'एमसीसी सम्झाैता टेबुल गर्न नेकपा एस बाधक हुँदैन'
काठमाडौं, फागुन ७ गते । नेकपा (एकीकृत समाजवादी)ले अमेरिकी आर्थिक सहायता मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) यथास्थितिमा स्वीकार्य नहुने निर्णय गरेको छ ।
शनिबार बसेको स्थायी कमिटी दशाैं बैठकले एमसीसी यथास्थितिमा स्वीकार गर्न नसकिने निर्णय गरेको एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । आवश्यक परे थप निर्णय गर्ने अधिकार केन्द्रीय सचिवालयलाई दिएको उहाँको भनाइ छ । ‘एमसीसीको विषयमा छलफल भयो । यथास्थितिमा एमसीसीको शर्तको अधिनमा पारित गर्न सकिँदैन’, नेता खतिवडाले भन्नुभयो, ‘थप निर्णय गर्न केन्द्रीय सचिवालयलाई अधिकार प्रदान गरेको छ । यस अघि झलनाथ खनालकाे संयाेजकत्वमा गठित कार्यदलले बुझाएकाे प्रतिवेदनमा केन्द्रित भएर छलफल भएकाे बताउनुभयाे ।
जबरजस्त टेबुल गर्ने पक्षमा पार्टी छैन् त्यस अघि सहमति जुटाउन र संसदकाे अवराेध खाेल्न वार्ता गर्ने बताउनुभयाे । उहाँले जबर्जस्ती भएमा त्यही बेलामा सचिवालयले निर्णय गर्ने बताउनुभयाे । खतिवडाले भन्नुभयाे, यथास्थितिमा नो एमसीसी ।’ खतिवडाले एमसीसीको विषयमा आम जनताको बीचमा बहस गर्नुपर्ने र संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । ‘यसका कानुनी र अन्य समस्या थुप्रै रहेका र विगतमा सम्झौतालाई पटकपटक संशोधन भएकाले संशोधन गरेर मात्र पारित गर्न सकिन्छ’, उहाँले थप्नुभयाे ।
उहाँले संसदमा एमसीसी सम्झाैता टेबुल गर्न नेकाप एस बाधक नहुने पनि बताउनुभयाे । उहाँले भन्नुभयाे सांसदहरूले यस्ताे गम्भीर विषयमा छलफल गर्न पाउनु पर्छ त्यसका लागि संसदकाे अवराेध खुल्नु पर्छ ।