राजनीति |

बाबुराम भट्टराईलाई कोरोना संक्रमण

काठमाडौं, माघ १२ गते । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सामान्य लक्षण देखिएको भट्टराईले बताउनुभएको छ । आफूलाई पुनः संक्रमण देखिएको भन्दै बाबुरामले ट्वीटरमार्फत् निकट सम्पर्कमा रहेका सबैलाई सतर्क रहन भन्नुभएको छ ।

‘लक्षण सामान्य छ’, बाबुरामले ट्वीटरमा लेख्नु भएको छ, ‘केही समयता निकट सम्पर्कमा आउनुभएकाहरु सतर्क रहनुहोला । केही दिन आइसोलेसनमा रहनेछु । असुविधाका निम्ति क्षमाप्रार्थी छु ।’