राजनीति |

एमाले अध्यक्ष ओलीको स्वास्थ्य सामान्य

काठमाडौं, माघ ११ गते । कोरोना संक्रमण पुष्टि भएर घरमै आराम गरिरहनुभएका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै पार्टी सचिव डा. भीष्म अधिकारीले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभएको हो।

अध्यक्ष ओली निजी निवास भक्तपुरको बालकोटामा आराम गरिरहनुभएको छ । पार्टी कार्यालय सचिव अधिकारीले अध्यक्ष ओलीको स्वास्थ्यप्रति चासो राख्दै स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली र उहाँकी पत्नी राधिका शाक्यमा आइतबार संक्रमण पुष्टि भएको हो । उहाँहरु दुवैजना चिकित्सकको सुझाव अनुसार होम आइसोलेसनमा हुनुहुन्छ ।