विचार/दृष्टिकोण |

निर्वाचित जनप्रतिनिधिको जिम्मेवारी

डा. ज्ञानेन्द्रबहादुर कार्की

जनप्रतिनिधि जनताका सच्चा अभिभावक हुन्, त्यसैले जनतालाई उत्साही बनाउँदै नयाँ पहिचानका साथ अघि बढ्न सक्ने क्षमता राख्न सक्नुपर्छ । लाभको एजेन्डालाई प्राथमिकता दिएर परिवर्तनको एजेन्डालाई ओझेलमा नपार्ने प्रणका साथ देश र जनताको सेवामा समर्पित हुनुपर्छ । पारिवारिक बन्धनबाट माथि उठेर जनसमुदायको हितमा काम गर्ने, आदर्श, इमानदारी र नैतिकताको राजनीतिमा अडिएर काम गर्नुपर्छ । प्रशंसनीय र योग्य काम गरेर उदाहरणीय व्यक्तित्वका रूपमा पहिचान बनाउँदै सही निर्णय लिने र निर्णयको अन्त्यसम्म अडिन सक्ने क्षमताको विकास गर्नुपर्छ ।

परिवर्तनका विषयलाई व्यापक बहसमा ल्याई त्यसमा सहयोग र समर्थन जुटाउने, नैतिक आचरण तथा हर क्षेत्रका अनुशासनलाई जीवनभर अनुसरण गर्ने, सिकाइलाई निरन्तरता दिने कामलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्छ । जीवनमा सधैँैँ आशावादी बन्दै आम जनताको भरोसाको केन्द्र बन्नुपर्छ । जनप्रतिनिधिले निराशालाई सधैँ पराजयको प्रतीक सम्झँदै समुदायका कुरा सुन्ने, जनताकोे भावना बुझ्ने र त्यसबाट आपूmलाई रूपान्तरित गरी अगाडि बढ्ने क्षमताको विकास गर्नुपर्छ । अर्काको कमीकमजोरी तथा गल्ती खोज्नुभन्दा पहिले आफ्ना कमजोरी र गल्ती खोज्ने बानीको विकास गर्नुपर्छ ।

त्यस्तै आलोचना र आत्मालोचनालाई जीवन्तता दिने, आलोचनादेखि आक्रोशित र हतोत्साही नहुने, सत्यतथ्यका आधारमा तर्क प्रस्तुत गर्ने, वैचारिक रूपले आफू प्रस्ट भएर तोकिएको जिम्मेवारी पूरा गर्न लगनशील भएर लाग्ने, विचारलाई व्यवहारमा उतार्न सक्ने असल आदत, शालिन, अध्ययनशील तथा निष्ठावान् जनप्रतिनिधि जनताका नजरमा सम्मानित मानिन्छन् । असल नतिजा तथा सफलताका लागि असल चरित्र निर्माणमा जोड दिने, सादा जीवन उच्च विचारको आदर्श अँगाल्ने, जनताका लागि जस्तोसुकै त्याग पनि गर्न सक्ने अठोट बोकेको नेतृत्वलाई जनताले जनप्रतिनिधिका रूपमा छनोट गर्न प्राथमिकता दिनुपर्छ ।

चुनावी घोषणापत्रमा गरिएका वाचा पूरा गर्नेे, सत्ताको आडमा बसेर आफ्नो जीवनशैली तथा कार्यशैलीमा विचलन आउन नदिने, जनताको मन जितेर आफूलाई अब्बल जनप्रतिनिधिका रूपमा उभ्याउने, जनभावना र समयको माग प्रतिकूल हुने निष्कर्ष र निर्णयको बाटोतिर कहिल्यै नजाने नेतृत्व नै जनताका सच्चा प्रतिनिधि हुन्छन् । जनता शान्ति, सुव्यवस्था, स्थिरता र विकास चाहने हुँदा जनचाहनालाई ध्यान दिएर काम गर्न सक्ने नेतृत्व नै असल जनप्रतिनिधिका रूपमा स्थापित हुने गर्छन् ।
जनप्रतिनिधिले जनतासमक्ष प्रस्तुत हुँदा सधैँ उत्साही मनस्थिति लिएर जानुुपर्छ, जनताको मनोभावनामा ऊर्जा थप्न सक्नुपर्छ । युवा, महिला तथा परिवारमा केन्द्रित भएर उनीहरूलाई भेटेर समस्याको समाधान गर्न क्रियाशील हुनुपर्छ । सबै जातजाति, भाषाभाषी तथा धर्मवलम्बीबीच सहिष्णुता कायम गरी समानताको सन्देश दिन सक्नुपर्छ ।

