राजनीति |

दिउँसो ३ बजेसम्म १४ सय ५० मत खस्यो

काठमाडौं, मङ्सिर २७ गते । नेपाली काँग्रेसको नयाँ नेतृत्वको लागि जारी निर्वाचनमा सोमबार दिउँसो ३.०० सम्म साढे १४ सय मत खसेको छ ।

काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि भृकुटीमण्डप परिसर, भृकुटीमण्डप प्रदर्शनी कक्ष र राष्ट्रियसभा गृह परिसर मतदान जारी छ ।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता तेजबहादुर रावलले दिउँसाे ३.०० बजेसम्म साढे १४ सय मत खसेको जानकारी दिनुभयो ।

मतदान निर्धारित समयभन्दा साढे तीन घण्टा ढिलो गरि सुरु भएको हो । महाधिवेशनमा चार हजार ४७३ जना प्रतिनिधि छन् । २९ मतपत्रमा मत दिनुपर्ने भएकोले एक महाधिवेशन प्रतिनिधिलाई मतदान गर्न करिब १ घण्टा लाग्ने गरेको छ ।