पर्यटनमा जागेको आशा
निनाम कुलुङ ‘मंगले’
नेपालमा विदेशी पर्यटकलाई बेच्न सकिने धेरै खालका उत्पादन वा बजारका सम्भावना रहेका छन् । जस्तै जातीय विविधता, भाषिक विविधता, सांस्कृतिक विविधता, धार्मिक विविधता, भौगोलिक विविधता, हावापानीको विविधता, भेषभुषाका विविधता आदि । त्यस्तै चराचुरुङ्गी र वन्यजन्तुको अध्ययन र अवलोकन, किराँत, बौद्ध, मुस्लिम, हिन्दु आदिका धार्मिक तीर्थस्थलको भ्रमण ऐतिहासिक किल्ला र गढीहरूको दृश्यावलोकन, पदयात्रा र जलयात्रा, दृश्यावलोकन, रुख–बिरुवा र औषधिजन्य वनस्पतिको अध्ययन र अवलोकन, छहरा–छाँगा र प्राकृतिक छटाको धार्मिक उत्सव र महोत्सवको अवलोकन, योग, योगा र ध्यान गराउने, प्राकृतिक औषधो–उपचारलगायत विविध विषयलाई पर्यटकलाई आकर्षित गर्न सकिन्छ, बेच्न सकिन्छ । तर यसतर्फ हामीले धेरै ध्यान नै दिन सकेका छैनौँ ।
अर्कोतर्फ, हिमाल र हिमाल आरोहणका लागि हाम्रो देश नेपाल विश्वकै, उत्कृष्ट देशमा दरिन्छ । त्यसमाथि पनि हाम्रा शेर्पाहरूले हिमाल आरोहणमा कमाएको नाम र उनीहरूले नेपालका हिमाल आरोहण गर्न आउने विदेशी पर्वतारोहीलाई गर्ने गरेको सहयोगको हरेक पर्वतारोहीहरूले उच्च मूल्याङ्कन र सम्मान गर्ने गरेका छन् । हाम्रो देशमा हिम रेखाभन्दा माथिका हिमाल (पाँच हजार पाँच सय मिटरभन्दा माथिका) एक हजार सात सय बढी रहेका छन् । तापनि हालसम्म नेपाल सरकारले पर्वतारोहीका लागि १४ वटा हिमाल मात्रै आरोहण गर्नका लागि खुला गरेको छ ।
नेपालको पर्यटक र पर्यटनको कुरो गर्दा सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको हुपेई प्रान्तको राजधानी वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरस (कोभिड–१९)को महामारी सुरु भएसँगै पर्यटनले अधोगति लियो । यस्तो अवस्था केवल नेपालमा मात्रै नआएर विश्वका प्रायः सबै देशमा आएको हो । सबै देशमा पर्यटन क्षेत्र बन्दै भयो । कोभिडले धरासायी बनाएका धेरै क्षेत्रमा पर्यटन पनि मुख्य नै मानिएको छ । हुन पनि कोभिड–१९ को महामारी सुरु भएसँगै विश्व भ्रमण गर्न निक्लेका पर्यटकको सङ्ख्या विश्वभर ८१ प्रतिशतको सङ्ख्यामा कमी आएको थियो भने नेपाल नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको सङ्ख्या ८२ प्रतिशतले घटेको थियो । माथिका तथ्याङ्क सन् २०२० मा भ्रमण गर्न निक्लेका पर्यटकको सङ्ख्या हो ।
खासमा नेपाल सरकारको तयारी भने त्यो बेला (सन् २०२० मा) २० लाख विदेशी पर्यटक नेपाल भिœयाउने रहेको थियो । सो लक्ष्यअनुसार ‘नेपाल भ्रमण वर्ष–२०२०’ को रूपमा मनाइने तयारी पनि हुँदै थियो । तर अचानक सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको दक्षिण–पूर्वी प्रान्त हुपेइको राजधानी सहर वुहानबाट पैmलिन सुरु भएको महामारी ‘नोभेल कोरोना भाइरस’ पैmलिएको कारण सन् २०२० मा मनाइने भनिएको र लगभग सबै तयारी पूरा भएको ‘नेपाल भ्रमण वर्ष–२०२०’ स्थगित गरियो । फलस्वरूप सन् २०२० मा दुई लाख ३० हजार ८५ जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका थिए । यसरी सन् २०२० मा दुई लाख ३० हजार ८५ जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेका भए तापनि सो वर्ष नेपाली पर्यटन व्यवसायीका लागि खुसीको कुरो के भने सन् २०२० मा नेपालमा दुई लाख ३० हजार ८५ जना विदेशी पर्यटकले मात्रै भ्रमण गरेको भए तापनि सो वर्ष नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले गर्ने प्रति व्यक्ति दैनिक खर्च र उनीहरूको प्रति व्यक्ति प्रति दिन बसाइ अवधि भने बढेको थियो । नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको पर्यटन विभागले प्रकाशित गरेको तथ्याङ्कमा उल्लेख भएअनुसार सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रति दिन बसाइ अवधि १५ दशमलव एक दिन र प्रति व्यक्ति, प्रति दिन खर्च गराई ६५ अमेरिकी डलर रहेको थियो । कम्तीमा हामीले २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रति दिन बसाइ अवधि १५ दशमलव एक दिन जो छ । त्यसलाई कायम राख्नुका साथै नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको प्रति व्यक्ति, प्रति दिन खर्च गराई ६५ अमेरिकी डलर जुन छ सो दर÷रेटलाई तत्कालै बढाउन नसके ता पनि सो दर÷रेटलाई पनि कायमै राख्ने प्रयास चाहिँ गर्नैपर्ने देखिन्छ ।
किनभने, सन् २०२१ को ११ महिनामा एक लाख २६ हजार २८३ जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेको पाइएको छ । त्यसैले अबको एक महिनामा कति नै विदेशी पर्यटकले नेपाल भ्रमण गर्लान् र ? फेरि यही समयमा अफ्रिका महादेशमा सुरु भएको कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ दक्षिण अफ्रिका हुँदै अरू बढी र छिटो गतिमा पैmलिरहेको हुनाले एक खालको चासो र चिन्ता बढाएको छ । यो भाइरस (नयाँ भेरियन्ट) को स्पाईक क्षमता पहिलेको भेरियन्ट (डेल्टालगायत) को भन्दा पनि बढी रहेको र हालको खोपले काम गर्ने÷नगर्ने के कसो हो भन्ने चर्चा भइरहेको छ । यसले गर्दा सन् २०२२ मा यो क्षेत्र कसरी अघि बढ्ने हो भन्ने चिन्ताले धेरैलाई पिरोलेको छ । यद्यपि आन्तरिक पर्यटनमा आएको वृद्धिले भने सङ्कटका बीच पनि यस क्षेत्रमा आशाको सञ्चार भने गरेको छ ।