प्रत्येक परिवार कसरी खुसी तथा सुखी बन्न सक्छ भन्ने सोचको खोज गर्दै समाजलाई परिवर्तनको दिशामा अगाडि बढाउने क्षमता जनप्रतिनिधिमा हुनुपर्छ । जनप्रतिनिधिले सत्ताको हठ र अहं दुवैलाई त्यागेर जनताको हितमा खरोसँग उभिन सक्नुपर्छ । जनताको दुःखसुखमा सधैँ सहभागी बन्ने बानीको विकासले जनतासँग दूरी कम हुने हुँदा विश्वासिलो अभिभावकको रूपमा आफूलाई स्थापित गर्न सक्नुपर्छ ।

जनप्रतिनिधिले आम जनतासँग गएर निरन्तर कुराकानी गर्ने आदत बसाल्नुपर्छ, जसले जनताका समस्यालाई आफ्नै आँखाले देखेर सही विधिबाट समाधान गर्ने रणनीति तयार पारी कार्यान्वयन गर्न सक्नुपर्छ । जनताको सेवामा समर्पित भएर जनताको काम गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनको नेतृत्व सम्हाल्न सक्नुपर्छ । जनतामा छाएको अविश्वासको वातावरणलाई निराकरण गर्दै जनताको भावना बुझेर अगाडि बढ्नुपर्छ । निडर तथा दृढ लक्ष्यमुखी बनेर समाज रूपान्तरणमा लाग्नुपर्छ । जनप्रतिनिधिले जनताले भोगिरहेका समस्याको गहिरो अध्ययन गर्र्ने र समाधान खोज्दै त्यसबाट बाहिर निकाल्ने उपयाको सही बाटो अख्तियार गर्नुपर्छ ।

जनप्रतिनिधिले आपूmले पाएको दायित्व र भूमिकामा केन्द्रित भएर जनतासँग सरोकार रहेका शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सामाजिक सुरक्षा, शान्ति र स्थायित्वमा विशेष जोड दिँदै न्यायपूर्ण समाज निर्माणमा प्राथमिकता दिनुपर्छ । साथै आपूmले जिम्मेवारी सम्हालेकोे तहको विकासका लागि आवश्यकता अनुसार नयाँनयाँ कार्ययोजना बनाई दिगो आर्थिक विकास र समृद्धिका नीति तथा कार्यक्रम ल्याउने र कार्यान्वयन गर्न जोड दिनुपर्दछ । भ्रष्टाचाररहित तथा सुशासनमा आधारित शासन व्यवस्था स्थापित गर्न जनप्रतिनिधिले भ्रष्टाचाररहित समाज निर्माण गरी सुशासन कायम गर्ने कार्यको अग्रपङ्क्तिमा रहेर नेतृत्व गर्नुपर्छ । समाजमा घटेका कुनै पनि घटना तथा काण्डमा जनप्रतिनिधिले सक्रियताका साथ काम गर्दै समाजको हितमा निष्पक्षसँग छानबिन गरी चाँडो किनारा लगाउन महìवपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।

जनप्रतिनिधिले पूर्ण रूपमा देश र जनताप्रति समर्पित भएर समाजको परिवर्तन तथा मुलुकको समृद्धि र विकासका लागि पद, प्रतिष्ठा र पैसामा केन्द्रित नभई कामलाई उच्च प्राथमिकता दिनुपर्छ । जनप्रतिनिधिले विधिको शासन, कानुनी राज, सिद्धान्त, विचार, विधि, पद्धति, नैतिकता, आचरणमा प्रतिबद्ध भएर कार्य सम्पादनमा उदाहरणीय बन्न सक्नुपर्छ । जनप्रतिनिधिले दलाल, बिचौलिया, ठेकेदार, व्यापारी र स्वार्थी समूहसँग सचेत भएर आपूmलाई सुरक्षित राख्दै देश र जनताको हितविपरीत कसैलाई पनि परिचालित हुन दिनुहुँदैन । त्यस्ता शक्ति समाजका ठूला शत्रु हुन्, तिनीहरू सत्ता र शक्तिको वरिपरि घुम्दै स्वार्थ पूर्ति गर्न अनौतिक क्रियाकलाप गरेर जनप्रतिनिधिलाई जालमा फसाई राजनीतिक क्षेत्रलाई विकृतितर्पm धकेल्ने काम गरिरहेका हुन्छन् ।

