राजनीति |

कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा एमाले अध्यक्ष ओली उपस्थित

काठमाडौं, मङ्सिर २४ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा नेकपा (एमाले) अध्यक्ष केपी ओली उपस्थित हुनुभएको छ ।

शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा जारी उद्घाटन समारोहमा केही ढिला गरी अध्यक्ष ओली उपस्थित हुनु भएको हो । स्वास्थ्यमा समस्या भएको भन्दै केही दिनयता घरमै आराम गरेर बस्नुभएका प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष ओली काँग्रेसको महाधिवेशन उद्घाटन समारोहमा पुग्नुभएको हो ।

द्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टी (माले)का महासचिव सीपी मैनाली, जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर,जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)अध्यक्ष राजेन्द्र लिङ्देनका साथै काँग्रेसका शीर्ष नेतासँगै देशका प्रमुख राजनीतिक दलका नेता र भारतबाट आउनुभएको राजनीतिक दलका नेता तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

उद्घाटन समारोहमा प्रधानमन्त्री एवम् पार्टी सभपाति शदेउवा, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, पार्टीका उपसभापति विमलेन्द्र निधि र विजय गच्छदार ,पार्टीका महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्का, पार्टी कोषाध्यक्ष सीतादेवी यादव, सहमहाम्नत्री प्रकाशशरण महत, सुनील थापाासँगै केन्द्रीय कमिटी र शुभेच्छुक एवम् भातृ संस्थाका अध्यक्षसँगै देशभरका प्रतिनिधिको उपस्थिति रहेको छ ।