राजनीति | राष्ट्रिय |

निर्वाचन प्रणालीले भ्रष्टचार बढ्यो : सीपी मैनाली

काठमाडौं, मङ्सिर २४ गते । नेपाल कम्युनिस्ट पार्टी (माले)का महासचिव सीपी मैनालीले निर्वाचन प्रणालीले भ्रष्टाचार बढाएको बताउनुभएको छ । शुक्रबार नेपाली कांग्रेसको १४ औँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिनेक्रममा उहाँले यस्तो बताउनुभएको हो।

उहाँले भ्रष्टचारले देश अप्ठेरोमा परेकोसमेत बताउनुभयो । उहाँले न्यायालयसँग सत्ताका लागि भागबण्डा भएको भन्दै आपत्तिसमेत जनाउनुभयो । ‘सत्तापक्ष र प्रमुख प्रतिपक्षले भागबण्डा गरेर शासन चल्नु हुँदैन । न्यायपालिकासँग आज भागबण्डा भइराखेको छ । त्यो निष्पक्ष हुँदैन’, उहाँले भन्नुभयो, ‘निर्वाचन प्रणालीले भ्रष्टाचार बढ्यो, देश ठूलो अप्ठेरोमा परेको छ ।’

नेता मैनालीले सबै प्रजातान्त्रिक र राष्ट्रवादी शक्ति देश जोगाउने मुद्दामा एक हुनुपर्नेमा जोड दिनुभयो । महाधिवेशनले कांँग्रेसको समुचित निकास निकालोस् भन्दै उहाँले शुभकामना व्यक्त गर्नुभयो ।