राजनीति |

फास्ट ट्रयाककाे दोस्रो ठेक्का रोक्न लेखा समितिकाे सेनालाई पत्र

आशा साह

काठमाडौं, १६ वैशाख । संसदको सार्वजनिक लेखा समितिले नेपाली सेनालाई फास्ट ट्रयाककाे दोस्रो प्याकेजकाे ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको छ । बुधबार सार्वजनिक लेखा समितिले नेपाली सेनालाई नै पत्र लेखेर फास्ट ट्याकको दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको हो ।
चैत १९ गतेपछि लेखा समितिले वैशाख ६ र ९ गते रक्षा मन्त्रालयलाई पत्र लेखेर फास्ट ट्याक्टको सुरुङ र पुल निर्माणसम्बन्धी दोस्रो प्याकेजको खरिद प्रक्रिया रोक्न भनेको समितिका सचिव रोजनाथ पाण्डेद्वारा विज्ञप्तिमा उल्लखे छ ।
समितिको उक्त निर्देशनको वेवास्ता गर्दै वैशाख १२ गते टेण्ड आह्वान गरी टेण्डर प्रक्रिया अगाडि बढाइएको बुझिएकोले तत्काल खरिद प्रक्रिया रद्द गरी सो सम्बन्धमा भएगरेका सम्पूर्ण कागजात समितिमा यथाशिघ्र उपलब्ध गराई समितिको कामकारबाहीमा सहयोग पुर्याउन निर्देशननुसार पुनः ताकेता गरिएको विज्ञप्तिमा उल्लेख छ ।