काँग्रेस केन्द्रीय कार्यालयको अनशन तोड्ने तयारी
काठमाडौं, मङ्सिर १४ गते । नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी रिले अनशन तोड्ने तयारी भएको छ ।
सिन्धुपाल्चोक, रसुवा, डडेलधुरा, सप्तरी र बारालगायत जिल्लामा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै पार्टी केन्द्रीय कार्यालयमा विगत चार महिनादेखि अनशन जारी थियो ।
नेता रमेश लेखकको संयोजकत्वमा बनेको छानबिन समितिको समन्वयमा अनशन तोड्ने तयारी भएको हो ।
आइतबार केन्द्रीय निर्वाचन समितिले डडेलधुरामा भएको क्रियाशील सदस्यता र जिल्लाको अधिवेशनलाई मान्यता दिएको थियो ।