राजनीति |

सबै मिलेर देश जोगाऔँ : सीपी मैनाली

काठमाडौँ, मङ्सिर १५ गते । नेकपा मालेका महासचिव सिपी मैनालीले सबै मिलेर देश जोगाउनुपर्ने बताउनुभएको छ । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता अधिवेशन समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

राजनीति भन्दा राष्ट्रवाद माथि रहेको भन्दै उहाँले यस्तो बताउनुभएको हो । छिमेकी गुहारेर देश दुर्गतीतर्फ गएको भन्दै उहाँले राष्ट्र बलियो बनाउन गठबन्धन बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

‘राष्ट्रवाद सबैभन्दा माथि हुन्छ । देशभक्ति सबैमा छ, तपाईंहरुमा रहेको देशभक्ति राम्रो देख्छु’, मैनालीले भन्नुभयो, ‘राष्ट्र बलियो बनाउन गठबन्धन बनाएर अगाडि बढ्नुपर्छ । छिमेकी गुहारेर हाम्रो दुर्गती भइराखेको छ । यो खाडलबाट हामीलाई उनीहरुले निकाल्दैनन् । हामी सबै मिलेर देश जोगाऔँ ।’

मैनालीले राजा महेन्द्र राष्ट्रवादी भएकाले देशको स्वाधिनता जोगाएको सम्झनासमेत उहाँले गर्नुभएको छ ।