राजनीति |

रेशम चौधरीका समर्थक नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा

काठमाडौं, पुस १९ गते । डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका निलम्बित सांसद रेशमलाल चौधरीका समर्थकहरु नयाँ दल ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका निर्वाचन आयोग पुग्नुभएको छ ।  आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चौधरीका समर्थहरु दल दर्ताका लागि आयोगमा आइपुग्नुभएको जानकारी दिनुभयो । ‘उहाँका समर्थकहरु आयोगमा आइपुग्नुभएको छ । राजनीतिक शाखाले दल दर्ता गर्ने हो । दल दर्ता भएपछि प्रक्रियामा जान्छ ।’ प्रवक्ता पौडेलले बताउनुभयो ।
दल दर्ताका लागि चौधरीका समर्थकहरुले चौधरीका तस्बिर अङ्कित प्लेकार्ड र ब्यानर बोकेर दल दर्ताको निवेदन दिन आयोगको कार्यालय कान्तिपथमा पुग्नुभएको हो ।  टीकापुर हत्याकाण्डका प्रमुख आरोपी चौधरी भने डिल्लीबजार कारागारमा हुनुहुन्छ ।