राजनीति |

समाजवादी प्रेस संगठन औपचारिक रुपमा दर्ता

काठमाडौँ, मङ्सिर ३ गते । समाजवादी प्रेस संगठन, नेपाल औपचारिक रुपमा दर्ता भएको छ । संगठन स्थापनाको घोषणा गरेको एक साताभित्रै वैधानिक रूपमै आफ्नो दर्ता भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता भएको हो ।

दर्ताको प्रमाणपत्र प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले संगठनका उपाध्यक्षद्वय प्रकाश खतिवडा, बुद्धिवीर वाहिङ राई, महासचिव भूपराज खड्का र संगठनका तथा पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्दप्रसाद चौलागाईंले संगठन दर्ताको प्रमाणपत्र सामूहिक रूपमा ग्रहण गर्नुभएको छ ।

संगठनले नेपाली पत्रकारिताको विकास, श्रमजीवी पत्रकारको हित र अधिकारका लागि क्रियाशील रहने, सूचनाको हक, मानवअधिकार र प्रेस स्वतन्त्रताका निम्ति संघर्ष गर्ने उद्देश्य राखेको महासचिव भूपराज खड्काले जानकारी दिनुभयो ।