राजनीति |

नेकपा एमाले रसुवाको नयाँ कार्यसमिति चयन

रसुवा, पुस २५ गते । नेकपा (एमाले) रसुवाको अध्यक्षमा कर्णेल तामाङ निर्वाचित हुनुभएको छ । नेकपा एमालेको सदरमुकाम धुञ्चेमा सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट तामाङको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।

तामाङ दोस्रो पटक जिल्ला अध्यक्ष पदमा निरन्तरता पाउनुभएको छ । यसैगरी उपाध्यक्षमा डिल्लीप्रसाद सुवेदी, सचिवमा जनार्दन ढकाल, उपसचिवमा कैसाङनुर्पु तामाङ र बेली बुलुन निर्विरोध निर्वाचित हुनुभएको नेकपा एमाले जिल्ला कमिटी रसुवाले जनाएको छ । जिल्ला कार्यसमितिमा पदाधिकारीसहित ९० जना हुनुपर्नेमा अधिवेशनबाट ७५ जना निर्वाचित भइसकेको र बाँकी समितिको बैठकमार्फत मनोनीत गरिने अध्यक्ष तामाङले जानकारी दिनुभयो ।