एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य
काठमाडौं, माघ ११ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था अहिले सामान्य छ । अहिले उहाँ बालकोटस्थित निजी निवासको होम आइसोलेसनमा स्वास्थ्य लाभ लिइरहनुभएको छ ।
‘उहाँमा कोभिड–१९ पोजेटिभ देखिएपछि घरमै हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्थ भने सामान्य नै छ । अब केही दिनमा पुनः पीसीआर टेस्ट हुन्छ ।’, एमाले अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईं बताउनुहुन्छ ।
पीसीआर परीक्षण गर्दा उहाँमा माघ ९ गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएको थियो । यसपछि वर्तमान सरकारको धारणा सार्वजनिक गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएपछि प्रेस वक्तव्यमार्फत पार्टीको धारणा सार्वजनिक भएको थियो ।
एमाले अध्यक्ष ओलीमा विगतदेखि नै मृगौलासम्बन्धी रोगको समस्या पनि छ ।