विचार/दृष्टिकोण |

आयात उकालो, निकासी ओरालो

डा.सुमनकुमार रेग्मी
कोरोना भाइरसको पहिलो लहर आ.व. २०७६।७७ मा चैत ११, २०७६ र दोस्रो लहर आ.व. २०७७।७८ र आ.व. २०७८। ७९ मा वैशाख ११ २०७८ देखि २०७८ भदौ १७ सम्म कायम रह्यो । २०७८ भदौ १७ देखि खुला भनिए पनि शिक्षण संस्था पूर्ण रूपमा खुल्न सकेका थिएनन् । यस्तो अवस्थामा २०७८ पुसबाट तेस्रो लहरले गाँज्यो । यस्तो बितेको अवस्थाबाट लाखौँले आयआर्जन गुमाउँदै आएका छन् । उपभोक्ताको क्रय शक्ति घटेको बेला नेपालको व्यापार घाटा भने बढ्दो छ । आ.व. २०७६।७७ को तुलनामा २०७७।७८ मा नेपालको व्यापार घाटा साढे दुई खर्ब रुपियाँले बढेको छ ।

२०७७।७८ मा आ.व. २०७६।७७ को तुलनामा व्यापार घाटा २४.६१ प्रतिशतले वृद्धि भएको छ । नेपालमा प्रजातन्त्रको पुनस्र्थापना कालमा वस्तु व्यापारको जीडीपीसँगको अनुपात २२.७ प्रतिशत रहेकोमा २०७७।७८ मा आइपुग्दा उतm सङ्ख्या दोब्बरभन्दा बढी पुगेको देखिन्छ तर वस्तु व्यापार घाटा भने बढ्दै गएको छ ।

देशको व्यापार घाटा २०७८।७९ को पाँच महिनामा रु. सात खर्ब ३५ अर्ब पुग्यो । २०७८ मार्गसम्म त वस्तु आयात रु. ८ खर्ब ३५ अर्बको भयो । नेपालले २०७८।७९ को पाँच महिनामा रु. एक खर्ब ८६ अर्बको कृषिवस्तु आयात भएको छ । यो अवधिमा नेपालको निकासी रु. एक खर्ब दुई अर्ब ९२ करोडको पुगेको छ ।

कोरोना महामारीले विगत दुई अढाइ तीन वर्ष बढी अवधिदेखि अर्थात् २०७६ चैतदेखि अर्थतन्त्रलाई असर गरिआएको छ । आ.व. २०७७।७८ मा आर्थिक वृद्धिदर ऋणात्मक हुन गयो । २०७८।७९ मा पनि यो असर कायम हुँदै गयो । दोस्रो लहरले पहिलोभन्दा जनजीवन कठिन बनायो ।
देशमा राम्रा केही कम्पनी–उद्योगहरू यदाकदा बन्द भएको पनि देखिन्छ । राम्रो श्रमिक कमीका कारण श्रमिकको उत्पादकत्व, उत्पादनका लागत, उत्पादनमा अनियमितता, वस्तुका यथेष्ट आपूर्तिमा कमी भएको देखिन्छ । नेपालको निकासी समस्या मुख्यत नेपालको देशमा रहेको भौगोलिक र आर्थिक परिस्थितिले उब्जाएको छ ।

२०७८ मा कोरोना २०१९ तेस्रो र दोस्रो लहर बाबजुद उद्योगहरूका उत्पादन क्षमता ७० प्रतिशतले वृद्धि भएको छ । आ.व. २०४६।४७ मा व्यापार घाटाको कुल जीडीपीको अनुपात ११.७ प्रतिशत रहेकोमा आ.व. २०७५।७६ मा ३८.१ प्रतिशत पुगेको सरकारी सरकारी स्रोतले बताउँछ । व्यापार घाटा बढ्दै गए पनि आन्तरिक र पुँजीगत वस्तुका आायात झन्डै ७० प्रतिशत रहन सकारात्मक रहेको दाबी छ ।

