१२ देखि १७ वर्षका बालबालिकालाई खोप (फोटो फिचर)
तस्बिर विकास द्वारे
भक्तपुर, पुस २५ गते । भक्तपुरमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाउन थालिएको छ । शुक्रबारदेखि मोडर्ना खोप दिने अभियान सुरु भएको हो। स्वास्थ्य कार्यालय भक्तपुरले आइतबारसमेत खोप अभियानलाई निरन्तरता दिएको छ । काठमाडौँ र ललितपुरमा आगामी मङ्गलबारदेखि खोप दिन सुरु गर्ने योजनामा छ ।
यी दुई जिल्लामा बालबालिकालाई फाइजर बायोन्टेकको खोप दिइनेछ । सूर्यविनायक, ठिमीलगायतका स्थानीय पालिकामा खोप लगाउन थालिएको हो । स्वास्थ्य कार्यालय भक्तपुरले खोप लगाएर नभ्याउँदासम्म अभियान जारी राख्ने जनाएको छ ।