ओमिक्रोनको अनावश्यक त्रास
डा. केदार कार्की
विगत तीन वर्षदेखि संसारभर कोभिड–१९ महामारीको चर्चा छ । मानवीय सभ्यताले हालसम्म विकसित गरेको उत्तरआधुनिक चिकित्सा सेवापछि पनि मानव सभ्यता कहिले यस महामारीबाट सुरक्षित हुने हो तर अझै पनि ढुक्क हुने अवस्था भने छैन । सम्पन्न र विकसित राष्ट्रहरूले यस रोगका विरुद्ध हालसम्म विकसित खोपहरू थुपारेर राखेका कारण तेस्रो विश्वका अधिकांश जनसमुदाय खोपको पहुँचबाट अझै वञ्चित रहेको अवस्था छ । कोभिड–१९ ले आफ्नो तीनवर्षे यात्रा अवधिमा भिन्नभिन्न खाले भेरियन्टसहित विद्यमान रहेको अवस्था अनि यस भारतीय उपमहाद्वीपमा डेल्टा भेरियन्टले मच्चाएको दोस्रो लहरको प्रलयकारी ताण्डवबाट मुक्त हुन नपाउँदै कोरोना भाइरसको ओमिक्रोन विश्व स्वास्थ्य सङ्गठनले विगत केही पहिला दक्षिण अफ्रिकाको बोत्स्वानामा देखिएको घोषणा गरेको छ । जुन हाल विश्वका ४० भन्दा बढी मुलुकमा फैलिएको अवस्था छ । यो कति घातक हुन सक्ला ? अहिले नै केही भन्न सकिने अवस्था भने छैन, विस्तृत अनुसन्धानबाट थाहा हुन सक्ला ।
सुरुका सङ्केतअनुसार ओमिक्रोनबाट सङ्क्रमितमा देखिएका लक्षणहरू डेल्टाको सङ्क्रमणका बेला देखिएको जस्तै तर न्यून घातक हो कि जस्तो छ तर पनि वैश्विकस्तरमा जनस्वास्थ्य विज्ञहरूलाई चिन्तित गराएको एउटा कुराले मात्र हो, त्यो के भने यस भेरियन्टको सतहमा भएको स्पाइक (काँडा)हरूमा धेरै खाले उत्परिवर्तन छन् । विशेषगरी मानव कोषहरूसँग अन्तत्र्रिmया गर्ने प्रोटिनको अंशमा तिनले कस्तो व्यवहार देखाउलान् अनि कति दु्रत गतिमा परिचरण गरी फैलिएलान् तथा पहिलोको सङ्क्रमण एवं खोप लगाएर विकास भएको प्रतिरक्षा शक्तिलाई पनि भेद गर्ला कि भन्नेसम्म हो ।
दक्षिणी अफ्रिकामा प्रयोगशाला परीक्षणमा धेरै जनसमुदायमा यो उपभेद देखिनु तथा धेरै जनसमुदाय सार्वजनिक स्वास्थ्य सेवा प्रदायक संस्थामा भर्ना हुनुलाई विश्व स्वास्थ्य सङ्गठनले यस भेरियन्टलाई चासोमा राख्नुपर्ने अवस्था छ ।
भेरियन्टलाई किन ओमिक्रोन भनियो
जब विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको नयाँ उत्परिवर्तित उपभेदलाई नामकरण सुरु गरे, उनीहरूले ग्रिक वर्णमालाका अनुसार अल्फा, बेटा, गामा, डेल्टा गरी सजिलोका लागि नाम राखेर पहिलो भेरियन्ट अल्फा ई.सं. २०२० को मध्यमा ब्रिटेनमा पहिचान गरियो, त्यसको लगत्तै बेटा दक्षिण अफ्रिकामा पहिचान भयो । त्यसैगरी डेल्टा पनि सुरुमा यस उपभेदलाई ‘एनभी न्यु’ वा ‘एक्सआई जी’ पनि राख्ने भन्ने थियो । पहिलोले नयाँ कोरोना हो कि भन्ने द्विविधा पर्ने अनि दोस्रोले चीनको राष्ट्रपतिको नामसँग जुध्ने विवाद सिर्जना गर्ला कि जसरी कोभिड–१९ भाइरसलाई डोनाल्ड ट्रम्पले चाइना भाइरस भनेजसरी भन्ने त्रासले पनि नयाँ भेरियन्टको नामकरण भएको देखिन्छ ।