जनप्रतिनिधिले आपूmले नेतृत्व गरेको संस्था र संस्थाको मातहतमा रहेको क्षेत्रमा कानुनी शासन र विधिमा टेकेर भ्रष्टाचार, स्वेच्छाचारिता, व्यक्तिवादी सोच हाबी हुन दिनुहुँदैन । राजनीतिमा विधि, पद्धति, विचार, सिद्धान्त, नियम, आदर्श, मर्यादा र अनुशासनलाई कायम राखेर संस्थागत विकास र निर्णय गर्न सकियो भने मात्र समाजलाई सही दिशामा अगाडि बढाउन सकिन्छ । त्यसका लागि जनप्रतिनिधिको भूमिका र दायित्वलाई जनप्रतिनिधिले मर्यादित रूपले कायम गर्न सक्नुपर्छ । जनप्रतिनिधिको ध्यान देश र जनताभन्दा सत्ता र शक्तिमा केन्द्रित भयो भने मुलुकमा भएका राजनीतिक परिवर्तन संस्थागत हुन नसक्ने भएकाले जनप्रतिनिधिले परिवर्तनलाई संस्थागत गर्दै मुलुकको समृद्धि र विकासमा सही कार्यदिशालाई आधार बनाएर कार्यक्रम, विचार र सिद्धान्तको विकास गर्दै अगाडि बढ्नुपर्दछ ।

जनप्रतिनिधिले नीति निर्माण, योजना तर्जुमा र कार्यान्वयनलाई पहिलो दायित्व सम्झेर काम गर्नुपर्छ भने अन्य कार्यलाई दोस्रो प्राथमिकतामा राख्नुपर्छ । जनप्रतिनिधिले आफ्ना प्रमुख जिम्मेवारीमा ध्यान केन्द्रित गर्दै उपलब्धिविहीन कार्यक्रममा समय बर्बाद गर्नुहुँदैन । विशेषत भ्रष्टाचार, अनियमिता, ढिलासुस्ती, चाकडीपन, फितलो योजना कार्यान्वयनजस्ता कार्यमा सुधार गर्दै सुशासन कायम गराउन समय व्यवस्थापन गर्नुपर्दछ ।

जनप्रतिनिधिले जनताका गुनासो तथा आलोचनालाई अमूल्य सुझावका रूपमा लिनुपर्छ र जनगुनासोलाई वस्तुगत ढङ्गले सम्बोधन गर्नुपर्छ, साथै आलोचना सही भए धन्यवाद दिँदै आपूmलाई सुधारेर अगाडि बढ्नुपर्छ । नसकिने कुराको आश्वासन बाँडेर जनतालाई झुक्याउनु र निराश बनाउनुहुँदैन तर निरन्तर कोसिस गरेर असम्भवलाई पनि सम्भव बनाउन प्रयास गरिरहनुपर्छ । जनप्रतिनिधिले विपक्षीप्रति पूर्वाग्रही भावना नराखी मित्रवत् व्यवहारका साथ मुलुकको समृद्धि र विकासका लागि सहकार्य गरी राजनीतिक स्थिरता कायम गर्न प्रयत्नशील रहनुपर्छ ।

विशेषतः स्थानीय तहका जनप्रतिनिधिले आ–आफ्नो स्थानीय तहको आर्थिक विकास र समृद्धिको स्पष्ट मार्गचित्र तयार गर्नुपर्छ । जनप्रतिनिधिले कर्तव्यनिष्ठ भएर नेतृत्व गर्दै जनसहभागितालाई विकासको आधार बनाउनुपर्छ । विज्ञ तथा स्थानीय जनसमुदायको सल्लाह र सुझावका आधारमा आफ्नो गाउँ तथा नगरको दिगो आर्थिक विकासको अवधारणा ल्याई वातावरण अनुकूल विकास निर्माणको कार्यमा जोड दिनुपर्छ । स्थानीय सरकारको परिकल्पनाले विकास गाउँगाउँमा पुगेको र जनतामा थप उत्साह थपिएको हुँदा जनप्रतिनिधिले जनतामा ऊर्जा थपेर अगाडि बढ्नुपर्छ । संविधानको मर्मअनुसार जनप्रतिनिधि जनताको सेवामा समर्पित भएर अगाडि बढ्ने हो भने मुलुकको आर्थिक विकास र समृद्धिका लागि लामो समय कुर्नु पर्दैन ।