एमाले र लोसपाका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
काठमाडौं, माघ २७ गते। नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केही नेता तथा कार्यकर्ता बिहीबार नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ।
काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार लोसपा र एमालेका नेता तथा कार्यकर्तालाई पार्टी सभापति शेरबहादुर देउवाले स्वागत गर्नुभएको हो।
मुख्यसचिव पौडेलका अनुसार बिहीबार नै सभापति देउवाले पार्टीको केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसको सदस्यता प्रदान गर्नु गर्नुभएको हो।
बिहीबार काँग्रेसका प्रवेश गर्नेमा लोकतान्त्रिक समाजवादी पार्टीका नवलपरासी जिल्लाका वरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरि, जिल्ला सचिव जयप्रकाश सहनी, मनोजकुमार गिरी, माया अग्रहरि हुनुहुन्छ। त्यसैगरी एमाले रामग्राम नगर समिति सदस्य धिरज शर्मालगायत काँग्रेसमा प्रवेश गर्नुभएको छ।