यस भेरियन्टबाट सङ्क्रमित बिरामीमा पनि लक्षण डेल्टा भेरियन्टबाट सङ्क्रमित बिरामीमा देखिएकै सरह पाइएको छ तर कम घातक छन् । यसका सङ्क्रमितमा स्वाद एवं गन्ध हराउने लक्षण त कमै भेटिएको तर मांसपेसीहरूमा हुने दुखाइ बढी रहेको दक्षिण अफ्रिकाको चिकित्सकको अनुभव तथा अनुभूति रहेको छ । यसबाहेक ज्वरो आउने, खोकी लाग्ने एवं सकल स्वास्थ्य अवस्था शिथिल हुने गरेको छ । दक्षिण अफ्रिकाका हाल सङ्क्रमित प्रायःजसो कलेज जाने उमेरका भएकाले तिनको प्रतिरक्षा प्रणालीले राम्रो काम गरेको हुनाले पनि यस्तो भएको हो कि भन्ने विश्वास स्वास्थ्य सङ्गठनको अहिलेसम्मको आकलन छ ।
कोरोना भाइरस मानवीय शरीरको कोषिकाहरूमा अन्तत्र्रिmया गरी वृद्धि हुने गर्दछ, जसले गर्दा निरन्तर उत्परिवर्तित भई भेरियन्टहरू तयार हुन्छन् । प्रायःजसो यस प्रक्रियाले भाइरसलाई त्यति घातक हुन प्रोत्साहित हुने मौका दिँदैन तर कहिलेकाहीँ यस्तो उत्परिवर्तित भाइरसलाई बढी उत्साहित गराउन सक्ने हुँदा छिटो परिचरण गर्ने, फैलिने तथा शरीरको प्रतिरक्षा प्रणाली क्षमतालाई छल्ने भेद गर्न सफल हुने गर्दछ । दक्षिण अफ्रिकाका अनुसन्धानकर्ताले यस भेरियन्टको सतहमा भएको स्पाइक प्रोटिनमा ४० भन्दा बढी उत्परिवर्तन विद्यमान रहेको उल्लेख गरेका छन् । त्यति धेरै उत्परिवर्तित अवस्था हुनुलाई ओमिक्रोनले कतै पहिलेका सङ्क्रमणपछि प्राप्त प्रतिरक्षा शक्ति एवं खोपबाट प्राप्त प्रतिरक्षा शक्तिलाई भेद्ने हो कि भन्ने चिन्ता बढेर गएको छ । पहिले लगाएको खोपले केही हदसम्म ओमिक्रोनको सङ्क्रमणबाट सुरक्षित गर्ला एवं सङ्क्रमितहरू त्यति जटिल अवस्थाका बिरामी नपर्लान् भन्ने जनस्वाथ्यकर्मीको अनुमान छ । अझै पनि यस भारतीय उपमहाद्वीपमा डेल्टा भेरियन्टले त्रसित बनाइरहको बेला अर्को नयाँ भेरियन्टले कतै कोभिड–१९ को तेस्रो लहर पो आउने हो कि भन्ने चिन्ता त जनस्वास्थ्यकर्मीमा छ तर कोभिड–१९ को दोस्रो प्रलयकारी ताण्डव बेहोरेको यस भूगोलका जनस्वास्थ्यकर्मी, जनसमुदाय तथा सङ्घीय सरकारहरू केही सजग त भएकै होलान् भन्ने मान्न सकिन्छ अतीतबाट पाठ सिकेर । हालसम्मको
