राजनीति |

राष्ट्रियसभा उपाध्यक्ष दाहालमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, पुस २९ गते । राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार पीसीआर परीक्षण गर्दा उहाँको रिपोर्ट पोजिटिभ आएको संघीय संसद सचिवालयका प्रेस विज्ञ डिल्ली मल्लले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि भएपछि उहाँ होम आइसोलेसनमा हुनुहुन्छ । दाहालको स्वास्थ्य अवस्था भने सामान्य छ । दाहालको सचिवालयका अन्य केही कर्मचारी र सहयोगीमा समेत संक्रमण पुष्टि भएको छ । सबैको स्वास्थ्य अवस्था सामान्य छ ।