमताको अन्त्यले एकताका साथै समानले स्वतन्त्रता पनि समाजमा आउँछ । समता, एकता र स्वतन्त्रताको सङ्गठित समाजमा शक्ति र सम्पत्तिको विकास हुन्छ । अनि अभाव र दबाबमुक्त समाजको सिर्जना हुन्छ । अभाव र दबाबमुक्त, एकता, समता र स्वतन्त्रता भएको समाज नै समाजवादी समाज हो । अभाव र दबाबमुक्त, एकता, समता र स्वतन्त्रताको विचार नै समाजवादी विचार हो ।
२००७ सालको सशस्त्र क्रान्तिद्वारा सामन्ती, जनविरोधी राणा शासनको अन्त्य र आधुनिक युगमा नेपालको प्रवेशपछि दूरदर्शी चिन्तक बीपी कोइरालाले सुवर्णशमशेर र गणेशमान र अन्य साथीसँग छलफल, विचारविमर्श गरी नेपाललाई समाजवादी सिद्धान्त र उद्देश्यको बाटोबाट अगाडि बढाउने निर्णय गर्नुभएको थियो । २०१२ सालको नेपाली काँग्रेसको वीरगञ्ज अधिवेशनमा सुवर्णजीद्वारा यो प्रस्ताव राखिएको थियो र छलफलपछि सर्वसम्मतिले पारित भएको थियो ।

२०१५ सालको आमनिर्वाचनमा दुईतिहाइ बहुमत काँग्रेसको आयो । बीपी कोइरालाको नेतृत्वमा सरकार निर्माण भयो । यो सरकारले जातीय, वर्गीय, धार्मिक आदि र आर्थिक, राजनीतिक तथा सामाजिक क्षेत्रमा विकसित भेदभाव र भिन्नता अन्त्य गरी समता, एकता र स्वतन्त्रताको शक्ति र सम्पत्तिको विकास र सन्तुलित समताको वितरणले अभाव र दबाबमुक्त समाजवादी समाज उन्मुख अगाडि देश र समाजलाई बढाउने क्रान्तिकारी नीति, कार्यक्रम अगाडि सारेको थियो । केही कार्यान्वयन पनि भइसकेका थिए । प्रधानमन्त्री बीपीले १५ वर्षभित्र नेपाल र नेपालीलाई मध्यमखाले अर्थतन्त्रबाट अघि बढाउँछु भनेर घोषणा गर्नुभएको थियो । सन् २०६० को दशकमा लगभग नेपालसँगै स्वतन्त्र भएका सिङ्गापुर, मलेसिया र दक्षिण कोरिया आदि देश स्रोतसाधनका दृष्टिले नेपालभन्दा पछाडि भए पनि शक्ति र सम्पत्तिको विकासले यही ७० वर्षको अवधिमा कहाँ पुगेका छन् । नेपाल कहाँ छ ? कुन सङ्कटमा छ ?

नेपाल र नेपालीको दुर्भाग्य बीपीको सरकारले काम गर्न पाएन । १८ महिना पुग्दानपुग्दै सामन्ती राजा महेन्द्र्रले सैन्यशक्ति प्रयोग गरी जननिर्वाचित सरकार र प्रतिनिधि सभा भङ्ग गरी पार्टीमाथि प्रतिबन्ध लगाए । सबलाई जेल हाले ।
प्र्रजातन्त्रको स्थापना, प्रजातान्त्रिक समाजवादी बाटोबाट देशलाई अगाडि बढाउने अठोट २०१५ सालको आमनिर्वाचनबाट दुईतिहाइ बहुमतको बीपीको नेतृत्वमा गठित काँग्रेसको सरकारले अगाडि सारेका क्रान्तिकारी समाजवाद उन्मुख देशलाई विकासमा अघि बढाउने नीति कार्यक्रम यी सबको क्रमबद्ध विकास रोकिएको थियो । जनताका अधिकार खोसिएका थिए । देश पुनः पछि फर्केको थियो ।


