एमालेले तय गर्यो निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम (सूचीसहित)
काठमाडौँ, माघ २५ गते । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको तयारी थालेको छ । मंगलबार एमालेले चुनाव केन्द्रित सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको हो । महासचिव शंकर पोखरेलले माघ २५ गते प्रदेश कमिटीका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिनुभएको हो ।
सोमबार सरकारले २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरे लगत्तै एमालेले कार्यक्रमको सूची सार्वजनिक गरेको हो । निर्वाचन केन्द्रित दुई दिने कार्यक्रमको उद्घाटन माघ २८ गते अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट गर्नुहुनेछ ।
उद्घाटन कार्यक्रममा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी हुने नेता तथा कार्यकर्ता सहभागी रहनुहुनेछ ।
प्रशिक्षणको समय तालिका र स्थान
प्रदेश नं १– फागुन १– २, विराटनगर
मधेस प्रदेश– फागुन ३–४, जनकपुर
वागमती प्रदेश– फागुन ६–७, काठमाडौं
गण्डकी प्रदेश– फागुन ८–९, पोखरा
लुम्बिनी प्रदेश– फागुन ११–१२, बुटवल/दाङ
कर्णाली प्रदेश– फागुन १४–१५, सुर्खेत
सुदूरपश्चिम प्रदेश– फागुन १६–१७, धनगढी
समय
पहिलो दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म
दोस्रो दिन बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म