पार्कले ल्याउने खुसी (सम्पादकीय)
बढ्दो सहरीकरणको गतिसँगै विशेषतः सहरी क्षेत्रमा विविध कारणले फूलैफूल, पानीका झरना, सभ्यता झल्काउने कलाकृतिले भरिपूर्ण पार्कको महìव दिनानुदिन बढ्दै गएको छ । जनघत्व बढी हुने अधिकांश सहरी क्षेत्रमा सक्रिय जीवनशैली यापन गर्न, सहरको सौन्दर्यमा अभिवृद्धि गर्न, वातावरणीय सन्तुलन कायम गर्न, सामुदायिक सक्रियता अभिवृद्धि, समय कटाउनजस्ता विविध पक्षमा पार्कको उपयोगिता अत्यन्तै महìवपूर्ण हुन्छ । यसबाहेक कुनै पनि सहरको परिचयमा पार्कको पनि विशेष स्थान रहने गरेको तथ्य विश्वका प्रमुख सहरका पार्कहरूबाट स्पष्ट हुन्छ । यथार्थमा पार्क भन्नु सहरी सम्भयताको चिनारी हो ।
राजधानी काठमाडौँ उपत्यकामा यहाँको वास्तविक संस्कृति झल्काउने पार्कका अभाव लामै समयदेखि भोग्दै आएको कुरा हो । आदिकवि भानुभक्त आचार्यले बालाजु पार्कको कविता अद्वितीय छ । यसै सन्दर्भमा काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षमा ४८ वटा पार्क निर्माण गरिने समाचार आफँैमा उत्साहको विषय हो । जनघत्वको बढ्दो चापबाट आक्रान्त उपत्यकावासीमा यो समाचारले पक्कै पनि उत्साह एवं खुसीको सञ्चार भएको अनुमान गर्न सकिन्छ । सीमित सङ्ख्यामा रहेका पार्कले सबै उपत्यकावासीलाई सेवा उपलब्ध गराउन नसकिरहेको अवस्थामा नयाँ पार्क निर्माणले उपत्यकाको जीवनशैलीलाई केही हदसम्म सरल बनाउने छ । अहिले रत्नपार्क, शङ्खपार्क, त्रिभुवन पार्क, शङ्खमूल पार्कका साथै ललितपुर तथा भक्तपुरका केही पार्क सञ्चालनमा छन् । ती सीमित पार्कले उपत्यकाको जनआवादलाई पर्याप्त सेवा दिन नसक्नु स्वाभाविक हो । सीमित पार्कले बढ्दो जनसङ्ख्यालाई सेवा दिन कठिन भएकै कारण थप पार्क बन्न थालेका हुन् ।
नयाँ पार्क काठमाडौँ उपत्यका विकास प्राधिकरणले निर्माण गर्दैछ । त्यसक्रममा प्राधिकरणले काठमाडौँमा २६ वटा, ललितपुरमा १० वटा र भक्तपुरमा १२ वटा पार्क निर्माण गर्ने योजना बनाएको छ । कुल ४८ वटा पार्कको कुल लागत झन्डै ५० करोड रुपियाँको हुनेछ । त्यसक्रममा एक करोड रुपियाँको लागतमा काठमाडौँ, ललितपुर तथा भक्तपुरमा १५ वटा पार्क बन्नेछन् । त्यसैगरी एक करोड रुपियाँभन्दा कमको लागतमा तीनै जिल्लामा ३३ वटा पार्क निर्माणका लागि कम्पनी छनोट कार्य एक महिनाभित्रै नै सम्पन्न हुनेछ । पार्क बन्ने स्थानको तय भइसकेकोले उपत्यकावासीले चाँडै नै यी आधुनिक पार्कको उपयोग गर्न सक्ने विषयमा विश्वस्त हुन सकिन्छ ।
थप पार्क बन्नु असाध्य खुसीको कुरा हो । अव्यवस्थित सहरीकरण बढिरहेको उपत्यकामा ठाउँअनुसारका साना ठूला पार्क अझै विस्तार गर्नुपर्ने आवश्यकता छ । बिहान बेलुका स्वच्छ हावा खानका हरेक टोलटोलमा ससाना पार्क बन्न सक्दा त्यसले सहरी उकुसमुकुस जीवनलाई केही हदसम्म शान्त बनाउन सहयोग पु-याउँछ । मुलुकको राजधानी तथा दुई दुई वटा महानगरपालिका तथा थुप्रै नगरपालिका भएको उपत्यकाका निम्ति निर्माण गरिने पार्कहरू परम्पराको जर्गेना गर्दै आधुनिकताको परिचायक हुनुपर्छ । संस्कृति र सम्भताका निरन्तरता र नयाँ पुस्ताका रुचिहरूलाई प्रतिविम्बित गर्ने तौरतरिकाबाट पार्क निर्माण हुनुपर्दछ ।
पार्क निर्माणका लागि मात्र निर्माण गरिनुभन्दा आधुनिक पार्क भनिन लागेका आवश्यक भौतिक सुविधाहरू जस्तै : बस्ने बेन्च, फोहोर सङ्कलनका लागि ठाउँ, शौचालय, शारीरिक व्यायामका लागि सामान्य उपकरण, घामपानीबाट बच्न ओत लाग्ने ठाउँ, फूलबारी, सहज रूपले हिँड्ने ठाउँ, खानेपानी तथा नालीको व्यवस्था पार्कका लागि अति आवश्यकीय पूर्वाधार हुन् । यसतर्फ सरोकारवालाहरूले समयमै ध्यान दिनुपर्दछ । यसका अतिरिक्त पार्क निर्माणका लागि जनसङ्ख्या, स्थान उपलब्धता आदि पक्षलाई ध्यानमा राखेर बढीभन्दा बढी तथा धेरै जनसङ्ख्यालाई उपयोगमा आउने गरी पार्क निर्माण गरिनु आवश्यक छ । निर्माणको योजनामा राखिएका केही पार्कमा केही विशेषता थप गरेर बहुउद्देश्यीय पार्र्क निर्माण गर्न सम्भव भए पार्कको महìवमा थप अभिवृद्धि हुन सक्नेमा पनि सरोकारवालाहरूले ध्यान दिनुपर्दछ । विश्वका ठूला सहर सहरी सभ्यताको परिचय नै त्यहाँ निर्माण भएको पार्कले दिने गर्छ । पर्यटकहरूले आफ्ना यात्रा वृत्तान्तमा पार्ककै गाथा लेख्ने गरेको पाइन्छ । यात्रा संस्मरण लेख्नेहरूको कतिपय विषयवस्तु पार्कमै केन्द्रित हुन्छ । पार्कले मानिसको जीवनलाई आनन्दमय बनाउनुका साथै सहरी सभ्यताको सुवासलाई क्षतिजसम्म फैलाउने हुँदा बन्ने पार्कको सुन्दरतामा ध्यान दिनु जरुरी देखिन्छ ।