सुवर्णशमशेरजी कोलकाता गएको समय परेकाले उहाँ जेल पर्नुभएको थिएन । जेल पर्नबाट बचेका नेता कार्यकर्ता भारतको पटनामा जम्मा भई सम्मेलन गरे । सम्मेलनले प्रजातन्त्र पुनस्र्थापनाको माग राखेर सुवर्णजीको नेतृत्वमा सशस्त्र सङ्घर्ष गर्ने निर्णय ग¥यो ।
२०१८ को अन्त्यतिर नेपाली काँग्रेसले सशस्त्र सङ्घर्ष सुरु गरेको थियो । देशका विभिन्न भागमा स्वतन्त्रताका सङ्ग्रामी पु्गेका थिए । आन्दालेनको सुरुवात मात्र भएको थियो, भारत र चीनबीच युद्ध सुरु भयो । चीनका परराष्ट्रमन्त्रीको वक्तव्य आयो, “नेपालमाथिको आक्रमण चीनमाथि भएको सम्झिनेछ ।” काँग्रेसले गम्भीरताका साथ सोचेर यही बहानामा नेपाललाई पनि चीनले तिब्बत बनाउन सक्छ भन्ने ठानी क्रान्ति स्थगित ग-यो ।

बीपीले काँग्रेसको माध्यमद्वारा नेपाललाई समाजवादी बाटोबाट अगाडि बढाई सामाजिक न्यायमा आधारित सम्पन्न र शक्तिशाली नेपाल निर्माण गर्न सुरु गर्नुभएको थियो । राजा महेन्द्रको एकाधिकारवादी तानासाही पञ्चायती शासनले यो वैज्ञानिक समाज विज्ञानमा आधारित विकासको बाटोबाट अघि बढ्ने क्रमभङ्ग गरेको थियो । २०४६ मा गणेशमान सिंहको नेतृत्वमा भएको संयुक्त जनआन्दोलन प्रजातन्त्रको पुनस्र्थापना गर्न सफल भयो । कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित राजा, वाम र काँग्रेस सम्मिलित सरकारले एक वर्षभित्र संविधान निर्माण ग-यो र २०४८ मा आमनिर्वाचन गराएको थियो । यो निर्वाचनमा काँग्रेसको बहुमत आएकोले गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बनेको थियो । यो सरकारले तीस वर्षपहिले नेपाली काँग्रेसले नै अघि सारेको वैज्ञानिक समाजवादको बाटो विकसित समय–परिस्थितिअनुसार नीति कार्यक्रम निर्माण गरी कार्यान्वयनमा अघि बढ्नुपर्ने थियो ।

यसो नगरेर उदारवाद, नवउदारवाद भन्दै पुँजीवाद प्रधानमन्त्री र केही मन्त्रिमण्डलका सदस्यले स्वीकार्नु पार्टीमा छलफल र निर्णयका लागि प्रस्ताव पनि नराख्नु ठूलो गल्ती थियो । यसले देश, जनता र स्वयं काँग्रेसलाई पनि कुनै फाइदा भएन, हानि मात्र भयो । न देशमा पुँजीवादी व्यवस्था आउन सक्यो, न समाजवादी । दलाल पुँजीपति र दलाल पुँजीवादले मुलुक र जनता सङ्कटमा छन् । देशको विकास हुन सकेन । विदेशीले बनाइदिएका अर्बौं मूल्यका उद्योग सिन्कीको मूल्यमा बिक्री गरी हजारौँ मजदुरी गरेर जीविकोपार्जन गरेका नागरिक रोजीरोटीविहीन भए । फाइदा कमिसन खानेलाई मात्र भयो होला, अरू कसैलाई भएन । वैज्ञानिक मानवीय सिद्धान्तमा आधारित व्यवस्थाको माध्यमबाट देश र जनतालाई शक्ति र सम्पत्ति सम्पन्न बनाउन सङ्घर्षशील काँग्रेसलाई गलत बाटोमा हिँडाइएको थियो ।

२०४७ को जनसङ्घर्ष र परिवर्तनपछि आज २०७८ साल (३० वर्षभित्र) सम्म २३–२४ वटा सरकार र त्यति नै प्रधानमन्त्री भए । काँग्रेस, एमाले, माओवादी, राप्रपा र राजाले सत्ता हातमा लिई अध्यक्ष बनाए । अठार हजार मानिस मार्ने, अर्बौं अर्ब धनको क्षति गर्ने माओवादीलाई शान्ति प्र्रक्रियामा ल्याउने र संविधान निर्माणजस्ता महìवपूर्ण काम पनि काँग्रेस सरकारले नै ग¥यो । २०४७ पूर्वको काँग्रेसको इतिहास देश र जनताका पक्षमा गरिएको त्याग–तपस्या, बलिदान र समर्पण अनि सफलताको नै छ ।