चाकु बनाउने चटारो (फोटो फिचर)
काठमाडौं, पुस २१ गते । माघे सङ्क्रान्ति नजिकिँदै गर्दा चाकु बनाउने चटारो सुरु भएको छ । काठमाडौं टोखाको काशीलाल चाकु प्रोडक्सनले लामो समयदेखि चाकु उत्पादन गर्दै आएको छ । चाकु, घिउँ र लड्डुको पर्व माघे सङ्क्रान्तिमा बजार पुर्याउने गरी चाकु बनाउने काम अहिले धमाधम भइराखेको छ।
सय वर्ष अघिदेखि चाकु उत्पादन गर्दै आएको काशीलाल प्रोडक्नले उत्पादन गरेको चाकु उपत्यकासहित देशका विभिन्न ठाउँमा पुग्छ । हजुरबुवादेखि नाती पुस्तासम्म चाकु निर्माणमा सक्रिय रहेको काशीलाल चाकु प्रोडक्सनका प्रोपराइटर बुद्ध श्रेष्ठले जानकारी दिनुभयो ।चाकु निर्माण भइराखेको उद्योगमा पुगेर गोरखापत्रका फोटो पत्रकार सागर बस्नेत कैद गरेका तस्बिर :