वि.सं २०३० को दशकमा नेपालका वस्तु निर्यातको जीडीपीसँग ५.४ प्रतिशतको अनुपात वि.सं. २०७० दशकमा घट्दै २०७५।७६ मा आइपुग्दा २.८ प्रतिशत कायम हुनु पुग्नुले नेपालको वैदेशिक व्यापारको प्रवृत्ति घट्दो क्रम रहेको देखिन्छ । त्यसैगरी, २०३९।४० मा आयाततर्फ जीडीपीको १८.७ प्रतिशत र वि.सं. २०३० को दशकमा औसतमा १३.०० प्रतिशत रहेको थियो । विगतका वर्षमा आयातमा केही प्रतिशत तलमाथि भए पनि २०७५।७६ मा आइपुग्दा आयाततर्फ उल्लेख्य वृद्धि भई करिब ४०.९ प्रतिशत पुगेको देखिन्छ ।

निर्यातजन्य वस्तुहरूमा भटमास तेल, जुट र जुटका सामान वनस्पति, पश्मिना, दाल, अदुवा, अलँची, धागो, तामा तार, आयुर्वेद औषधिलगायतका वस्तु भारतमा निकासी हुने गरेको छ । तयारी पोसाक, पश्मिना, ऊनी गलँैचा, प्रशोधित छाला, हस्तकलाका सामान, नेपाली कागज, चाँदीका गहना र चियालगायतका वस्तु अन्य देशतर्फ निर्यात हुने गरेका छन् ।

नेपालमा प्रमुख आयात वस्तुहरूमा पेट्रोलियम पदार्थ, सवारी साधनका पुर्जालगायतका अन्य वस्तु भारत र अन्य देशबाट आयात हुने गरेका छन् । २०५० सालको दशकमा नेपालबाट अधिक निर्यात हुने वस्तुमा ऊनी गलैँचा र तयारी पोसाकको हिस्सा कुल निर्यातको ८० प्रतिशतभन्दा बढी थियो भने आ.व. २०७५।७६ मा माथिका वस्तुका निर्यात घटेर करिब १२ प्रतिशतको हाराहारीमा पुगेको देखिन्छ । नेपालको व्यापार घाटा बर्सेनि बढ्दै गएको छ । अघिल्ला दशकका अग्रस्थानमा रहेको गलैँचा, तयारी पोसाक, ऊनी धागो, पाम तेल, सुपाडीको निर्यातमा हिस्सा उल्लेख रूपमा घटेको देखिन्छ ।

आ.व. २०७७।७८ को जेठसम्म नेपालको १५ खर्ब चार अर्ब ३७ करोडको व्यापार भएको थियो । यसमा कुल १३ खर्ब ८३ अर्ब ३७ करोडको वस्तु आयात भएको थियो । निर्यात रु. एक खर्ब २१ अर्ब २५ करोड बराबरको रहेको थियो । आयात प्रतिशत ९१.५० र ८.५० प्रतिशत निर्यात भएको थियो । निर्यातको तुलनामा आयात लगभग ११ प्रतिशतले बढी देखिन्छ ।

नेपालको व्यापार घाटा १२ खर्बभन्दा बढी पुगेको देखिन्छ । २०७६।७७ मा व्यापार घाटा रु.१० खर्बभन्दा बढी भएको देखिन्छ । २०७७।७८ मा नेपालको आयात र निर्यात बढेको देखिन्छ । निर्यातको हिस्साभन्दा निकै कम छ । नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भारत रही आएको छ । व्यापारिक सम्झौता भएका कुल देशमध्ये लगभग ६५ प्रतिशतको हाराहारीमा भारतसँग मात्र व्यापार रही आएको छ । वर्तमानको अवस्थामा पनि भारतसंँग रु. आठ खर्बभन्दा बढीको व्यापार घाटा रहेको छ । नेपालको कुल निर्यातले पेट्रोलको आयात पनि धान्न सक्ने अवस्था छैन ।

नेपालले हालका वर्षमा आकलझुकल दुवै नाका बन्द भएको अवस्थामा पनि रु. दुई खर्ब १० अर्बभन्दा बढीका वस्तु आयात गरिएको छ । नेपालले चीनमा कुनै वर्ष त ९४ करोड रुपियाँको निर्यात गरेको देखिन्छ । नेपालको तुलनात्मक सन्तुलित वैदेशिक व्यापार अमेरिकासँग छ । आ.व.२०७७।७८मा नेपालबाट अमेरिकामा रु. १२ अर्ब १७ करोडको २७ लाखको वस्तु निर्यात भएको छ । अमेरिकाबाट नेपालले १७ अर्बभन्दा बढी रुपियाँको सामान आयात गरेको देखिन्छ ।

