आइतवार मौसम खुले पछिको खुम्बु क्षेत्र (फोटो फिचर)
गोरखापत्र अनलाइन
काठमाडौं, जेठ ९ गते । सामुद्रिक आँधिको ताउ तेको प्रभावले पर्ने खतरा र केही आरोहीमा देखिएको कोराना संक्रमणको प्रभाव कम भएसँगै केही दिन स्थिगित गरिएको सगरमाथा आरोहण खुला भएको छ ।
आरोण खुला भएसँगै आइतबार करीब डेढसयभन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।
अहिले अधार शिविरको मौसम सफा रहेको छ । ठूलो संख्यामा आरोहीले शिखरको सफल आरोहण गरेको सगरमाथा आधार शिविरमा सम्पर्क अधिकृतको रुपमा रहनु भएका पहिलाे पटक नेपालीले सगरमाथको उचाइ मापनमा संलग्न सर्वेयर खिमलाल गौतमले बताउनुभयो ।
यस वर्ष ४४ आरोहण दलबाट ४०८ जना आरोहीले सगरमाथा आरोहण अनुमति लिएका छन् । यो आरोहीको सङ्ख्या हालसम्मकै उच्च हो ।
तस्बिर साैजन्य : खिमलाल गाैतम