काँग्रेसको बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ गते हुने
काठमाडौं, माघ २७ गते । सत्तारुढ दल नेपाली काँग्रेसको काठमाडौंमा सम्पन्न १४ औं महाधिवेशन अन्तर्गत बाँकी रहेका १६ वटा जिल्लाहरुको अधिवेशन फागुन १३ गते गर्ने निर्णय भएको काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । जसमा मधेश प्रदेशका आठ र बाँकी रहेका अन्य आठ जिल्लाहरु छन् ।
यससँगै छिटफुट रुपमा बाँकी रहेका वडा, पालिका तहका अधिवेशन भने फागुन १० गतेभित्र गर्ने निर्णय भएको काँग्रेस सनर्विाचन सिमतिका संयोजक गोपालकृष्ण घिमिरेले बताउनुभयो ।
‘फागुन १३ मा प्रथम चरणको निर्वाचन छ । प्रथम चरणमा सभापतिको ५० प्रतिशत प्लस मत क्रम हुन सकेन भने दोस्रो चरणको निर्वाचन फागुन १४ गते नै हुन्छ ।’ र फागुन १५ गतेसम्म महासमिति सदस्यको निर्वाचनसहित १४ औं महाधिवेशनबाट बाँकी रहेका अन्य अधिवेशन सम्पन्न हुने उहाँको भनाई छ ।
यस विषयमा काँग्रेसको शुक्रबार बसेको केन्द्य्रीय कार्यसम्पादन समितिलाई पनि जानकारी गराइएको उहाँले बताउनुभएको छ ।