राजनीति |

राष्ट्रियसभा निर्वाचन : मधेस प्रदेशमा माओवादीकी उर्मिला अर्याल विजयी

धर्वेन्द्र झा
जनकपुर, माघ १२ गते। राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश २ मा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार उर्मिला अर्याल विजयी हुनुभएको छ। अर्यालले ६ हजार १७० मतभारसहित विजयी हुनुभएको हो। अर्यालले लोकतान्त्रिक समाजवादी पार्टीकी रुपाकुमारी यादवलाई पराजित गर्नुभएको हो। यादवले दुई हजार ७५४ मत मात्र प्राप्त गर्नुभएको छ।

मधेस प्रदेशमा दुई सिटका लागि भएको मतदानमा सत्ता गठबन्धन एकातर्फ र प्रमुख प्रतिपक्षी दलसँग लोसपाले सहकार्य गरेका थिए। एक सिटको नतिजा आए पनि अर्को सिटको नतिजा आउन बाँकी छ।