विचार/दृष्टिकोण |

अमूल्य निधिको संरक्षण (सम्पादकीय)

विगत केलाउँदा मूर्तिको सुरक्षामा नेपालमा लामो समयदेखि राम्रो तस्बिर देख्न सकिन्न । पञ्चायत शासनको बेला सबैभन्दा बढी मूर्ति देशबाहिर पुगे । शक्तिमा रहेकैहरूको त्यसमा नाम आउँथ्यो । मूर्ति चोरीका अनेक काण्डले त्यसबेलाका अखबार रङ्गिन्थे । बेलायत, अमेरिका, जर्मनी, फ्रान्सलगायत पश्चिमी मुलुकका सङ्ग्रहालयमा नेपाली मूर्ति पुगे । अन्तर्राष्ट्रिय सन्धि तथा प्रावधानका कारण अमूल्य निधि जहाँबाट चोरिएका थिए, फिर्ता गर्ने पहल हुन थाले । ऐतिहासिक सम्पदाका मठमन्दिर तथा मूर्ति संरक्षणमा संयुक्त राष्ट्रसङ्घीय संस्था युनेस्कोको ठूलो योगदान रह्यो । मूर्ति चोरीकै प्रकरणमा नेपालीलगायत विदेशी लेखकले किताब नै प्रकाशित गरी अन्तर्राष्ट्रिय जागरण ल्याए । यो महाअपराधको पर्दाफास गर्ने क्रम निरन्तर चल्यो । फलस्वरूप नेपालमा चारिएका मूर्ति सात समुद्रपारिबाट पनि फर्कन थाले तर चोरिने क्रम भने अझै कायमै छ । अनेक प्रयासले भेटिने क्रमसमेत देखिँदै छ ।

मूर्ति देशका अमूल्य निधि हुन् । मठमन्दिरमा स्थापित देवीदेवताका मूर्तिमा भक्तजनको आस्था स्वाभाविक पक्ष हो भने यी मूर्ति मुलुकको कला, संस्कृतिलगायत पाटाका सम्बन्धमा पनि जानकारी दिने महìवपूर्ण निधिसमेत हुन् । धार्मिक आस्थाका अतिरिक्त मुलुकको कला सम्पदाको विश्वविद्यालय नै जोडिएको हुन्छ । इतिहासको सम्बन्धमा जानकारी लिने दृष्टिकोणबाट समेत यी मूर्तिको संरक्षण राज्यको प्रमुख दायित्व हो । ऐतिहासिक सम्पदाको संरक्षण एवं सम्वद्र्धन राज्यको मात्र नभई हरेक नागरिकको पनि जिम्मेवारी हो । नागरिक सचेत हुँदा समाजमा दुष्कर्म गर्नेहरूले सजिलै महाअपराध गर्न पाउँदैनन् ।

निश्चय नै वि.सं २०४७ मा बहुदलीय प्रजातन्त्रको पुनर्बहालीपश्चात् सर्वसाधारणमा चेतना अभिवृद्धिलगायत पक्षका कारणबाट मुलुकका मठमन्दिरबाट मूर्ति चोरी हुने घटनामा केही कमी आएको हो । शक्तिको आडमा मनमौजी गर्नेहरू अलि पछाडि हटे । सरकारी आँकडा तथा अभिलेखले यस्तै भन्छ भने सर्वसाधारणको बुझाइ पनि यस्तै छ । यसपछि केही समयसम्म मूर्ति चोरीका घटना प्रायः सुनिन छोडेका थिए । फेरि झन्डै तीन दशकपश्चात् मूर्ति चोरीका घटना बढ्न थालेको पाइएको छ । नेपाल प्रहरीको आँकडाअनुसार विगत चार वर्षमा काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिरबाट मात्र १४ वटा मूर्ति हराइसकेका छन्, जसमध्ये तीनवटा मूर्ति मात्र फेला परेका छन् । प्रस्तुत आँकडाले समेत चोरिएका मूर्ति फेला पर्ने दर निकै न्यून रहेका प्रस्ट्याउँछ । यस वास्तविकतालाई विश्लेषण गर्दा चोरिएका मूर्ति प्राप्तिमा नेपाल प्रहरीको थप सजगता आवश्यक रहेको तथ्यमा दुईमत छैन । मठमन्दिरका सुरक्षा व्यवस्थामा कडाइ पनि त्यत्तिकै जरुरी देखिन्छ । पुजारीसमेत सचेत हुनुपर्ने अवस्था आयो । स्थानीय टोलबासीले आफ्ना टोल क्षेत्रका मन्दिरको सुरक्षामा सामूहिक जिम्मेवारी बोध गर्न सके मूर्ति हराउने घटनामा कमी आउने विश्वास लिन सकिन्छ ।

मठमन्दिरबाट चोरी भएका मूर्तिको खोजबिन तथा प्राप्ति अति महìवपूर्ण कार्य हो । यो कार्यसँगै मूर्ति चोरी हुन नदिन सुरक्षा व्यवस्थामा कडाइ गर्नेलगायतका कार्यसमेत उत्तिकै जरुरी छ । यसबाहेक मूर्ति चोरी भएर सात समुद्रपारि पुगिसकेका नेपाली मूर्ति फिर्ता ल्याउने सम्बन्धमा ठोस कार्य गर्नु पनि सरकारी तथा सरोकार निकाय र पुरातìव विभाग जिम्मेवार हुनुपर्छ । खोजबिनलाई तीव्रता दिनुपर्छ । विडम्बना नै मान्नुपर्छ, पुरातìव विभागजस्ता निकायसँग कति मूर्ति विदेश पु¥याइएका छन् भन्ने सम्बन्धमा कुनै जानकारी एवं अभिलेख नै उपलब्ध छैन । परिणामस्वरूप ती मूर्ति फिर्ता ल्याउन निकै कठिन भएको छ । जिम्मेवार निकायले स्थानीय तहको समन्वयमा नेपालका विभिन्न मठमन्दिरबाट हराइरहेका मूर्तिको फेहरिस्त नै तयार पार्नु पनि जरुरी भइसकेको छ । यसैका आधारमा हराएका मूर्तिको खोजीनीति गर्न सहज हुनेछ ।

पञ्चायतकालमा राजकीय शक्तिसँग नजिक रहनेहरू नै मूर्तिचोरीमा संलग्न हुन्थे भन्ने कुरा छर्लङ्गै छ । त्यस क्रममा द्रव्यपिचासले विदेश पु¥याएका ७६ वटा मूर्ति नेपाल फिर्ता ल्याइसकिएको छ । अझै केही मूर्ति फिर्ता हुने क्रममा रहेको तथ्य आफैँमा सुखद तथा खुसीको विषय हो । विश्वका कुनै पनि स्थानमा रहेका चोरिएका नेपाली मूर्ति स्वदेश फिर्ता ल्याउन सरकारले निकै गम्भीरतासाथ प्रयास गर्नुका साथै यससम्बन्धी अध्ययन गर्नु पनि निकै महìवपूर्ण छ । चोरिएका मूर्ति ल्याउने कार्यसूचीलाई मामुली मान्नुहुन्न भने थप चोरी नहोस् भने बलियो कार्यनीति बनाई अगाडि बढ्नु वाञ्छनीय छ ।