कोभिड–१९ महामारीको लहरहरूका प्रहारले मानवीय सभ्यताले हालसम्म आर्जन गरेको रोग निदान, उपचार एवं रोकथामका लागि उपलब्ध विधि प्रविधि, प्रायोदयोगिक सीप, साधन एवं दक्षता, क्षमता त परीक्षण गरी तिनको अन्तिमसम्म त निर्धारण गरिसकेकै छ । उपचरका लागि त बिरामीमा प्रतिरक्षा शक्ति प्रवद्र्धन एवं पोषिला आहारविहार एवं सहयोगी औषधि त काम लाग्ला नै तर विगतझैँ कडा खाले एन्टिबायोटिक एवं स्टेरवाइडको प्रयोगमा संयमितता होला कि भन्ने आशा गर्न सकिन्छ ।
सङ्क्रमण देखिएर दोस्रो लहरकै जस्तो हाहाकारको अवस्था नहोस् भन्नका लागि जनस्वास्थ्य सुरक्षा मापदण्डको पालना जनसमुदायबाट हुनसक्ने व्यवस्था अपरिहार्य छ भन्न सकिन्छ । विगतको तीतो अनुभवबाट हामी अलिक सचेत भएका छौँ कि खोला त¥यो लौरो बिर्सियोको अवस्थामा छौँ । यसको परीक्षण मूल्याङ्कन त ओमिक्रोनका सङ्क्रमण देखिइहालेपछिको व्यवस्थापकीय क्षमता परीक्षण होला ।
धनी एवं शक्तिशाली राष्ट्रहरूले खोप अनावश्यक रूपमा थुपारेर राख्नु अनि विपन्न मुलुकहरूले खोप उपलब्ध गर्न गर्नुपरेको सङ्घर्षका कारण ठूलो सङ्ख्यामा जनसमुदाय अझै पनि खोपविहीन हुँदा सार्स–२, कोभ–२ भाइरसजस्ता समुदायमा उत्परिवर्तनशील एवं घातक रूपमा प्रस्तुत हुनसक्ने खतरा बढेर गएको छ । जसको परिणमस्वरूप कोभिड–१९ आजको सन्दर्भमा जनस्वास्थ्यकर्मीहरूको मात्र चासोको विषय रहेन । रोग फैलिँदा वा फैलने शङ्काका कारण गरिने निषेध एवं प्रतिबन्धले खासगरी यात्रा पर्यटन एवं व्यापार व्यवसाय क्षेत्रमा विकासशील मुलुकलाई मात्र हैन, विकसित र सम्पन्न मुलुक पनि यसको दुष्परिणामबाट के पो बच्लान् र ! यदि विपन्न एवं गरिब मुलुकका जनसमुदाय खोपविहीन अवस्थामा भएको बेला । त्यसैले अहिलेको अवस्था भनेको कोभिड–१९ को प्रहारबाट आफू पनि बाँचौँ अरूलाई पनि बचाऔँ । यसो भन्दै गर्दा विगतमा भएका कमीकमजोरीका कारण उत्पन्न समस्याले धेरै व्यक्तिले ज्यान गुमाउनुप-यो । धेरै व्यक्ति सङ्क्रमणबाट पीडित बने । बेलैमा सतर्कता अपनाउन नसक्दा पछि पछुताउनुपर्ने अवस्था नआओस् । स्वास्थ्य मापदण्ड पालनामा हामी नचुकौँ । ओमिक्रोन दुई जनामा देखिए पनि निको भइसकेको र अरूमा सरेको जानकारी प्राप्त भएको छैन । त्यसैले सतर्कता अपनाऔँ । आफू बाँचौँ अरूलाई पनि बच्न दिऊँ । रोगबाट त्रसित नभई त्यसलाई पराजित गर्ने साहस बढाऔँ । जीवनको मूल्य बुझौँ ।