एमाले तनहुँ अध्यक्षमा श्रेष्ठ निर्वाचित
अमरराज नहर्की
तनहुँ, पुस २५ गते । नेकपा (एमाले) तनहुँको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । श्रेष्ठ निर्वतमान उपाध्यक्ष हुनुहुन्छ । उहाँ जिल्ला अधिवेशनबाट सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक अधिवक्ता शिवदक्त ढकालले जानकारी दिनुभयो । अन्य पदमा धेरैको दाबी परेपछि सर्वसम्मत हुनसकेको छैन ।
संयोजक ढकालका अनुसार उपाध्यक्षमा हरिराज कँडेल, मेखबहादुर थापा र मोहन विकले उम्मेदवारी दिनुभएको छ । सचिवमा विष्णुभक्त सिग्देल, कार्यालय सचिव राजेश्वर ढकालको उम्मेद्वारी परेको छ । उपसचिवमा प्रदीपराज अधिकारी, खिमबहादुर कुमाल र देवु विष्टले उम्मेदवारी दिनुभएको छ । ८० सदस्यीय कार्यसमितिलाई नवौं अधिवेशनले १०५ सदस्यीय बनाएको छ ।