संविधान बमोजिम नै बैशाखमा निर्वाचन हुनु पर्नेमा काेइरालकाे जाेड
काठमाडौं, माघ १० गते । सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइेराला लगायतका नेताहरू सोमबारको भर्चुअल बैठकमा संविधान बमोजिम नै वैशाखमा नै स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड दिइएको बताइएकाे छ ।
सोमबारको भर्चुअल बैठकमा काँग्रेस महामन्त्री गगन थापा, डा. मिनेन्द्र रिजाल, डा. चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, बलबहादुर केसी लगायत नेताहरुबीच भएको छलफलमा राष्ट्रिय राजनीतिको पछिल्लो अबस्थाबारे छलफल भएको हो ।
नेता कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार आगामी चुनावमा गठबन्धन नगरी काँग्रेस एक्लै जानुपर्ने विषयमा अधिकांश नेताहरुले जोड दिनुभएको छ ।
काँग्रेस नेता शेखर कोइराला पनि गृहजिल्ला विराटनगर रहनुभएको बेला अधिंकाश नेताहरुमा देखिएकाे स्वास्थ्य समस्याबारृ भर्चुअल माध्यममार्फत छलफल भएको उहाँको भनाइ छ ।
राष्ट्रिय राजनीति र आगामी स्थानीय चुनावका सम्बन्धमा काँग्रेसको केन्द्रीय समितिले निर्णय लिनुपर्ने धारणा पनि छलफलमा उठेको थपलियाले बताउनुभयाे ।