फोटो फिचर | प्रदेश | फिचर |

कर्णाली करिडोरको स्याम्ने खार्पु खण्ड सडक अवरुद्ध (फोटो फिचर)

राजन रावत

हुम्ला, भदौ २३ गते । लगातार परि रहेको पानीले स्याम्ने खोलाको बहाव बढेपछि पानी सडकमा पस्दा सडक अवरुद्ध भएको छ । सडकमा पानी पसेपछि चिराचिरा पार्दा सडकको निसाना समेत मेटिएको छ ।

कर्णाली करिडोरको सिमकोट खार्पु खण्डको स्याम्नेमा सडक अवरुद्ध भएपछि पैदलै सदरमुकाम सिमकोट आउँदै गर्नु भएका निराजन शाहीले सडकलाई निक्कै क्षेती पुर्‍याएको बताउनुभयो । अहिले पनि पानी सडकमै बगी रहेको र सडकको नाम निसाना नरहेको बताउँदै उहाँले मर्मत तथा निर्माणमा कसैको ध्यान जान नसकेको बताउनुभयो । करिब तीन सय मिटर सडकलाई क्षेती पुगेको छ । सडककै बाटो भएर पैदल यात्रु हिँड्नु पर्ने भएको हुँदा पानी तर्न जुत्ता निकाल्नु पर्ने बाध्यता पैदल यात्रुलाई रहेको छ । उहाँले यसरी सडकलाई क्षेती पुगेर एक हप्तादेखि यातायात अवरुद्ध भएको भएपनि सरोकारवाला पक्षको कुनै चासो नगएको बताउनुभयो । उक्त सडकको मर्मत गाउँपालिका, पूर्वाधार विकास कार्यालय वा हिल्सा सिमकोट सडक आयोजना कस्ने गर्ने हो त्यसको यकिन पनि भएको देखिँदैन ।