राजनीति |

एमाले प्रदेश अधिवेशनको मिति सर्‍यो

काठमाडौं, पुस २७ गते । कोरोना सङ्क्रमण बढेपछि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को प्रदेश अधिवेशनको मिति सरेको छ । सङ्क्रमण बढेसँगै महाधिवेशन मिति प्रभावित भएको हो । एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार माघ ८ गते तय भएको प्रदश अधिवेशन माघ २८ र २९ गतेका लागि सारिएको छ ।

एमालेको अहिले देशैभरमा जारी जिल्ला अधिवेशनमा सर्वसम्मतबाट नेतृत्व चयनको प्रयास भइरहेको उहाँको भनाइ छ। सहमतिबाट नेतृत्व चयन हुन नसकेको अवस्थामा चुनावी प्रक्रियामार्फत एमाले जिल्ला चयन हुने उहाँले जनकारी दिनुभयो । जिल्ला अधिवेशन लगत्तै प्रदेश अधिवेशनको तयारी थियो ।

दशौं राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न गरेको एमालेले पुस २३ गते जिल्ला अधिवेशनको उद्घाटन गरेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको परामर्शमा प्रदेश अधिवेशनको मिति सारिएको उहाँले बताउनुभएको छ।