यथास्थितिमा एमसीसी सम्झौता स्वीकार गर्न सकिँदैन : नारायणकाजी श्रेष्ठ
काठमाडौं, माघ २३ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता स्वीकार गर्न नसकिने बताउनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाको एमसीसी मुख्यालयलाई पठाएको पत्र सार्वजनिक भएकोबारे सामाजिक सञ्जालमा उल्लेख गर्नुहुँदै उहाँले यथास्थितिमा एमसीसी संसदीय अनुमोदनको प्रक्रियामा अघि बढाउन नसकिने बताउनुभएको हो ।
यसैगरी, एमसीसी सम्झौताबारे पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा नभएको र भ्रममा नपर्न पार्टीपंक्तिमा आग्रह गर्नुभएको छ ।