प्राचीनकालमा नेपालको व्यापार चीनको तिब्बत र भारतको पटनासंग रहेको इतिहासले देखाउँछ । यो विश्वमा ११० भन्दा बढी देशसंग फैलनु निकासी व्यापार संरचनाको उपलब्धि नै मान्नु पर्दछ । पहिले कृषिजन्य वस्तु निर्यात गरी नाम कमाएको नेपाल आजको विश्वमा आ.व. २०७८।७९ आइपुग्दा व्यापार घाटामा फसेको छ ।

निर्यातको तुलनामा लगभग ११ गुणाले आयात बढिरहेको छ । वर्षभरिको कुल निर्यातले वार्षिक पेट्रोलियम पदार्थ खरिद आयात गर्न नपुग्ने अवस्था छ । पहिलो विश्वयुद्ध सन् २०१४–१८ र दोस्रो विश्वयुद्ध सन् १९३९–१९४५ को समयबाट विश्व व्यापारको आधुनिक जागरण सुरु भएको थियो । सन् १९४५ मा संयुतm राष्ट्र सङ्घको स्थापना भएसँगै सन् १९५२ पछि विदेश व्यापारमा वृद्धि भएको पाइन्छ । दोस्रो विश्व युद्धताकसम्म व्यापार राम्रोसँग फस्टाउन पाएन । त्यसपछि संयुक्त राष्ट्रसङ्घ र यसका विभिन्न आर्थिक संस्था स्थापनापछि विश्वमा व्यापार बढ्न थालेको देखिन्छ । दोस्रो विश्व युद्धपश्चात् विश्वमा प्रजातन्त्रको सुरु भएलगतै आर्थिक उदारीकरणको अवधारण सुरु भयो । त्यसपछि देश खुम्चिएर रहेको वैदेशिक व्यापार उल्लेख्य परिमाणमा बढेको पाइन्छ ।

देशको निकासी नीतिमा देखिएका कमजोरीले निकासी व्यापारमा ह्रास आएको छ । निकासी व्यापारलाई अर्थतन्त्रमा ठूलो महìवले हेरिनु पर्दछ तर अद्यावधिक उचित रणनीतिक नीति–नियमको अभावमा निकासी व्यापारमा विस्तार हुन सकेको छैन । नेपालको निकासी व्यापार प्रवद्र्धन प्रोत्साहनमा देखिएको कमी–कमजोरीले गर्दा नेपाली वस्तुका निकासीमा कमी हँुदै आएको छ । नेपालबाट निकासी हुने वस्तुहरूको निकासी परिमाणका आयतन बढ्न सकेको छैन ।

आ.व. २०७५।७६ पछिका केही वर्षमा नेपालको निकासीका रूपमा पाम आयल, भट्मासको तेल, धागोजस्ता नवनिकासी वस्तुका रूपमा नेपालको प्रमुख निर्यातका वस्तुको निर्यातमा देखापरेको छ । गलैँचा, तयारी पोसाक र पश्मिनाका निकासीमा ह्रास आएकोले यी वस्तुहरूका महìव घट्दै गए । जसले गर्दा देशको अर्थतन्त्रलाई समेत प्रभाव पारेको छ । गलैँचा, तयारी पोसाक, पश्मिना, हस्तकलालगायतका वस्तुका निकासी पहिले प्राप्त उच्चतम बिन्दुभन्दा धेरै तल गई माथि बढ्न सकेको छैन । निकासीमा बढी मूल्य बढ्न नसकेकोले नेपालको व्यापार घाटा चुलिँदै गएको छ । नेपालमा सम्भव र विस्तारित निकासी क्षेत्र बढाउन दीर्घकालीन प्रतिबद्धता आवश्यक छ । दीर्घकालीन परिप्रेक्षमा सबै क्षेत्रमा राष्ट्रिय प्राथमिकतामा निकासीलाई समेटिनु पर्दछ ।