राजनीति |

राप्रपा केन्द्रीय सचिवालय प्रमुखमा गुरुङ मनोनित

काठमाडौं, माघ २३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सचिवालय प्रमुखमा पार्टी उपाध्यक्ष समेत रहनुभएका हेमराज गुरुङ (लमजुङ) मनोनित हुनुभएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्दनेले पार्टीको विधान अनुरुप गुरुङलाई मनोनयन गर्नुभएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो ।

यसअघि अध्यक्ष लिङ्दनेले सचिवालयको सदस्य सचिव पदमा सहायम महामन्त्री रमानन्द न्यौपाने (जुम्ला) लाई मनोनय गर्नुभएको थियो ।

यसअघि पनि अध्यक्ष लिङ्देन पदाधिकारी लगात विभिन्न विभागीय प्रमुखहरु मनोनित गर्नुभएको थियो ।