माओवादीकाे बन्दसत्रमा २२ समूहको छलफल सकियो, अधिवेशन लम्बिने
काठमाडौं, पुस १५ गते । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा पेश भएको राजनीतिक प्रतिवेदनमाथि २५ समूहमा भएको छलफल र सुझाव पेश गर्ने क्रम जारी छ ।
पुस ११ देखि १५ गते बिहीबारसम्ममा सम्पन्न हुने भनिएको माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा हालसम्म २२ वटा समूहबीचको छलफल सकिएको देव गुरुङले जानकारी दिनुभयो ।
पार्टीका आयोगका सदस्यहरुको छलफलको जिम्मेवारी पाउनुभएको विष्णुपुकार श्रेष्ठले महाधिवेशनको समय भोलि शुक्रबारसम्म लम्बिन सक्ने पनि बताउनुभएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी रहेको महाधिवेशनको बन्दसत्रमा पार्टी अध्यक्ष प्रचण्डले २१ औं शताब्दीको समाजवादमा आधारित वैचारिक तथा राजनीतिक विभिन्न एजेण्डा, विषय र कार्यदिशा प्रस्तुत भएको छ । बन्दसत्रमा २५ वटा समूहगत छलफल पश्चात् विभिन्न टोली नेताहरुले राजनीतिक प्रतिवेदनमाथि सुझाव पेश गर्नुभएको हो ।
माओवादी केन्द्रको सबै समूहको छलफल र सुझाव पेश हुने र राजनीतिक प्रतिवेदन पारित भएपछि नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने जनाइएको छ । नेतृत्व चयन सर्वसम्मति हुन नसके निर्वाचन प्रक्रिया अघि बढ्ने श्रेष्ठले बताउनुभएको छ ।