तस्बिरमा गाैरीघाटमा छठकाे तयारी
काठमाडाैं, कात्तिक २३ गते । छठकाे पूर्वसन्ध्यामा राजधानीका विभिन्न नदी किनार तथा पाेखरीमा छठ पूजाकाे तयारी गरिएकाे छ । पशुपतिकाे गाैरीघाट क्षेत्रमा बागमती किनारमा छठकाे तयारी अन्तिम चरणमा पुगेकाे छ । छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि त्यत्तिकै छन् । वैज्ञानिक र ज्योतिष तथा चिकित्सकले पनि सूर्यतत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् । ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी पनि व्रतालुले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ ।
तस्बिर : केशब गुरूङ