फोटो फिचर |

साताका सात तस्बिर

होली पर्वको अवसरमा बिहीबार राजधानीको बसन्तपुर दरबार स्क्वायरमा रमाउँदै युवा। सुजन गुरुङ

पुननिर्माणपछि सर्वसाधारणको लागि खुला गरिएको भक्तपुरको रानीपोखरी क्षेत्रमा पुगेका आन्तरिक पर्यटक। शेखर चौलागाईं

राजधानीको सडक पेटीमा ढकमक फुलेको चेरी। फूलले गर्दा सडक सुन्दर देखिएको छ। नक्सालस्थित पेटीमा फूलेको चेरी फूल। विकास द्वारे

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अवस्थित प्रसिद्ध बुलबुले ताल। सुख्खायाम सुरु भइसकेपछि तालमा जलस्तर घट्दा झार उम्रने गर्दछ। झार पन्छाउँदै माछा मार्दै गरेका स्थानीय। केशवराज खनाल

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५, बाँसघारीस्थित खेतमा किसानले गरेको आलुखेती। पेमा लामा/रासस

कबाडीमा फालिएको यति एयरलाइन्सको जहाज किनेर लमजुङ बेँसीसहर नगरपालिका– ३ गाउँसहरमा निर्माण गरिँदै गरेको प्यराडाईज रिसोेर्ट। जसबाट देखिएको बेँसीसहर बजार। नवीन लामिछाने/रासस